राइटर्स माइन्ड



भैसीले चश्म लगाएर ट्रक चलाइराखेको छ । त्यसले ड्राइभरको सिटमा बस्ने बेलामा पुच्छार कता राख्ला एक पटक कल्प्ना गर्नुहोस् । यो पढेर कस्तो बकमफुसे कुरा भन्दै तपाइ हाँस्न सक्नुहुन्छ । यत्रो लामो जिन्दगी के सद्दे कुरा गरेरै बिताउने बिचारमा हुनुहुन्छ क्या संसारमा रमाइउनु छ भने कहिलेकाही आउटअफ ट्रयाक पनि जानु पर्छ । अनि हाँस्नु पर्छ मज्जाले ।

म हाँस्न मन पराउँछु । तर त्यो बेला होइन जब मेरा साथीहरु समस्यामा परेका छन् । म त्यतीबेला पनि हाँस्न सक्दिन जब आसपासका मानिसहरु दु:खमा बेरिएका छन् । तर जब म थकित हुन्छु । कामको बोझले चेपिएको हुन्छु तब खुब हाँस्न मन पराउँछु । अरुलाई पनि हँसाउँछु र आफै हाँस्छु पनि । हाँसोले मलाई साच्चैनै हल्का बनाउँछ । अनि म कपासको भुवा झै हावामा उड्न सक्छु ।

जब म हाँसोमा रमाउन थाल्छु तब भैसीले चश्म लगाएर ट्रक चलाएको मात्र होइन चियामा चुंइगम डोबेर खाएको लामखुट्टेलाई समातेर त्यसको दाँतमा अमिलो दल्दिएको यस्तै यस्तै धेरै कुराहरु मेरा मनमा नाँच्छन् । मरेको बिरालोले बाटो काट्दा आकाशमै प्लेनको ट्राफिक जाम प्लेनले मुग्लिनमा मान्छे ओरालेर भात ख्वाउने यस्तै यस्तै कल्पनाले मेरो नाटकिय कल्पना शैलीमा नयाँ नयाँ पटकथाहरु थप्छ अनि म मन खोलेर हाँस्न थाल्छु ।

मैले हाँसोमा धेरै साथी पाएको छु । तपाइ पनि पाउन सक्नु हुनेछ एक पटक हाँसेर हेर्नुस । वरपर तपाइसँगै हाँस्ने धेरै साथी हुनेछन् । हाँस्दा तपाइँका दाँतहरुले चिसो हावा महसुस गर्न पाउनेछन् । तपाइँका गालाका नशाहरु तन्कनेछन् । तपाइँ साँच्चै नै मनदेखि हाँस्नु भएको छ भने शरिरबाट इन्जाइम र हर्मोनहरुको उत्पादन बढ्ने छ । बढे के होला सोच्नुहोला यसले तपाइका विभिन्न अंगहरुलाई तन्दु्रस्त राख्न निक्कै मद्दत गर्नेछ ।

तपाइ बिरामी परिरहनुहुन्छ रोगसँग लड्ने क्षमता बढाउन चाहनुहुन्छ भने दिन खोलेर हाँस्ने बानी गुर्नहोस् । यसले प्राकृतीक रुपमा नै शरिबाट एन्टिबायोटिकको उत्पादन बढाउँछ । कामको तनाव । श्रीमानको कचकच । श्रीमतीको किचकीच । छोराछोरीको डिमान्ड । बैंकको ऋण । यस्तैबाट तनावमा हुनुहुन्छ र केही सोच्ने मौंका पाउनु भएको छैन भने पनि एक पटक तनाव भुल्न खुलेर हाँस्नुहोस् । हाँसोले तपाइको शरिरमा इन्ड्रोफिन्स् नामक हर्मोनको उत्पादन गर्छ । यसले टाउको दुखाइको समस्या कम गराउँछ । सोच्ने समय दिन्छ । अनि तपाइ समस्या समाधानका उपाए खोज्न थाल्नुहुनेछ ।

रक्तसंचार सुचारु गर्नलाई ब्लडप्रेसर नियमीत गर्न स्वासप्रस्वासको समस्या भएको भए मन देखि हाँस्नु एक राम्रो उपाए हो ।
तपाइँ खुलेर हाँस्नु भयो भने तपाइको मुहारमा चमक आउँछ । ऐनामा गएर मुख बिगार्नुहोस् नाक अँठ्याउनुहोस् जिब्रो निकाल्नुहोस र एकपटक मन खोलेर हाँस्नुहोस् । हाँसो मुहार तथा पेटको मांशपेशीको लागि निक्कै राम्रो हुन्छ ।




हो तपाइ हाम्रो आत्मविश्वास बढाउनका लागि पनि साँच्चै नै राम्रो हुन्छ । सोच्नुहोस् त एक पटक यो संसारमा गैडाहरुले राज्य गनॆ्र भए के हुन्थ्यो होला जंगलमा मान्छेहरुको शिकार हुन्थ्यो । गैडाहरु पक्राउ पर्थे र जेलमा हालिन्थे मान्छेमारेको आरोपमा ।

Comments