Skip to main content

Posts

Water, sanitation, hygiene and nutrition in Nepal

This research briefing presents three case studies that demonstrate how we used insights from formative qualitative research to create public service announcements (PSAs) in 12 districts of mid- and far-western Nepal. We worked with local radio stations to target specific listener groups to influence individual, community and societal behaviour in relation to water, sanitation and hygiene (WASH), including menstrual hygiene and nutrition. https://www.bbc.co.uk/mediaaction/publications-and-resources/research/briefings/asia/nepal/wash-2020?fbclid=IwAR1eOrNRROP-i0qvwpvPk7DNtX7v0hGtP21-8Yx3Fx6HgH5HIi4CFYD4XWc

लेकसाइडमा 'च‌ंगा चैट' र 'हजुरबाको कथा'

किन हुर्किनुपर्छ बालसाहित्य?  प्रश्न एउटा हो तर यसका उत्तर अनेक हुन सक्छन्। बालबालिकाको कल्पनाशीलता बढाउन, पढ्ने बानी बसाउन, समाज र संस्कृति बुझाउन, भाषा विकास गराउन, बालसाहित्यले सघाइरहेको हुन्छ। लेखक हेमलता राई, भवसागर घिमिरे र पाठ्यक्रम निर्माणमा संलग्न शास्वत पराजुलीबीच नेपाल साहित्य महोत्सवको तेस्रो दिन पोखरामा यही विषयमा छलफल भयो।

अभिभावकलाई बालसाहित्य

–भवसागर घिमिरे राजधानीको थापाथलीमा चलेको पुस्तक बिक्रिकक्ष । एक आमा आफ्नो त्यस्तै ९ वर्षे छोरा बल्ल तल्ल मनाउने प्रयासमा थिइन्, नेपाली बाल पुस्तक किन्नको लागि । उनको हातमा छोराले नै छानेका तीन अंग्रेजी बालपुस्तक पहिल्यै थिए । बजारमा के कस्ता पुस्तक आएका छन् ? जान्नका लागि केही घण्टाअघि देखि ¥याकहरू चाहर्दै गरेको मेरो ध्यान त्यो दृश्यले खिच्यो । आखिरीमा एक मात्र नेपाली बाल पुस्तक जबरजस्ती किनेर उनी छोरासहित बाहिरिइन् । उनीहरू गएपछि मेरा आँखामा पुस्तक कम प्रश्नहरू बढी नाँच्न थाले । किन त्यो बालकलाई नेपाली पुस्तक मन परेन ? के हामीले मन छुने सिर्जना पस्कन सकेनौं ?  कि अभिभावकले नै नेपाली बालसाहित्यलाई बुझ्न सकेनन् वा छोराछोरीलाई बुझाउन् सकेनन् ? प्रकाशन गृहहरूको लगानीमा कमजोरी रह्यो कि ? यी प्रश्नहरूबारे छलफलको ढोका उघार्ने प्रयत्न यहाँ गर्नेछु । हामी कस्ता लेखक चालिसको दशक । दिदी र दाइ कक्षा चढेपछि । किताबको गाता झरेपछि मात्र मेरो हातमा स्कुले पाठ्यपुस्तक पर्थे । बाल साहित्य भनौ वा विश्व विज्ञान । हाम्रा निम्ति ति सबथोक थिए । पछिल्लो एक दशकमा भने बालसाहित्यमा पुस्तकको संख्या ह्व...

यो पोखरा, त्यो पोखरा

पहिलाका घरहरूलाई रूखले छेक्थे  । अहिलेचाहिँ घरहरूले रूख मात्र होइन, हिमालै छेक्ने भइसकेका छन्  । सुन्दरताको नाममा कसरी कंक्रिटको सहर बन्दै गयो पोखरा भन्ने फरकपन झल्काउने पुस्तक ‘पोखरा ः हिजो र आज’ बजारमा आएको छ । विसं २०१० को दशकदेखि हालसम्मका तस्बिरहरू यस पुस्तकले समेटेको छ । पाँच दशकअघिदेखि क्यामरासँग रमाउन सुरु गरेका पोखरा निवासी विश्व शाक्यले पुस्तक प्रकाशनमा ल्याएका हुन् । नयाँ पुस्तालाई पुरानो पोखराको बारेमा जानकारी दिने अनि पुरानो पुस्तालाई आफू विगतमा हुर्केको पोखराको सम्झना पुस्तकले दिलाउनेमा शाक्य आशावादी छन् । ‘विकासका नाममा सुन्दरतामाथि थोपारिएको विकृतिबारेमा सचेत गराउने मेरो सोच हो,’ शाक्यले भने । पोखराको परिभाषालाई फेवाताल र लेकसाइडको परिधिमा मात्र घेराबन्दी गर्ने चलन धेरै छ । फेवातालसँगै संरक्षणको चुनौती खेपिरहेका लेखनाथका बेगनास, रूपा, न्युरेनी, दिपाङ, गुँडेजस्ता तालको पनि सहर हो पोखरा भन्ने पुस्तकले देखाउँछ । अहिले मोबाइलबाट तस्बिर खिच्ने र सामाजिक सञ्जालमा धुलाउने जमाना आएको छ । तैपनि फोटो पुस्तक प्रकाशित गर्ने सोच कसरी आयो त ? प्रश्न सुनेर उनी हाँसे, ‘...

बिहारको माया हिमालमा

चैत्र ९, २०७५ भवसागर घिमिरे काठमाडौँ — गएको साल, दसैंको बेला  । मनाङबाट बिहारको बेतिया जिल्ला जान हिँडेका ४१ वर्षे मलख यादवलाई वीरगन्जमा सीमा प्रहरीले रोक्यो  । साथैमा हिँडेकी २७ वर्षे काली घलेलाई भारत बेच्न लागेको आरोपमा उनीमाथि केरकार सुरु भयो । गोरखाकी कालीले आफूहरू बिहे गरेर घर जान लागेको बताइन् । मलखले पनि सही थपे । भारतको कोठीमा सयौं नेपाली चेली बेचिएको परिवेशमा नेपाल प्रहरी सजिलै यो कुरा मान्न तयार भएन ।

मनसुनमा मनाङ

काठमाडौँ — कसोकसो कछुवाकै गति भए पनि झन्डै ९ घन्टाको यात्रापछि चामे पुगियो । मनसुनमा मन्द निदाएको गाउँ । सिमसिम पानी । कालो दाल, काउली र आलुको तरकारी । एक थाल भात सर्लक्कै सकियो । मनमा बुंङ, ताल गाउँ, च्याम्चे, तिमाङका झरनाको सम्झना बोकेर मस्त निदाइयो पनि । पहिला अत्यासलाग्दो थकाइ, पछि गहिरो निद्रा । सायद यात्राको मिठास नै यही होला । मनाङ घुम्न कहिले जाने ? धेरैको उत्तर दसैंतिहारताका हुन्छ । त्यति बेला तिलिचो चुम्ने र थोराङ्ला हुँदै अन्नपूर्ण सर्किट घुम्ने पर्यटकको लर्कोले काठमाडौं असनको झल्को दिन्छ । यसपालि मेरो यात्रा भने बेमौसमी रहयो, साउनको झरीमा । पदमार्गमा पर्ने पिसाङ, भ्राका र मनाङ गाउँमा सिंचाइसम्बन्धी अनुसन्धानमा सघाउनु मुख्य काम थियो । साथमा थिए एरिजोना विश्वविद्यलय अमेरिकामा विद्यावारिधि गर्दै गरेका गाउँले दाइ जगदीश पराजुली । उनी व्यवस्थित सिंचाइ प्रणालीका बारेमा अनुसन्धान गर्दै थिए । नयाँ ठाउँ घुम्ने, नयाँ मान्छे भेट्ने र कथा लेख्ने हुटहुटी मनमा कुद्दै थियो । यही हुटहुटीसँगै सुरु भयो मनाङ यात्रा । समय दुई साता, गत साउनको दोस्रो साता । पानीको कहर  ...