Skip to main content

नेपाली आमा भेटेर रोइन् जापानी आमा

आइतवार, 27 डिसेम्बर 2009 09:25 नागरिक
भवसागर घिमिरे, काठमाडौं, पुस १२- देश फरक, भाषा फरक। योभन्दा अघि उनीहरूको भेट कहिल्यै भएको थिएन। पहिलो भेटमै उनीहरूले आँसु झारे र प्रेम साटे।

६६ वर्षे जापानी आमा फुसाको ओकामोतो दिलशोभा श्रेष्ठले सञ्चालन गरेको वृद्धाश्रम पुगेपछि माहोल भावनात्मक भयो।

'आमा! आमा,' आँसु पुछ्दै आफूलाई समाएर फुसाको रून थालेपछि ५७ वर्षे दिलशोभाले पनि आँसु थाम्न सकिनन्। 'मनको कुनै देश हुँदैन' दुवै अंगालिएर रुँदा यस्तो लाग्थ्यो।


गाला गाला जोडेपछि फुसाको श्रेष्ठअघि घुँडा मारेर बसिन्। 'यु आर द ग्रेट आमा,' हात जोडेर उनले दिलशोभालाई प्रणाम गरिन्। भाषा नबुझे पनि भावनात्मक सम्बन्धले भक्कानिएकी दिलशोभाले फेरि फुसाकोलाई गम्लंङ्ग अँगालिन् र रून थालिन्।

छोरा नपाएको निहुँमा श्रीमानले छाडेपछि दिलशोभाले 'आमाहरूकी आमा' बन्ने
संकल्प लिएकी थिइन्। पहिला त सडकमै पुगेर त्यहाँ भेटिएका बेबारिसे वृद्धालाई खाना ख्वाउन सुरू गरिन्। बाह्र वर्षदेखि भने उनले रविभवन काठमाडौंमा रहेको आफ्नो घरलाई वृद्धाश्रम बनाइन्। उनले मनको ढोका उघारेपछि सडकमा फालिएका, अस्पतालछेउ मिल्काइएका र खुला आकाशमा छाडिएका धेरै आमाले ममताको न्यानो ओत पाए। 'गएको छ महिनामा चार आमा वृद्धाश्रममै बिते। म आफैं पशुपति लगेर जलाएँ,' दिलशोभाले भनिन्।

अहिले प्यारालाइसिस भएका पाँच, अल्जाइमर्सका बिरामी दुई, बोल्न नसक्ने पाँच, सुस्त मनस्थितिकी एक, दृष्टीविहीन पाँचलगायत २९ आमाका लागि न्यानो काख भएको छ उनको घर। १३ बालक र ३ बालिका पनि त्यही काखमा लुटपुटिएका छन्। ७ वर्षे सुस्त मनस्थिति बालिका सञ्जुदेखि सय वर्ष काटेकी 'बाहुनी आमा'ले उनको स्याहार पाइरहेका छन्। कोठैपिच्छे तिनैलाई भेट्न निस्कँदा फुसाको पनि गहमा आँसु पार्थिन्।

'आमा म जपनबाट छोरी अएको,' बल्ल नेपाली बोली फुटाएकी उनको स्वर सुनेर ८६ वर्षे आशामाया शिल्पकार मुजा परेका गाला झन् मुजा पार्दै हाँसिन्। मायाले मुसारिन् फुसाकोलाई। आमाको माया भेटेर फुसाकोले 'आरिगातो आरिगातो' भन्दै धन्यवाद दिइन्।

बिहान सवेरैदेखि अबेर रातिसम्म आफैँ आमाहरूको सेवामा खटिने दिलशोभा देखेर आफ्नो मन भरिएको फुसाकोले बताइन्। 'म जे हुन चाहन्थे, त्यो मान्छे आज भेटेँ,' वृद्धाश्रमको भित्तामा टाँसिएको फ्लोरेन्स नाइटिंगेलको तस्बिर देखाउँदै भनिन्, 'हरेक दिन दिलशोभा जस्तै धेरै आमा जन्मिउन् भन्ने म प्रार्थना गर्छु।'

फुसाकोले नर्स पेसाबाट अवकास पाइसकेकी छन्। जापान, अफगानिस्तान, केन्या र नेपाललगायत देशमा थुप्रै वर्ष स्वयंसेविकाका रूपमा काम गरिसकेकी छन् उनले। लुम्बिनी विश्वविद्यालय निर्माणका लागि सहयोग जुटाउन नेपाल आएकी उनी त्यसैमा व्यस्त छिन्।

Comments

Post a Comment

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...