भवसागर घिमिरे, काठमाडौं, मंसिर ५- योजना बनाउँदा निकै तात्तिने सरकार कार्यान्वयन गर्ने बेला भने सेलाउने गर्छ। यसैको एउटा उदाहरण हो, 'बालश्रम गुरुयोजना २००४-२०१५।' आज अन्तर्राष्ट्रिय बाल दिवस सन् २००९ सम्म निकृष्ट प्रकारका सबै बालश्रम उन्मुलन गर्नु र २०१५ सम्म सबैखाले बालश्रम हटाउनु यो योजनाको लक्ष्य हो। योजना लागू भएको ५ वर्ष बितिसक्दा पनि बालश्रमिकहरूको अवस्था सुध्रन सकेको छैन। हालसम्मको प्रगति हेर्दा २००९ को लक्ष्य पूरा गर्न सरकार असमर्थ भएको छ। समयमै कामको मूल्यांकन नहुनु र स्रोतसाधनविना योजना लाद्नुले २०१५ सम्मको लक्ष्यबाट पनि सरकार पछि पर्ने अधिकारीहरू बताउँछन्। राजनीतिक अस्थिरताको कारण देखाउँदै दातृ संस्था अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले पनि यसबाट हात झिकेको छ। सरकारले आइएलओको आर्थिक सहयोगमा 'टाइमबाउन्ड प्रोग्राम' मार्फत यो गुरुयोजना लागू गरेको हो। उसले दुई चरणमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। तर, पछिल्लो सहयोग रोकेको छ।
...A Blog By Bhabasagar