काठमाडौँ — कोरोना महामारीका बीच बाल मनोविज्ञानलाई विषय बनाएर तयार पारिएका दुई बाल पुस्तक सार्वजनिक भएका छन् । भवसागर घिमिरेको कमिक ‘चक र पाटीको गाउँ यात्रा’ र टंक चौलागाईंको ‘टाइगरको नयाँ घर’ शुक्रबार एक अनलाइन कार्यक्रममा सार्वजनिक भएका हुन् । बाल शिक्षामा कार्यरत रुम टु रिड मुख्यालयले गत वर्ष ‘कोरोना कालमा बालबालिका’ विषयमा एसियाली तथा अफ्रिकी मुलुकका सर्जकहरूलाई समावेश गरी आयोजना गरेको चित्रकला तथा कथा लेखन कार्यशालामा नेपालबाट लेखकका रुपमा घिमिरे र चौलागाइ चयन भएका थिए । यसैगरि चित्रकारका रुपमा प्रोमिना श्रेष्ठ र उज्वल तामाङ सहभागी थिए । कार्यशालामा विभिन्न १० देशका २० लेखक तथा २० चित्रकार सहभागी भएका थिए । गत शुक्रबारको कार्यक्रममा नेपालसहित १० देशका २० पुस्तकहरू एकैपटक सार्वजनिक गरिएको थियो । कार्यशालाले विभिन्न देशका कथाकार र चित्रकारहरू एकैठाउँमा बसेर कोरोना कहरको सेरोफेरोमा बाल सिर्जना कोर्ने र विचार तथा अनुभव साटासाट गर्ने अवसर पाएको रुम टु रिड नेपालका प्रकाशन अधिकृत अनन्त वाग्लेले बताए । कोरोनाका कारण लामो समय विद्यालय बन्द भएपछि दिक्...
...A Blog By Bhabasagar