Skip to main content

Posts

Showing posts from January, 2013

जाडोका चिसा उखान टुक्का

बिस्तारै बिस्तारै बढ्दै गरेको जाडोले विहान धेरै अबेर सम्म पनि हामीलाई बिस्तारामा सिरक भित्रै रोक्न सक्छ । झ्यालका पर्दा घामले नखोली कन हामी आफै खोल्न तम्सन पनि गाह्रो हुन्छ । विहानै तातो चियाको गिलासलाई ओठले चुम्न पाउँदा मात्र हात गोडा चलमलाउन थाल्छन् । अझ एका विहानै काममा जानु पर्ने वा कलेज जानु पर्नेलाई त जाडो कहिल्यै नआए हुन्थ्यो झै हुन्छ । यस्तो कठ्याङ्ग्रीने जाडोको बेलामा हाम्रा उखान टुक्काहरू कसरी बांगिने गर्छन्, यसबारेमा केही प्रसंग तल छ । तपाइलाई यो जाडो मौसम भरि न्यानो घामले माया गरोस शुभकामना ! जाडोले कामेको गोरुलाई बोरा ओढाउन सकिन्छ, सिरक ओडाउन सकिन्न अनिकालमा बिउ जोगाउनु, चिसोमा जिउ जोगाउनु चिसोले समाएको मान्छेलाई, आइसक्रिमले पनि लखेट्छ अर्काको आंङमा गन्जी लगाएको देख्ने, आफ्नो आंङमा जकेट लगाएको  नदेख्ने ? हिटरले पोलेको मान्छे, राइस कुक्कर देख्दा तर्सन्छ  थर्मस फुटे, तातो लुटे खाइ न पाइ, लेदर जकेट लाई  काम पाइनस छोरो, मोजामा आइरन लगाइ

डियर जाडो, आइ हेट यु

डियर जाडो,  अब तिमी डियर हुन छाडेकी छौं । तिमीसँग सम्बन्ध बिच्छेद गर्न मैले के के गरिन् ? चार हजारको जकेट किने । पन्जा, मोजा, टोपी, गलबन्दी, माक्स, चेसगार्ड यी सबैसँग सम्बन्ध बढाएँ । दैनिक १२ कप तातो चियाको चुस्की लिनथालेँ । राती सुत्ने बेलामा बन्द गर्न झ्याल, ढोका र यीनका छाउराछाउरी भेन्टिलेशन कुनै बाँकी राखिन । थर्मकोट लगाएँ अनि १० केजी कपासको सिरक माथि खास्साबाट ल्याएको ब्लाङकेट पनि खापेर सुतेँ । अझै पनि तिमी मलाई किन पच्छ्याइ राखेकी छौं ? मैले बुझ्न सक्याछैन ।