भवसागर घिमिरे 'आमा बा खै -' पाँच वर्षे छोरी संजिता दराइले यो प्रश्न सोध्दा आमा मिठूमायाको मनमा काँडो बिझ्छ । देउराली गाविस गोप्लीङ्ग गोरखाकी मिठुमाया, ३५ मन कुँड्याउँदै भन्छिन्, 'बिदेश ग'छन, चाँडै आउँछन् ।' आमाका कुरा सुनेपछि १ कक्षामा पढ्ने छोरी फुरूङ्ग भएर खेल्न दौडिन्छे । मिठूमाया भने कुना फर्केर रुन थाल्छिन् । नरुन पनि कसरी, संजिता पेटमा छँदा उनका बा सन्तबहादुर मुग्लान पसे तर कहिल्यै फर्केनन् ।
...A Blog By Bhabasagar