Skip to main content

Posts

नमरिन्जेल कुमारै हुन्छस्

राजकुमार बस्नेत रट्टेको रट्यई गर्नु पर्ने । भट्ट्याको भट्याइ गर्नु पर्ने । जाँच आउनु अघि मेरो पसिना छुट्थ्यो । पढ्न, अहँ रुचि लाग्दैन्थ्यो । ७ कक्षा पास गरेपछि भने मेरो विद्यालयको पढाइले पुर्ण बिराम लियो । काठमाडौंको फर्पिङ गाउँ । घरमा हुँदा खेतबारीको काममै रमाउँथेँ । मौसम अनुसार काउली, बन्दा, इस्कुश, सिमी गाँजर यस्तै त हो । बारीमा तरकारीको कमी हुन्थेन । मेहनत भने मज्जैले गर्नु पथ्र्यो । समस्या नपर्ने त कहाँ थियो र ? तरकारीमा रोग भने के के हुन के के लाग्नी । के गर्नु पर्छ पत्तो हुन्थेन । पढेर जानेका मानिसहरू कम थिए, परेर जानेका धेरै । वरपरका काका काकी दाइ दिदीलाई गुहार्न जानु पथ्र्यो । ‘मेरोमा केही समय काममा आइजा सिकिहाल्छस् नी’ उनीहरू सकेसम्म कुरा छोट्याउँथे । मलाई काम गराउँथे । लुरुलुरु उनका बारीमा सघाउन जान्थेँ, केही सिक्थेँ पनि । ‘लु यति औषधी हाल चट भैहाल्छ’ उनीहरूले भनेपछि भने म हनुमानले सञ्जिवनी बुटी भेट्टाएजस्तो फुरुँङ्ग हुन्थेँ । झोल, धुलो के के हुन के के, लगेर हाल्थेँ । केही सयममा तरकारी हलक्कै हुन्थे । म दंग । बा आमा, छक्क । तै पनि मन भने मान्थेन, ‘आफूले राम्ररी नबुझेपछि अ...

यसैले म गाउँ फर्केिएँ...

तल्लो गह्रामा चिटिक्क मिलाएर ढुंगाको गाह्रो लगाइएका दुई तले बाख्राको खोर थियो। आफू बस्ने घर माथिल्लो गह्रामा थियो, एक तले टिनले छाएको। उनको घर पुग्नु अघि नै परैबाट नीलो बोर्डमा सेता अक्षरहरू देखिन्थ्यो, ‘भुमेश्वारा बाख्रा पालन फर्म।' पोखराबाट लगभग एक घण्टाको बस यात्रा र आधा घण्टाको पैदल यात्रामा कास्की घाचोकका पदमराज लम्सालको यो फर्ममा पुगियो। शंकरको नामले धेरैले चिन्ने लम्सालको फर्ममा पुग्दा उनी भर्खरै ब्याएको बाख्रा सम्हाल्दै थिए। उनकी श्रीमती भान्छा तयार पार्दै थिइन् भने ७१वर्षे बा आँगनमा बसेर घाम ताप्दै थिए। केराका बोटहरूले घेरिएको उनको घर टाढैबाट टक्लक्कै चिनिन्थ्यो। ‘दुई पाठो पाएको छ' पाठाहरूलाई दूध तान्न सिकाउँदै लम्सालले भने, ‘भोलि दिउँसो सम्म आफै सक्ने भैहाल्छन्।' १६ वर्ष सम्म तनहुँको शुक्लागण्डकी नगरपालिका–३ मा भाँडा पसल गरेर बिताएका लम्साल २०७० साल सुरु हुन नपाउँदै बजारमा देखिन छाडे। आम्दानी राम्रै थियो। तनहुँ बजारमै घर किनेर आफ्ना तीन छोरी र एक छोरा पनि हुर्काउँदै थिए उनी। बाबा, आमा र एक श्रीमती सहितको परिवारलाई तनहुँ बजारमा स्थापित गर्न उनले घाचोकमा रहेको...

टेम्पुले ह्विलचियर तानेपछि...

म स्कुटरमा माइतिघरबाट कोटेश्वर तर्फ जाँदै थिएँ । बिजुलीबजारको पुल आएपछि स्पिड निक्कै कम गरेँ । मलाई देब्रेतिरबाट एउटा टेम्पुले उछिन्यो । त्यो टेम्पुमा हातले समाएर एक जना दाई ह्वीलचियरमा कुद्दै थिए । टेम्पु सडकको छेउछेउबाट अघि बढीरहेको थियो । ह्वीलचियरमा बस्ने दाई निक्कै खुसी मुद्रामा थिए । मैले हतार हतार आफ्नो स्पीड बढाएँ र केही अघिल्तिर पुगेपछि साइड लगाएँ । हतारमै पन्जा खोलेँ अनि मोबाइल निकालेर यो दृश्य कैद गर्ने तरखर गरेँ । मोबाइलको मेसो मिलाउँदा मिलाउँदै टेम्पुले फेरि मलाई उछिन्यो । मैले तस्बिर लिनै पाइन् । मलाई यो दृश्य यति धेरै मन परेको थियो कि तस्बिर नलिइकन मनै मानेन् । मैले पुनः स्कुटरको स्पिड बढाएँ र अझ धेरै अगाडी गएर मोबाइलको क्यामेरा तयार पारेँ । त्यती बेला सम्म म लगभग होटल एभरेष्ट अघिल्तिर पुगिसकेको थिएँ । टेम्पुले फेरि मलाई क्रश गर्यो । मैले हतारमा एक क्लिक हान्न भ्याएँ । त्यो पनि पछाडीबाट । फेरि स्कुटर बढाएर अघि लागेँ । बानेश्वर चोकको जाम खुलिसकेको थियो । टेम्पु म भन्दा केही अगाडी थियो । अल्लि अघि हिड्दै आउँदै गरेका कलेजका केटाकेटीले मुस्कुराउँदै ती टेम्पुचालकलाई बुढी...

घरमा जहान केटाकेटी छन् सर...

गएको महिना । बिराटनगरबाट काठमाडौं फर्कने क्रममा हाटबजार पसेँ । मलाई हाट बजारको माहोल निक्कै मन पर्छ । स्थानीय उत्पादन, आहा मन यसै लोभिन्छ । कतै साग त कतै काउली । लोकल माछाहरू बाँटाको थोरै पानीमा पनि उफ्रिरहेका थिए । बुढाबुढी तरुण तन्नेरी । केटाकेटी पनि केही न केही सामान बेच्न बसेका थिए, ‘लौं लैजानुस् है, सस्तो सस्तो ।’ पहाडमा हुर्केको यो मन, यसै हरर हुने, तराईको हाट चाहर्दा । फटाफट एउटा झोला पनि किने, हाटबजारे झोला । प्रायका हातमा त्यस्तै झोला थिए, हरियो चेक भएको, पोलिथिनको धागोको, ६० रुप्पेँ जाने । कोसेली नै हुन्छ,  त्यहाँबाट अदुवा, लसुन, केरा, मसला, बेसार यस्तै खत्राङखुत्रुङ किने । सबै मानिस हत्तारिँदा बजार चाहर्दै थिए । एरपोर्टको बाट केही परको बजार । मलाई जहाज छुट्ला भन्ने हतार पनि थियो । रिक्सा चढ्नुको बिकल्प थिएन । झ्याप्प पक्डिएँ, उनले पनि कुदाई हाले । चालकसँग सम्बाद सुरु भयो । ‘तपाइ कहाँ जाने हो ?’

माइलो, सपना र सरोज दाइ

'जहाँ गएपनि आफू हुर्केको ठाउँ कहिल्यै बिर्सनु हुन्न है,' २०६२ साल कार्तिक महिनामा मेरो बिदाइका बेला सरोज गोपाल दाइले यसै भन्नुभएको थियो। पोखराको माछापुच्छ्रे एफएममा कार्यक्रम संचालकका रुपमा कार्यरत म स्नातकोत्तर अध्ययनको सिलसिलामा त्यसबेला राजधानी आउँदै थिएँ। उहाँ नै स्टेशन म्यानेजर रहनुभएको पोखराको पहिलो एफएममा म चार वर्षभन्दा बढी कार्यक्रम सञ्चालकको रूपमा कार्यरत थिएँ। 'दिमाग खराब' नामक साप्ताहिक हास्यब्यङ्ग्य कार्यक्रम संचालनको काम हाम्रो पोल्टामा थियो। पहिलो वर्षमा हास्यव्यङ्ग्यकार विश्व शाक्य दाइको नेतृत्वमा सर्लाहीका शिवशंकर पाण्डे, पोखराकै सुनिता  लिगलसँगै म पनि प्रस्तोताको रूपमा थिएँ। पछिल्ला वर्षमा भने विश्वदाइले कार्यक्रम छाड्नु भयो र हामी तीनै जनाले त्यसलाई निरन्तरता दियौं।  त्यसबेला सरोजदाइ कार्यक्रमको अभिभावक हुनुहुन्थ्यो। हिजो अचानक उहाँ बितेको खबरले दुखी बनायो। हास्यव्यङ्ग्यको माध्यमबाट नजिकिन मौका पाएको सरोज दाइले यति चाँडै रुवाएर जानुहुन्छ भन्ने विश्वास गरेको थिइनँ।

शहर बन्दै छ

केही महिना अघि बिजुली बजारको नयाँ सडक बीच यो खाल्डो देख्दा दिक्क लाग्थ्यो । एेले कमसेकम त्यो ढाकिएको छ । खुशी लाग्छ शहर बन्दै छ । संरक्षण गर्ने जिम्मा हाम्रै ।  केही हप्ता पहिले ‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍‍========================================================== देखेको अहिले

ज्यानको माया सबैलाई हुन्छ !

एक महिना अघिको कुरा । बिजुली बजार, काठमाडौंको पुल पार गरेर नयाँ बानेश्वर चोक तिर म स्कुटर अघि बढाउँदै थिएँ । नयाँ बनेको देब्रे तर्फको पिच तिर अघि बढेँ । औषधि व्यवस्था विभागको अघिल्तिर पुगेपछि ठूलो खाल्डो खुल्लै रैछ, हेर्दै खंग्रङै भएँ । यसै त नयाँ सडक भनेर स्पिड धेरै नै हुन्छ साधनको । त्यसमाथि सडककै बीचमा यस्तो ठूलो खाल्डो ! खाल्डो भित्र फलामे छडहरू मान्छेको भुँडी उनुँला झै गरेर मुख आँ गरेर बसिरहेका छन् । खाल्डो कुर्न आडैमा जम्मा एउटो ढुंगो छ, त्यो पनि हात्तिको मुख जिराले छेकेजस्तो । मनै त्यस्सै अमिलो भयो । त्यस दिन सडक विभागलाई सराप्दै बाटो लागेँ । *** गएको हप्ता म केही इलेक्ट्रोनिक सामान किन्ने शिलशिलामा त्यही आसपासका पसल चाहर्दै थिएँ । फर्केर आउँदा सोही खाल्डो नेरैबाट कुद्नु पर्यो । त्यहाँ कुनै संकेत थिएन । जो कोही पनि सुरै सुरमा आउँदा बेसुरमा खसेर घाइते हुन सक्थ्यो । ज्यानै जान सक्थ्यो । मनै अमिलो भयो । स्कुटर एकैछिन साइड लगाएँ । यताउता हेरेँ । औषधी व्यवस्था विभागभित्र ठूलो रूख देखेँ । ‘त्यहाँको रुखको केही हाँगा काटेर यसमा गाड्दिनु पर्यो दाई,’  व्यवस्था विभागका गार्डला...