Skip to main content

राइटर्स माइन्ड



भैसीले चश्म लगाएर ट्रक चलाइराखेको छ । त्यसले ड्राइभरको सिटमा बस्ने बेलामा पुच्छार कता राख्ला एक पटक कल्प्ना गर्नुहोस् । यो पढेर कस्तो बकमफुसे कुरा भन्दै तपाइ हाँस्न सक्नुहुन्छ । यत्रो लामो जिन्दगी के सद्दे कुरा गरेरै बिताउने बिचारमा हुनुहुन्छ क्या संसारमा रमाइउनु छ भने कहिलेकाही आउटअफ ट्रयाक पनि जानु पर्छ । अनि हाँस्नु पर्छ मज्जाले ।

म हाँस्न मन पराउँछु । तर त्यो बेला होइन जब मेरा साथीहरु समस्यामा परेका छन् । म त्यतीबेला पनि हाँस्न सक्दिन जब आसपासका मानिसहरु दु:खमा बेरिएका छन् । तर जब म थकित हुन्छु । कामको बोझले चेपिएको हुन्छु तब खुब हाँस्न मन पराउँछु । अरुलाई पनि हँसाउँछु र आफै हाँस्छु पनि । हाँसोले मलाई साच्चैनै हल्का बनाउँछ । अनि म कपासको भुवा झै हावामा उड्न सक्छु ।

जब म हाँसोमा रमाउन थाल्छु तब भैसीले चश्म लगाएर ट्रक चलाएको मात्र होइन चियामा चुंइगम डोबेर खाएको लामखुट्टेलाई समातेर त्यसको दाँतमा अमिलो दल्दिएको यस्तै यस्तै धेरै कुराहरु मेरा मनमा नाँच्छन् । मरेको बिरालोले बाटो काट्दा आकाशमै प्लेनको ट्राफिक जाम प्लेनले मुग्लिनमा मान्छे ओरालेर भात ख्वाउने यस्तै यस्तै कल्पनाले मेरो नाटकिय कल्पना शैलीमा नयाँ नयाँ पटकथाहरु थप्छ अनि म मन खोलेर हाँस्न थाल्छु ।

मैले हाँसोमा धेरै साथी पाएको छु । तपाइ पनि पाउन सक्नु हुनेछ एक पटक हाँसेर हेर्नुस । वरपर तपाइसँगै हाँस्ने धेरै साथी हुनेछन् । हाँस्दा तपाइँका दाँतहरुले चिसो हावा महसुस गर्न पाउनेछन् । तपाइँका गालाका नशाहरु तन्कनेछन् । तपाइँ साँच्चै नै मनदेखि हाँस्नु भएको छ भने शरिरबाट इन्जाइम र हर्मोनहरुको उत्पादन बढ्ने छ । बढे के होला सोच्नुहोला यसले तपाइका विभिन्न अंगहरुलाई तन्दु्रस्त राख्न निक्कै मद्दत गर्नेछ ।

तपाइ बिरामी परिरहनुहुन्छ रोगसँग लड्ने क्षमता बढाउन चाहनुहुन्छ भने दिन खोलेर हाँस्ने बानी गुर्नहोस् । यसले प्राकृतीक रुपमा नै शरिबाट एन्टिबायोटिकको उत्पादन बढाउँछ । कामको तनाव । श्रीमानको कचकच । श्रीमतीको किचकीच । छोराछोरीको डिमान्ड । बैंकको ऋण । यस्तैबाट तनावमा हुनुहुन्छ र केही सोच्ने मौंका पाउनु भएको छैन भने पनि एक पटक तनाव भुल्न खुलेर हाँस्नुहोस् । हाँसोले तपाइको शरिरमा इन्ड्रोफिन्स् नामक हर्मोनको उत्पादन गर्छ । यसले टाउको दुखाइको समस्या कम गराउँछ । सोच्ने समय दिन्छ । अनि तपाइ समस्या समाधानका उपाए खोज्न थाल्नुहुनेछ ।

रक्तसंचार सुचारु गर्नलाई ब्लडप्रेसर नियमीत गर्न स्वासप्रस्वासको समस्या भएको भए मन देखि हाँस्नु एक राम्रो उपाए हो ।
तपाइँ खुलेर हाँस्नु भयो भने तपाइको मुहारमा चमक आउँछ । ऐनामा गएर मुख बिगार्नुहोस् नाक अँठ्याउनुहोस् जिब्रो निकाल्नुहोस र एकपटक मन खोलेर हाँस्नुहोस् । हाँसो मुहार तथा पेटको मांशपेशीको लागि निक्कै राम्रो हुन्छ ।




हो तपाइ हाम्रो आत्मविश्वास बढाउनका लागि पनि साँच्चै नै राम्रो हुन्छ । सोच्नुहोस् त एक पटक यो संसारमा गैडाहरुले राज्य गनॆ्र भए के हुन्थ्यो होला जंगलमा मान्छेहरुको शिकार हुन्थ्यो । गैडाहरु पक्राउ पर्थे र जेलमा हालिन्थे मान्छेमारेको आरोपमा ।

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...