Skip to main content

Posts

Showing posts from November, 2013

तस्बिरले बदलेको जिन्दगी

पहिले  फागुन ५, २०६२ साल । कान्तिपुर दैनिक र काठमाडौं पोष्टको पहिलो पृष्ठमा एउटा तस्बिर छापियो । फोटो थियो, नोबेल एकेडेमी नयाँ वानेश्वरको । विद्यालयको कम्पाउन्ड भित्र विद्यार्थीहरूले विहानीको शारिरीक अभ्यास गरिरहेका थिए । त्यसै बेला विद्यालय पछाडीको थोरै भत्केको पर्खाल बाहिरैबाट ५ वर्षे एक बालक त्यो अभ्यासको सिको गर्दै थिए । साढे सात वर्ष अघि । कान्तिपुरका फोटो पत्रकार शालीग्राम तिवारीले खिचेको सो तस्बिर छापिए लगत्तै एकेडेमी बोर्डको बैठक बस्यो । वैठकले बालकलाई सोही स्कुलमा छात्रवृत्तीमा पढाउने निर्णय ग¥यो । ती बालक को हुन ? कसरी त्यहाँ आए ? त्यती बेलासम्म कसैलाई यसको पत्तो भने थिएन । पत्रकार तिवारी र स्कुल आफैले पनि बालकको खोजी गर्न थाले । *** ‘लौ भुन्टुको फोटो निकालेचौं नी’ घरबेटीले यसो भन्दै आएपछि निर्मल चौलागाइ र उनकी श्रीमती सीता दंग परे । उनीहरू नोबेल एकेडेमीकै पछाडी पट्टी रहेको एक घरको सानो कोठामा डेरा गरि बस्थे । तस्बिरमा अनुहार नदेखिए पनि उनीहरूले कान्छो छोरो निरोजलाई पछाडीबाट नचिन्ने कुरै भएन । यसरी एकाएक पत्रिकामा छोरोको तस्बिर छापिएपछि अब के होला भन्ने कौ...