Skip to main content

Posts

Memories of Nepal

बाबा, के छोरीभन्दा छोरा स्ट्रङ हुन्छन्?

बाबा, के छोरीभन्दा छोरा स्ट्रङ हुन्छन्?’ पाँच वर्षे छोरीको यो प्रश्नले मलाई निक्कै हल्लायो। गत सालको कुरा हो। एकाबिहानै उनले यो प्रश्न सोध्नु अघिल्लो रात हामी साउथ इन्डियन फिल्म हेरिरहेका थियौं। प्राय दक्षिण भारतीय फिल्ममा केटा मान्छेलाई अथाह बलियो मान्छेको रूपमा प्रस्तुत गरिन्छ। अनि केटीलाई निरीह पात्रका रूपमा। हामीले फिल्म हेर्दा छोरी आडैमा खेलिरहेकी थिइन्। हामीसँगै उनीले पनि हेरिरहेकी छिन् भन्ने ख्यालै गरेनौं। यो प्रश्नले बिस्तारै धेरै प्रश्नहरू जन्मायो। हामीले केकस्ता भिडियो उनीसँग बसेर हेर्छौं? छोरीले ग्याजेटमा आफैं कस्ता भिडियो हेर्छिन्, स्कुलमा के पढ्छिन्? साथीहरूसँग उनका के कुरा हुन्छ? हामीले कस्ता पुस्तक र फिल्म तयार पारिरहेका छौं? सुरूआतमा फिल्मका कुरा गरौं, उनले हेर्ने धेरै जसो फिल्ममा केटालाई प्रमुख पात्रका रूपमा उभ्याइएको थियो। केटी पात्रलाई कतिपय अवस्थामा सामान्य त कतिपयमा निरीह नै बनाइएका हुन्थे। उनलाई मनपर्ने भारतीय कार्टुन ‘छोटा भिम’ मा भिम भन्ने पात्र शक्तिशाली थिए। उनकी साथी चुट्की भिम जति शक्त्तिशाली थिइनन्। जब उनी अप्ठ्यारोमा पर्थिन्, भिमलाई गुहार्थिन्। अन्य...

बालबालिकाका पुस्तक प्रकाशन र डिजिटलाइजेसन दुवैमा ध्यान दिन जरुरी छ

भवसागर घिमिरे बाल साहित्य सिर्जनामा लामोसमयदेखि लागिरहेका छन् । हालसम्म उनका बाल साहित्यमा कथा र कविताका ११ वटा पुस्तक प्रकाशित छन् । सन् २००९ ताका नागरिक दैनिकको सुरुवातमा शनिबारीय बाल पृष्ठ ‘जूनकिरी’को संयोजन गरेका घिमिरेले बीबीसी मिडिया एक्सनमा कथा मीठो सारंगीको, कथामालालगायतका रेडियो नाटक लेखन तथा निर्देशनमा लामो समय काम गरेका थिए । नेपालमा बालबालिकाको सिकाइ अभ्यास र बालसाहित्यका बारेमा उनीसँग मकालु खबरले गरेको कुराकानी :- बालबालिकाका लागि पठन संस्कृतिको कुरा गर्दा नेपाली भाषामा कोर्सबाहिरका पुस्तक खासै छैनन् र भएका पनि सामग्री र गुदीका हिसाबले गतिला (गुणस्तरीय) छैनन् भन्ने गरिन्छ । अवस्था यस्तो हो र ? यो प्रश्नको उत्तरअघि म के भन्छु भने ‘विज्ञको हिसाबमा म यी कुरा गरिरहेको छैन । छोटो समयको अनुभवको आधारमा मेरा विचारहरू पस्किँदैछु । सिकाइ कहिल्यै सकिँदैन र म हरेक दिन सिकिरहेको छु ।’ तपाईँले भनेको कुरा केही हदसम्म सत्य छ । यद्यपि नेपालमा सबै उमेर समूहका बालबालिकाका लागि पाठ्यपुस्तक नै कम छ भन्न मिल्दैन । प्राथमिक तहका लागि धेरै नै प्रकाशन भएका छन् । केही कमीकमजोरी होलान् तर कम/बढ...

कथा कसरी लेख्ने

-भवसागर घिमिरे कथा सुन्न सुनाउन त रमाइलो हुन्छ नी हैन ? कथा बुन्न पनि निक्कै रमाइलो हुन्छ । Picture: Room to Read यहाँहरूलाई थाहा भैसकेको पनि होला, कथा भनेको हाम्रो दैनिकमा भएका, देखेका, भोगेका, सुनेका घटनाहरू पनि हुन । जुन काल्पिनिक पनि हुनसक्छ । सत्य घटना पनि हुन सक्छ । त्यसमा विभिन्न पात्रहरू हुन्छन् । जनावर, मानिस, रुख, ढुंगा सजिव निर्जिव सो सुकै पनि पात्र हुनसक्छन् । राम्रो कथामा उतारचढाव हुन्छ र यसले हामी सबैको मन छुन्छ । आजको भागमा भने मैले कथा कसरी लेख्न सकिन्छ भन्ने कुरा सुनाउन गैरहेको छु । सुनिसकेपछि यसलाई तपाईहरूले पनि घरमा अभ्यास गर्न नभुल्नु होला है ।  सुरु गरौं कथा कसरी तयार पार्ने ?

दुई बाल पुस्तक सार्वजनिक

  काठमाडौँ — कोरोना महामारीका बीच बाल मनोविज्ञानलाई विषय बनाएर तयार पारिएका दुई बाल पुस्तक सार्वजनिक भएका छन् । भवसागर घिमिरेको कमिक ‘चक र पाटीको गाउँ यात्रा’ र टंक चौलागाईंको ‘टाइगरको नयाँ घर’ शुक्रबार एक अनलाइन कार्यक्रममा सार्वजनिक भएका हुन् । बाल शिक्षामा कार्यरत रुम टु रिड मुख्यालयले गत वर्ष ‘कोरोना कालमा बालबालिका’ विषयमा एसियाली तथा अफ्रिकी मुलुकका सर्जकहरूलाई समावेश गरी आयोजना गरेको चित्रकला तथा कथा लेखन कार्यशालामा नेपालबाट लेखकका रुपमा घिमिरे र चौलागाइ चयन भएका थिए । यसैगरि चित्रकारका रुपमा प्रोमिना श्रेष्ठ र उज्वल तामाङ सहभागी थिए । कार्यशालामा विभिन्न १० देशका २० लेखक तथा २० चित्रकार सहभागी भएका थिए । गत शुक्रबारको कार्यक्रममा नेपालसहित १० देशका २० पुस्तकहरू एकैपटक सार्वजनिक गरिएको थियो । कार्यशालाले विभिन्न देशका कथाकार र चित्रकारहरू एकैठाउँमा बसेर कोरोना कहरको सेरोफेरोमा बाल सिर्जना कोर्ने र विचार तथा अनुभव साटासाट गर्ने अवसर पाएको रुम टु रिड नेपालका प्रकाशन अधिकृत अनन्त वाग्लेले बताए । कोरोनाका कारण लामो समय विद्यालय बन्द भएपछि दिक्...

Water, sanitation, hygiene and nutrition in Nepal

This research briefing presents three case studies that demonstrate how we used insights from formative qualitative research to create public service announcements (PSAs) in 12 districts of mid- and far-western Nepal. We worked with local radio stations to target specific listener groups to influence individual, community and societal behaviour in relation to water, sanitation and hygiene (WASH), including menstrual hygiene and nutrition. https://www.bbc.co.uk/mediaaction/publications-and-resources/research/briefings/asia/nepal/wash-2020?fbclid=IwAR1eOrNRROP-i0qvwpvPk7DNtX7v0hGtP21-8Yx3Fx6HgH5HIi4CFYD4XWc