Skip to main content

Posts

Showing posts with the label विचार

अभिभावकलाई बालसाहित्य

–भवसागर घिमिरे राजधानीको थापाथलीमा चलेको पुस्तक बिक्रिकक्ष । एक आमा आफ्नो त्यस्तै ९ वर्षे छोरा बल्ल तल्ल मनाउने प्रयासमा थिइन्, नेपाली बाल पुस्तक किन्नको लागि । उनको हातमा छोराले नै छानेका तीन अंग्रेजी बालपुस्तक पहिल्यै थिए । बजारमा के कस्ता पुस्तक आएका छन् ? जान्नका लागि केही घण्टाअघि देखि ¥याकहरू चाहर्दै गरेको मेरो ध्यान त्यो दृश्यले खिच्यो । आखिरीमा एक मात्र नेपाली बाल पुस्तक जबरजस्ती किनेर उनी छोरासहित बाहिरिइन् । उनीहरू गएपछि मेरा आँखामा पुस्तक कम प्रश्नहरू बढी नाँच्न थाले । किन त्यो बालकलाई नेपाली पुस्तक मन परेन ? के हामीले मन छुने सिर्जना पस्कन सकेनौं ?  कि अभिभावकले नै नेपाली बालसाहित्यलाई बुझ्न सकेनन् वा छोराछोरीलाई बुझाउन् सकेनन् ? प्रकाशन गृहहरूको लगानीमा कमजोरी रह्यो कि ? यी प्रश्नहरूबारे छलफलको ढोका उघार्ने प्रयत्न यहाँ गर्नेछु । हामी कस्ता लेखक चालिसको दशक । दिदी र दाइ कक्षा चढेपछि । किताबको गाता झरेपछि मात्र मेरो हातमा स्कुले पाठ्यपुस्तक पर्थे । बाल साहित्य भनौ वा विश्व विज्ञान । हाम्रा निम्ति ति सबथोक थिए । पछिल्लो एक दशकमा भने बालसाहित्यमा पुस्तकको संख्या ह्व...

जलस्रोतका भान्छेहरू

मंसिर २५, २०७४-अंग्रेजीमा एउटा भनाइ छ, ‘टु मेनी कुक्स स्पोइल द ब्रोथ’ । आशय, धेरै भान्छे भए सुप गतिलो बन्दैन । यो भनाइ नेपालको जलस्रोत क्षेत्रमा अहिले ठ्याक्कै सुहाउँछ । जलस्रोत विकासमा धेरै भान्छेहरू हुँदा कसरी विकासको आगोमा चिसो पानी पोखिरहेको छ त ? लेखमा यसैको चर्चा गर्नेछौं । चर्चाको सुरुवातमा जलस्रोतको संस्थागत विकासबारे बुझ्नु जरुरी हुन्छ । सन् १९५० को दशकपछि नेपालमा जलस्रोत विकासका लागि छुट्टाछुट्टै संस्थाहरू खडा भए । तत्कालीन यातायात तथा उद्योग मन्त्रालयको मातहतमा रहेको विद्युत विभागले जलविद्युत उत्पादन, प्रसारण र वितरण आयोजनाहरूको निर्माण गर्ने कार्य गथ्र्यो । सम्पन्न आयोजनाको सञ्चालन, व्यवस्थापन तथा विद्युत सेवा दिने काम विद्युत कर्पोरेसनको पोल्टामा थियो । त्यसैगरी तत्कालीन निर्माण तथा सञ्चार मन्त्रालयको मातहतमा रहेको नहर विभाग भने सिंचाइ विकासमा लागेको थियो । ७० को दशकमा जलस्रोत र ऊर्जाको एकीकृत तथा द्रुत विकास गर्ने उद्देश्यसाथ नेपालमा जल तथा ऊर्जा आयोग गठन गरियो । यसलाई थप प्राथमिकता दिँदै ६ वर्षपछि स्थायी सचिवालय स्थापन भयो । त्यसैताका अर्थात सन् १९८० मा नेपालमा ज...

बूढीगण्डकीमा कुदृष्टि !

प्रकाश गौडेल/भवसागर घिमिरे ,  जेष्ठ ७, २०७३- वैशाख दोस्रो साता भारतका अधिकांश हिस्सामा तापक्रम ४० डिग्री सेल्सियस नाघेपछि करिब ३३ करोड मानिस खडेरीको मारमा परेको खबर विश्वभर फैलियो । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार पूर्वी राज्य उडिसामा विद्यालयहरू बन्द गरिएका थिए । चर्को खडेरीकै कारण हाल भइरहेको इन्डियन क्रिकेट प्रिमियर लिगका फाइनलसमेत गरी १३ खेल महाराष्ट्रबाट अन्तै सार्न मुम्बई उच्च न्यायालयले फैसला गर्‍यो । उत्तर प्रदेशको काकोरी जिल्लाको एक गाउँभरिका ट्युबवेलहरू सुक्दा बालीनाली विनाश भएको भारतीय सञ्चार माध्यमले प्रसारण गरे । उता प्रचण्ड गर्मीको तातो तावामा भारत पाकिरहेको थियो । यता गोरखाको आरुघाट बजारलाई पनि सँगै बगेको बूढीगण्डकीको चिसो पानीले चिस्याउनसकेको थिएन । यही नदीमा प्रस्तावित जलविद्युत आयोजनाको बहसले वायुमण्डलीय तापक्रमलाई मात खुवाउँदै थियो । आरुघाटले सायदै बुझेको थियो, पुरै गाउँ उठाएर बनाउन लागिएको यो आयोजनाबाट आफूलाई चिस्याउन भारत पर्खिरहेको छ । बूढीगण्डकीको बिजुली कथाभित्र लुकेको पानी राजनीति के छ त ? हामी यसैको चर्चा गर्दैछौं ।

पानीको राजनीतिमा तिर्खाएको भारत

प्रकाश गौडेल/ भवसागर घिमिरे  ‘संविधान कसको लागि हो? भारतले सुरुदेखि नै मान्दै आएको छ, हाम्रो काम तपाईको काममा दख्खल दिने हैन। भारतको काम तपाईले जे संकल्प गर्नुहुन्छ, तपाईले जुन दिशा चुन्नुहुन्छ, त्यसमा हामी यदि काम आउन सक्छौं भने सहयोग गर्ने हाम्रो संकल्प हो। तपाईलाई दिशा दिने हाम्रो काम हैन। तपाईलाई लक्ष्यमा पुर्‍याउने हाम्रो काम हैन। नेपाल एक सार्वभौम राष्ट्र हो।’ गतसाल साउनको तेस्रो साता भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले नेपालको संविधानसभामा गरेको सम्बोधनको एक अंश हो यो। भ्रमणको एक वर्ष पनि बित्न नपाउँदै उनको बोली र शैली यसरी फेरियो कि नेपाली बजारमा अघोषित नाकाबन्दीको असर चर्कोसँग देखिन थालेको छ। प्रभावस्वरूप नेपाललाई पश्चिमी वायुले चिस्याउनु अघि नै दुई देश बीचको सम्बन्धमा चिसो पसेको छ। आखिर किन? यसको उत्तर खोज्न नेपालका नदीबाट बग्ने चिसो पानीमा घुलिएको धमिलो राजनीतिलाई केलाउनु जरुरी देखिन्छ। गणतन्त्रको राजनीतिक मार्गबाट अघि बढ्दै गरेको भारतका लागि बढ्दो जनसंख्या अहिलेको ठूलो चुनौती एवं अवसरको रूपमा हेरिन्छ। संयुक्त राष्ट्रसंघले यही साल प्रकाशित गरेको आँकडाअनुसार ...

हामी सबै डाक्टर केसी !

भाद्र १८, २०७२- डाक्टर गोविन्द केसीको पाँचौं पटकको अनशन । भेट्न र समर्थन जनाउन शिक्षण अस्पताल महाराजगञ्ज पुग्दा त्यहाँ शिवरात्रीको पशुपतिझै उनलाई भेट्नेको भीड थियो । अस्पतालको एक कुनामा लडिरहेका थिए उनी । पशुपतिका देवता त फूल, प्रसाद र दक्षिणाले टन्न अघाएका हुन्थे । तर यहाँ भने उनी भोका र बिरामी थिए । देशका सरकार र ठूला मान्छेहरु सानाको कुरा सुन्दैनन् । यसैले आन्दोलन हुन्छन् । तर, केसीका यति धेरै तिखो कान छ कि कर्णालीको बिरामीको पीडा उनी सुन्छन् । जाजरकोटका गाविस पिच्छेको व्यथा महसुस गर्छन् । पहाड हल्लिँदा उनको मन हल्लिन्छ र पहाडका भत्केका भग्नावशेषतिर पुग्छ । तराई डुब्दा मलम लगाउन उतै पुग्छन् । गरिबको स्वास्थ्यमाथि खेलबाड गर्ने वनमाराझैं सल्केका मेडिकल कलेजभित्रको दलीय राजनीतिको पनि हेक्का राख्छन् । अनशनमा उनी बस्दा, उनको भोकले धेरै भोकाहरूको प्रतिनिधित्व गरेको थियो । उनलाई गाल्दै गएको रोगमा देशलाई ढाल्दै गएको माफियातन्त्रको छायाँ देखिन्थ्यो । ठूलो बिडम्बना, यहाँ रोग, शोक र भोकको सुनुवाई हुँदैन । हुन्छ त केबल हिंसा, तोडफोड अनि तोडमोडको । तैपनि उनको अभियान जारी थियो । आखि...

जिएमओ : प्रयोगशाला बन्दैछ नेपाल

जिएमओ र मोन्सान्टो कम्पनीका बारे पुष, १३, २०७० को नागरिक शनिबारबाट केही मुख्य बुँदाहरू: अमेरिकाले सन् २००० मा जिएमओ मकैको एक जात बिटी कर्न लाई खानका लागि नभइ दानाका लागि मात्र उपयुक्त भएको ठहर्याएको थियो । तर खाने मकैमा पनि दानाका केही अवशेष फेला परेपछि अमेरिकी सरकारले बजारमा पठाइएका बिटी कर्न पूरै फिर्ता लियो । सो मकैमा पाइएको बिटी टक्सिनले मानिस लगायतका स्तनधारी जनावरको रगतमा असर पार्ने अध्ययनले देखाएको छ । यो घटनाको ९ वर्ष पछि वर्चेस्टर पोलिटेक्निक इन्स्टिच्युट (डब्लुपिआइ) को एक अध्ययन प्रतिवेदन     (एक अमेरिकी विश्वविद्यालयको रिसर्च पेपर ??) ले सन् २००९ मा नेपालमा जिएमओ मकै बिटी कर्नको सफल परिक्षण गरिएको उल्लेख भएको छ । जसलाई नेपालमा अमेरिकी बहुराष्ट्रिय कम्पनी मोन्सान्टो कम्पनीले नै नेपाल प्रवेश गराएको डब्लुपिआइले किटानी गरेको छ । ‘हो र ! थाहै पाइन त’ डब्लुपिआइ रिपोर्ट: मोन्सान्टोको सक्रियतामा पाँच वर्ष अघि नै नेपालमा जिएमओ बीउको परीक्षण भइसकेको छ । सरकारः नेपाल कृषी अनुसन्धान परिषद (नार्क) का कार्यकारी निर्देशक दिलबहादुर गुरुङ, ‘हामीलाई भने यसबारेमा कुनै...

म विधिको पक्षमा, तपाईं नि ?

भवसागर घिमिरे ‘तपाईं कुन पक्षको ?’ केही दिनअघि राजस्वले राजधानीका केही ‘कारखानामा’ छापा हान्नेबित्तिकै एक साथीले फेसबुक म्यासेजमा सोधिहाले । ‘विधिको शासन’ मैले उत्तर छोट्याएँ । ‍‍... दिमाग यहिँबाट घुम्न सुरु भो । यहाँ कुनै घटना हुनेबित्तिकै पक्ष विपक्षमा चर्काचर्की हुन थाल्छ । प्रहरीले पक्रियो भने पनि सोध्छ, ‘तपाई कुन पार्टीको ?’ पार्टीको हैन भने बल्ल अपराधबारे सोध्न सुरु गर्छ । सामान्य नागरिक पर्यो‍ भने सोध्नभन्दा उस्तै परे गोद्न सुरु गर्छ, राजनीति दलको रंगमा रंगियो भने । यहाँ गधा रंगिएर गाई बन्न सक्छ । डोकोमा दूध अडिन्छ । सूर्यलाई हत्केलाले छेक्न सकिन्छ। यातायात कार्यालयका दलालको घाँटीमा त कार्यालयले अस्थायी कार्डको दाम्लो बाँधेर चोख्याउन सक्छ भने राजनीतिको रंग त त्योभन्दा पनि कडा हुन्छ । यहाँ विधिको कम राजनीतिक दलहरूको शासन धेरै छ । सिन्डिकेटको शासन छ । तै पनि जनमत कहिल्यै यिनको कुशासनको पक्षमा छैन । जनमत कमजोर पनि हुँदैन । जनमत कहिल्यै व्यक्ति वा संस्थाको पक्षमा हैन, त्यसले गर्ने व्यवहारको पक्षमा छ र रहिरहन्छ । ढुंगा निचोरेर पानी निकाल्ने मात्र हैन, प...

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

हिंसाले थिलोथिलो बालापन

भवसागर घिमिरे- काठमाडौंको वानेश्वरमास्थित माउन्ट सेनाइ विद्यालयमा गत महिना हल्लागरेको निहुँमा एक छात्रा कुटिइन्। दश कक्षामा अध्ययनरत ती छात्रालाई प्रिन्सिपल नै पाइपले कुटेका थिए। थप लाजमर्दो ती प्रिन्सिपल एन प्याब्सन काठमाडौं जिल्ला अध्यक्ष रहेछन्। उनले आफू 'बालबालिकालाई सजायविरुद्ध' तालिम प्राप्त शिक्षक भएको दाबी साचारकर्मीसामु पनि गर्न भ्याए। प्रसाशनमा उजुरी पुगेपछि उनले वानेश्वर प्रहरीसमक्ष छात्रा र उनका परिवारसँग क्षमा मागे र उम्के ।