जिएमओ र मोन्सान्टो कम्पनीका बारे पुष, १३, २०७० को नागरिक शनिबारबाट केही मुख्य बुँदाहरू: अमेरिकाले सन् २००० मा जिएमओ मकैको एक जात बिटी कर्न लाई खानका लागि नभइ दानाका लागि मात्र उपयुक्त भएको ठहर्याएको थियो । तर खाने मकैमा पनि दानाका केही अवशेष फेला परेपछि अमेरिकी सरकारले बजारमा पठाइएका बिटी कर्न पूरै फिर्ता लियो । सो मकैमा पाइएको बिटी टक्सिनले मानिस लगायतका स्तनधारी जनावरको रगतमा असर पार्ने अध्ययनले देखाएको छ । यो घटनाको ९ वर्ष पछि वर्चेस्टर पोलिटेक्निक इन्स्टिच्युट (डब्लुपिआइ) को एक अध्ययन प्रतिवेदन (एक अमेरिकी विश्वविद्यालयको रिसर्च पेपर ??) ले सन् २००९ मा नेपालमा जिएमओ मकै बिटी कर्नको सफल परिक्षण गरिएको उल्लेख भएको छ । जसलाई नेपालमा अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टो कम्पनीले नै नेपाल प्रवेश गराएको डब्लुपिआइले किटानी गरेको छ । ‘हो र ! थाहै पाइन त’ डब्लुपिआइ रिपोर्ट: मोन्सान्टोको सक्रियतामा पाँच वर्ष अघि नै नेपालमा जिएमओ बीउको परीक्षण भइसकेको छ । सरकारः नेपाल कृषी अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक दिलबहादुर गुरुङ, ‘हामीलाई भने यसबारेमा कुनै...
...A Blog By Bhabasagar