Skip to main content

Posts

Showing posts from October, 2009

पुष्पाको सपना

भवसागर घिमिरे, काठमाडौं - 'नाम पुष्पा बस्नेत। उमेर २६। घर काठमाडौं। शिक्षा विषय लिएर काठमाडौं विश्वविद्यालयमा स्नातक गर्दै।' उनको परिचयलाई यतिमै खुम्च्याउने हो भने निक्कै अपूरो हुन्छ। उनको परिचयसँग साना नानीहरूको भविष्य जोडिएको छ। ती नानीहरू जसले जेलबाहिरको संसार चिहाउने सपना सायदै राखेका थिए। तर, संयोग त्यस्तै पर्‍यो। जसले ती नानीहरूको उज्ज्वजल भविष्यलाई उनको लक्ष्यसँग ल्याएर जोडिदियो।