पहिलाका घरहरूलाई रूखले छेक्थे । अहिलेचाहिँ घरहरूले रूख मात्र होइन, हिमालै छेक्ने भइसकेका छन् । सुन्दरताको नाममा कसरी कंक्रिटको सहर बन्दै गयो पोखरा भन्ने फरकपन झल्काउने पुस्तक ‘पोखरा ः हिजो र आज’ बजारमा आएको छ । विसं २०१० को दशकदेखि हालसम्मका तस्बिरहरू यस पुस्तकले समेटेको छ । पाँच दशकअघिदेखि क्यामरासँग रमाउन सुरु गरेका पोखरा निवासी विश्व शाक्यले पुस्तक प्रकाशनमा ल्याएका हुन् । नयाँ पुस्तालाई पुरानो पोखराको बारेमा जानकारी दिने अनि पुरानो पुस्तालाई आफू विगतमा हुर्केको पोखराको सम्झना पुस्तकले दिलाउनेमा शाक्य आशावादी छन् । ‘विकासका नाममा सुन्दरतामाथि थोपारिएको विकृतिबारेमा सचेत गराउने मेरो सोच हो,’ शाक्यले भने । पोखराको परिभाषालाई फेवाताल र लेकसाइडको परिधिमा मात्र घेराबन्दी गर्ने चलन धेरै छ । फेवातालसँगै संरक्षणको चुनौती खेपिरहेका लेखनाथका बेगनास, रूपा, न्युरेनी, दिपाङ, गुँडेजस्ता तालको पनि सहर हो पोखरा भन्ने पुस्तकले देखाउँछ । अहिले मोबाइलबाट तस्बिर खिच्ने र सामाजिक सञ्जालमा धुलाउने जमाना आएको छ । तैपनि फोटो पुस्तक प्रकाशित गर्ने सोच कसरी आयो त ? प्रश्न सुनेर उनी हाँसे, ‘...
...A Blog By Bhabasagar