Skip to main content

लेकसाइडमा 'च‌ंगा चैट' र 'हजुरबाको कथा'

किन हुर्किनुपर्छ बालसाहित्य? 
प्रश्न एउटा हो तर यसका उत्तर अनेक हुन सक्छन्।
बालबालिकाको कल्पनाशीलता बढाउन, पढ्ने बानी बसाउन, समाज र संस्कृति बुझाउन, भाषा विकास गराउन, बालसाहित्यले सघाइरहेको हुन्छ। लेखक हेमलता राई, भवसागर घिमिरे र पाठ्यक्रम निर्माणमा संलग्न शास्वत पराजुलीबीच नेपाल साहित्य महोत्सवको तेस्रो दिन पोखरामा यही विषयमा छलफल भयो।

विषयमा प्रवेश गर्नुअघि हेमलता राईको 'चङ्गा चैट' र भवसागर घिमिरेको 'हजुरबाको बगैंचा' किताब सार्वजनिक गरिएको थियो। किताब सार्वजनिक बालबालिकाकै हातबाट गराइएको थियो। मञ्चमा आधाभन्दा बढी स्रोता पनि स्कुले बालबालिका थिए।
कार्यक्रममा वक्ताहरूले बालबालिकाको रचनात्मक विकासमा बालसाहित्यको ठूलो भूमिका हुने बताउँदै हामीकहाँ बालसाहित्य लेखन अझै फस्टाउन नसकेको चिन्ता व्यक्त गरे। यस क्षेत्रमा स्थापित लेखकहरूले बढीभन्दा बढी कलम चलाउनुपर्ने उनीहरूको जोड थियो।
छलफलमा अंग्रेजी भाषा पढेर हुर्केको यो पुस्ताले नेपालीमा पढ्न नसक्ने अवस्था नआओस् भन्न पनि बालसाहित्य लेखन बढाइनुपर्ने कुरामा जोड दिइयो।
शास्वतले भने, अहिले बालसाहित्य लेखिएन भने केही वर्षमै नेपाली साहित्य पढ्ने पाठक पाउन गाह्रो हुनेछ।
लेखक हेमलता र भवसागर दुवैले बालबालिकाका लागि लेखिएका किताबले सन्तान र अभिभावकलाई नजिक ल्याउन पुलको काम गर्ने भन्दै आफ्नै घरभित्रको अनुभव सुनाए।
भवसागरले भने, बालबालिकासँगै किताब पढ्दा अभिभावक र बालबालिकाबीच छलफल गर्ने ढोका खोल्छ।

हेमलताले भनिन्, 'छलफलभन्दा पनि अघि बच्चासँगै बसेर किताब पढ्दा अभिभावकले आफ्नो छोराछोरीको रूचि चिन्न र बुझ्ने मौका पाउँछन्।
उनले ठूलाको लागि जस्तै सानो उमेर समूहका लागि लेख्दा पनि उत्तिकै मेहनत लाग्ने बताउँदै बालसाहित्य लेख्ने कामलाई लेखक आफैंले पनि इज्जत दिनुपर्ने बताइन्।
प्रकाशित मिति: आईतबार, मंसिर २९, २०७६, १७:४१:००

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...