Skip to main content

दुई बाल पुस्तक सार्वजनिक

 काठमाडौँ — कोरोना महामारीका बीच बाल मनोविज्ञानलाई विषय बनाएर तयार पारिएका दुई बाल पुस्तक सार्वजनिक भएका छन् । भवसागर घिमिरेको कमिक ‘चक र पाटीको गाउँ यात्रा’ र टंक चौलागाईंको ‘टाइगरको नयाँ घर’ शुक्रबार एक अनलाइन कार्यक्रममा सार्वजनिक भएका हुन् ।

बाल शिक्षामा कार्यरत रुम टु रिड मुख्यालयले गत वर्ष ‘कोरोना कालमा बालबालिका’ विषयमा एसियाली तथा अफ्रिकी मुलुकका सर्जकहरूलाई समावेश गरी आयोजना गरेको चित्रकला तथा कथा लेखन कार्यशालामा नेपालबाट लेखकका रुपमा घिमिरे र चौलागाइ चयन भएका थिए । यसैगरि चित्रकारका रुपमा प्रोमिना श्रेष्ठ र उज्वल तामाङ सहभागी थिए । कार्यशालामा विभिन्न १० देशका २० लेखक तथा २० चित्रकार सहभागी भएका थिए ।


गत शुक्रबारको कार्यक्रममा नेपालसहित १० देशका २० पुस्तकहरू एकैपटक सार्वजनिक गरिएको थियो । कार्यशालाले विभिन्न देशका कथाकार र चित्रकारहरू एकैठाउँमा बसेर कोरोना कहरको सेरोफेरोमा बाल सिर्जना कोर्ने र विचार तथा अनुभव साटासाट गर्ने अवसर पाएको रुम टु रिड नेपालका प्रकाशन अधिकृत अनन्त वाग्लेले बताए ।

कोरोनाका कारण लामो समय विद्यालय बन्द भएपछि दिक्क भएका चक र पाटी बालबालिका भेट्न गाउँ जाने काल्पनिक कथा घिमिरेको पुस्तकमा समावेश छ । यस्तै, लकडाउनका बेला एक्लिएर बेसाहारा भएको कुकुरको कथा चौलागाईंको पुस्तकमा समेटिएको छ ।

https://ekantipur.com/literature/2021/05/30/16223676027772755.html?fbclid=IwAR2vSGryc1LDRBSnPCWfE3C9FStIU5Z88FE9khDIYDHCUvlmKwV7gxnxl60

https://nayapatrikadaily.com/news-details/64947/2021-05-30

https://pahilopost.com/content/20210529210648.html?fbclid=IwAR2uG5XbwfRQ51Mu-PkOW9SdnVfyRO2hTTaxieWjO4ky2174x5ziErnQoj4


Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...