Skip to main content

Posts

Showing posts from December, 2009

नेपाली आमा भेटेर रोइन् जापानी आमा

आइतवार, 27 डिसेम्बर 2009 09:25 नागरिक भवसागर घिमिरे, काठमाडौं, पुस १२- देश फरक, भाषा फरक। योभन्दा अघि उनीहरूको भेट कहिल्यै भएको थिएन। पहिलो भेटमै उनीहरूले आँसु झारे र प्रेम साटे। ६६ वर्षे जापानी आमा फुसाको ओकामोतो दिलशोभा श्रेष्ठले सञ्चालन गरेको वृद्धाश्रम पुगेपछि माहोल भावनात्मक भयो। 'आमा! आमा,' आँसु पुछ्दै आफूलाई समाएर फुसाको रून थालेपछि ५७ वर्षे दिलशोभाले पनि आँसु थाम्न सकिनन्। 'मनको कुनै देश हुँदैन' दुवै अंगालिएर रुँदा यस्तो लाग्थ्यो।