Skip to main content

टेम्पुले ह्विलचियर तानेपछि...

म स्कुटरमा माइतिघरबाट कोटेश्वर तर्फ जाँदै थिएँ । बिजुलीबजारको पुल आएपछि स्पिड निक्कै कम गरेँ । मलाई देब्रेतिरबाट एउटा टेम्पुले उछिन्यो । त्यो टेम्पुमा हातले समाएर एक जना दाई ह्वीलचियरमा कुद्दै थिए । टेम्पु सडकको छेउछेउबाट अघि बढीरहेको थियो । ह्वीलचियरमा बस्ने दाई निक्कै खुसी मुद्रामा थिए । मैले हतार हतार आफ्नो स्पीड बढाएँ र केही अघिल्तिर पुगेपछि साइड लगाएँ । हतारमै पन्जा खोलेँ अनि मोबाइल निकालेर यो दृश्य कैद गर्ने तरखर गरेँ ।

मोबाइलको मेसो मिलाउँदा मिलाउँदै टेम्पुले फेरि मलाई उछिन्यो । मैले तस्बिर लिनै पाइन् । मलाई यो दृश्य यति धेरै मन परेको थियो कि तस्बिर नलिइकन मनै मानेन् । मैले पुनः स्कुटरको स्पिड बढाएँ र अझ धेरै अगाडी गएर मोबाइलको क्यामेरा तयार पारेँ । त्यती बेला सम्म म लगभग होटल एभरेष्ट अघिल्तिर पुगिसकेको थिएँ । टेम्पुले फेरि मलाई क्रश गर्यो । मैले हतारमा एक क्लिक हान्न भ्याएँ । त्यो पनि पछाडीबाट ।

फेरि स्कुटर बढाएर अघि लागेँ । बानेश्वर चोकको जाम खुलिसकेको थियो । टेम्पु म भन्दा केही अगाडी थियो । अल्लि अघि हिड्दै आउँदै गरेका कलेजका केटाकेटीले मुस्कुराउँदै ती टेम्पुचालकलाई बुढी औंला देखाएर ‘थम्स अप’ दिएको दृश्य निक्कै रोमान्चक थियो ।

बानेश्वर चोकमा आइसकेपछि टेम्पु बिस्तारै रोकियो । मैलेपनि स्पिड कम गरेर उनीहरूकै छेउछेउमा पुगेँ । टेम्पु बिस्तारै रोकियो । ह्विलचियरमा हुने दाईले बल्ल टेम्पुबाट हात छाडे । बिस्तारै टेम्पुको अघिल्तिर पुगेर चालकलाई निक्कै खुसी भएर हेरे । एउटा हात उठाएर मिठो मुस्कुराउँदै धन्यवाद दिए । कोही यति धेरै खुसी मैले कमै देख्न पाएको छु ।

केहि वर्ष अघि नयाँ वानेश्वरबाट म हिड्दै थापाथली जाँदाको क्षण सम्झेँ । त्यती बेला एकजनादाई निक्कै गाह्रो गरि ह्विलचियर गुडाउँदैै थिए । उनी सिहदरबार तिर जाँदै रहेछन् । मैले सघाउँछु भने । उनी खुसी भए । बानेश्वरबाट हामीसँगै कुरागर्दै गयौं । उनी पनि खुसी भए म पनि खुसी ।

टेम्पु चालकले यतिका बाटोमा सघाएकोमा मैले यी दाईको पनि त्यस्तै खुसी देखेँ । यो खुसी नजिकैबाट कैद गर्न मन थियो । पछाडीबाट आएको नगरबसले चर्को हर्न बजाएर मलाई अघि नबढी सुखै दिएन । तस्बिर लिन नपाएर मन निक्कै थकथक भयो । तर आँखामा कैद भएको त्यो क्षणले मलाई अझै पनि आनन्द बनाइरहेको छ । हामी खुसी खोज्दै दशदुनियाँ भौतारिन्छौं । लाग्यो, जिन्दगीमा खुसीहरू यस्तै यस्तै क्षणबाट सँगाल्ने हो । खुसी बाँडे बढ्छ, दुःख बाँडे घट्छ ।

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...