भैसीले चश्म लगाएर ट्रक चलाइराखेको छ । त्यसले ड्राइभरको सिटमा बस्ने बेलामा पुच्छार कता राख्ला एक पटक कल्प्ना गर्नुहोस् । यो पढेर कस्तो बकमफुसे कुरा भन्दै तपाइ हाँस्न सक्नुहुन्छ । यत्रो लामो जिन्दगी के सद्दे कुरा गरेरै बिताउने बिचारमा हुनुहुन्छ क्या संसारमा रमाइउनु छ भने कहिलेकाही आउटअफ ट्रयाक पनि जानु पर्छ । अनि हाँस्नु पर्छ मज्जाले । म हाँस्न मन पराउँछु । तर त्यो बेला होइन जब मेरा साथीहरु समस्यामा परेका छन् । म त्यतीबेला पनि हाँस्न सक्दिन जब आसपासका मानिसहरु दु:खमा बेरिएका छन् । तर जब म थकित हुन्छु । कामको बोझले चेपिएको हुन्छु तब खुब हाँस्न मन पराउँछु । अरुलाई पनि हँसाउँछु र आफै हाँस्छु पनि । हाँसोले मलाई साच्चैनै हल्का बनाउँछ । अनि म कपासको भुवा झै हावामा उड्न सक्छु ।
...A Blog By Bhabasagar