Skip to main content

Posts

राइटर्स माइन्ड

भैसीले चश्म लगाएर ट्रक चलाइराखेको छ । त्यसले ड्राइभरको सिटमा बस्ने बेलामा पुच्छार कता राख्ला एक पटक कल्प्ना गर्नुहोस् । यो पढेर कस्तो बकमफुसे कुरा भन्दै तपाइ हाँस्न सक्नुहुन्छ । यत्रो लामो जिन्दगी के सद्दे कुरा गरेरै बिताउने बिचारमा हुनुहुन्छ क्या संसारमा रमाइउनु छ भने कहिलेकाही आउटअफ ट्रयाक पनि जानु पर्छ । अनि हाँस्नु पर्छ मज्जाले । म हाँस्न मन पराउँछु । तर त्यो बेला होइन जब मेरा साथीहरु समस्यामा परेका छन् । म त्यतीबेला पनि हाँस्न सक्दिन जब आसपासका मानिसहरु दु:खमा बेरिएका छन् । तर जब म थकित हुन्छु । कामको बोझले चेपिएको हुन्छु तब खुब हाँस्न मन पराउँछु । अरुलाई पनि हँसाउँछु र आफै हाँस्छु पनि । हाँसोले मलाई साच्चैनै हल्का बनाउँछ । अनि म कपासको भुवा झै हावामा उड्न सक्छु ।

नेपाली आमा भेटेर रोइन् जापानी आमा

आइतवार, 27 डिसेम्बर 2009 09:25 नागरिक भवसागर घिमिरे, काठमाडौं, पुस १२- देश फरक, भाषा फरक। योभन्दा अघि उनीहरूको भेट कहिल्यै भएको थिएन। पहिलो भेटमै उनीहरूले आँसु झारे र प्रेम साटे। ६६ वर्षे जापानी आमा फुसाको ओकामोतो दिलशोभा श्रेष्ठले सञ्चालन गरेको वृद्धाश्रम पुगेपछि माहोल भावनात्मक भयो। 'आमा! आमा,' आँसु पुछ्दै आफूलाई समाएर फुसाको रून थालेपछि ५७ वर्षे दिलशोभाले पनि आँसु थाम्न सकिनन्। 'मनको कुनै देश हुँदैन' दुवै अंगालिएर रुँदा यस्तो लाग्थ्यो।

बालबालिकाका कुरा? धत्, योजना मात्रै

भवसागर घिमिरे, काठमाडौं, मंसिर ५- योजना बनाउँदा निकै तात्तिने सरकार कार्यान्वयन गर्ने बेला भने सेलाउने गर्छ। यसैको एउटा उदाहरण हो, 'बालश्रम गुरुयोजना २००४-२०१५।' आज अन्तर्राष्ट्रिय बाल दिवस सन् २००९ सम्म निकृष्ट प्रकारका सबै बालश्रम उन्मुलन गर्नु र २०१५ सम्म सबैखाले बालश्रम हटाउनु यो योजनाको लक्ष्य हो। योजना लागू भएको ५ वर्ष बितिसक्दा पनि बालश्रमिकहरूको अवस्था सुध्रन सकेको छैन। हालसम्मको प्रगति हेर्दा २००९ को लक्ष्य पूरा गर्न सरकार असमर्थ भएको छ। समयमै कामको मूल्यांकन नहुनु र स्रोतसाधनविना योजना लाद्नुले २०१५ सम्मको लक्ष्यबाट पनि सरकार पछि पर्ने अधिकारीहरू बताउँछन्। राजनीतिक अस्थिरताको कारण देखाउँदै दातृ संस्था अन्तर्राष्ट्रिय श्रम संगठन (आइएलओ) ले पनि यसबाट हात झिकेको छ। सरकारले आइएलओको आर्थिक सहयोगमा 'टाइमबाउन्ड प्रोग्राम' मार्फत यो गुरुयोजना लागू गरेको हो। उसले दुई चरणमा आर्थिक सहयोग गर्ने प्रतिबद्धता जनाएको थियो। तर, पछिल्लो सहयोग रोकेको छ।

पुष्पाको सपना

भवसागर घिमिरे, काठमाडौं - 'नाम पुष्पा बस्नेत। उमेर २६। घर काठमाडौं। शिक्षा विषय लिएर काठमाडौं विश्वविद्यालयमा स्नातक गर्दै।' उनको परिचयलाई यतिमै खुम्च्याउने हो भने निक्कै अपूरो हुन्छ। उनको परिचयसँग साना नानीहरूको भविष्य जोडिएको छ। ती नानीहरू जसले जेलबाहिरको संसार चिहाउने सपना सायदै राखेका थिए। तर, संयोग त्यस्तै पर्‍यो। जसले ती नानीहरूको उज्ज्वजल भविष्यलाई उनको लक्ष्यसँग ल्याएर जोडिदियो।

अध्यारोबाट उज्यालो तिर

भवसागर घिमिरे गुल्मीका दिनेश ज्ञवालीले सानो छँदै दृष्टि गुमाए । हेटौडाकी सुप्रभा आचार्य अल्प दृष्टि छ । उनीहरू मात्र हैन तनहुँका सरोज भट्टर्राई, कञ्चनपुरका भविन्द्र सिङ र चितवनका मनोज गौंतमको पनि सानैमा दृष्टि गुमेको छ । यसरी विभिन्न जिल्लाका उनीहरूलाई समयले अहिले एकै ठाउँमा ल्याएको छ, कीर्तिपुरको ल्यावोरेटोरी उच्च मावि । १६ वर्षहाराहारीका उनीहरू अहिले नयाँ काममा व्यस्त छन् । के काम होला त - 'नाटक रिहर्रसल गर्दैछौं,' कक्षा ९ अध्ययनरत भविन्द्रले नाटकको नाम बताए, 'ग्रिन सिग्नल ।' शिर्षको अर्थ के हो त - हरियो संकेत वा अगाढी बढ् भन्ने संकेत । भविन्द्र सानै देखि रेडियो सुन्थे । रेडियोमा नाटक सुन्दा यस्तै खेल्नपाए हुन्थ्यो झै लाग्थ्यो रे । दश कक्षामा पढ्ने दिनेशले पनि यस्तै सोचेर बस्दा रहेछन रेडियो सुन्दा । सरोज त साथीहरूसँग मिलेर साँझ क्यासेटमा आफै नाटक रेकर्ड गर्दथे रे । 'अनि प्ले गरेर पनि सुन्थे' कक्षा आठका उनले भने । यसो गर्दा उनी र उनका साथीहरू रात गएको पत्तो पाउँदैन थे ।

भच्काइदे

पैला तेरो नाम भन, गर्न आको काम भन, अनि आफ्नो गाम भन, घुस मागे भुस पार्दे, आलटाल गरे ढुस पार्दे, हाकीम साकीम बंङ्गरा झार्दे ढाड साड लच्काइदे निहुँ खोज्नेलाइ भच्काइदे खानेपानी, बिद्युत सटासट भन्सार, मालपोत फटाफट भएन भने हिर्काइदे हाडखोर बङ्गाइदे जसको शक्ती उसको भक्ती कालो मोसो रङ्गाइदे गर्दन पुरै मस्काइदे निहुँ खोज्नेलाइ भच्काइदे सोझो मान्छे खाली हात भरिहुन्छ जाली हात दल बलले हीरो बन खुर्सानी भन्दा पीरो बन पढे पनि बेरोजगार नपढे'नी बेरोजगार किताब कापी मील्काइदे गाला साला पच्काइदे निहुँ खोज्नेलाइ भच्काइदे (भवसागर घिमिरे, समता काव्य सन्ध्या-२०६२)

निहुँ खोज्ने कोही छ ?

भवसागर घिमिरे हात भाँच्दिन्छु, दाँत भाँच्दिन्छु। बोरामा राखेर क्याम्पमा लगेर खाँदिन्छु। क्याम्पस प्रमुखलाई कुट्दिन्छु, औधोगिक क्षेत्रका व्यापारिलाई पनि कुट्दिन्छु। एक एकलाई समातेर चिकेन फ्राइ झैँ भुट्दिन्छु। ए पुलिस आउँछस समात्न ? नेताको एक फोनले छुट्दिन्छु। मलाई के नपुग छ र, सब थोक पार्टी जुराउँछ। घ्याम्पो जाँड छ, ठेकीमा मोही छ। ओइ, मसँग निहुँ खोज्ने कोही छ ? कसैले 'वइ स्याल' भन्छन, कसैले 'युथ कोर्स' भन्छन्। 'गरुण जस्ता', 'कराइ फोर्स' जे भनेनी, हाम्लाइ ठूलै मान्छे गन्छन। कहिले चन्दन तस्करी रोक्दिन्छु। कहिले आफै तस्करबनी बोक्दिन्छु। भष्ट्राचारीलाई कानुनले हैन, भ्याच भ्याच हातैले ठोक्दिन्छु। उद्योग बन्द गर्दिन्छु, स्कुल बन्द गर्दिन्छु, गरिब उक्साउनलाई सबैको कान भर्दिन्छु। मै हो क्या कानुन, नेपाली मानुन या नमानुन। हाम्रा नेताले भन्दैछन्, सडक सदन बाल्ने हो। प्रचण्ड गर्मीको तातोले, माकुरे सरकार ढाल्ने हो। नेताको त म दाहिने हात, मर्ुख हो मेरो जात। सत्ता पल्टाउन पर्यो भने बौलाइदिन्छु रातारात। कुखुराको सपेटाले मोल्छु दाँत, बियरले गर्छु मुख कुल्ला। हातमा म...