Skip to main content

Posts

प्रिग्नेन्सी टेस्ट

वैशाख २३, २०७४- काठमाडौंको नयाँबानेश्वरमा रहेको मेरो फ्ल्याट र उनी बसेको महिला छात्रावासबीचको दूरी लगभग दुई हात मात्र छ । दोस्रो तलामा रहेको उनको सानो तीनकुने कोठा दक्षिण पूर्व फर्केको छ । कोठाको दक्षिणतर्फ काठको फ्रेम भएका सिसाको झ्याल छ । झ्यालमा तीनवटा खापा अनि त्यसमाथि बुट्टेदार फलामको भेन्टिलेसन छ । झ्यालको पर्दा अलि सानो छ, दुई खापा मात्र ढाक्छ । खुला हुने बाँकी एक खापाबाट म उनलाई राम्ररी नियाल्न सक्छु । यसका लागि मैले फ्ल्याटको बाथरुम वा भान्छाकोठाको जाली खापाबाट चियाउनुपर्छ । कहिलेकाहीं पर्दा नपुगेको बाँकी एक खापामा उनी गम्छा झुन्डाउँछिन् । यस्तो बेला मेरो नजर र उनीबीच पूरै पर्दाको पर्खाल उभिन्छ । यति छोटो दूरीलाई ती पर्दाहरूले यति धेरै लम्बाइदिन्छन् कि मन बेचैन हुन्छ । मीठो बेचैनी, नछोएको शीतजस्तै, नलेखेको गीतजस्तै । एकान्तमा उनी गीत गुनगुनाउन रुचाउँछिन् । गुनगुनाउँदै कोठाबाट पूर्व फर्किइन् भने झ्यालबाट धुलाम्य खुला चौर अनि चौरसँगै जोडिएको सडक देख्न सक्छिन् । माटो उधिन्दै दगुर्ने डोजर अनि कामको सुस्त गतिका कारण बाटो लामो समयदेखि भर्खरै खनिएको आलुबारीजस्तै छ । बेला–बेला हुर...

‘खाना त खोजुँली, छाना कसले देला ?’

भवसागर घिमिरे  गत शनिबारको दिन बिहान। सिराहाकी लक्षण देवी मण्डलले भर्खरै खाना पकाएर सकेकी थिइन्। साधारण त्रिपालको छतमुनी भोकाएका तीन छोरीहरू खानाखाने तयारीमा थिए। सिमराहा टोलकी ३० वर्षे यी मण्डलले खाना पस्कने तयारी गर्दागर्दै एक्कासी हावाहुरी चल्न थाल्यो। हुरीमा टाउको लुकाउँने फुस र माटोले बनेको घर केहि दिन अघिको आगलागिले जलेर नष्ट भैसकेको थियो। त्रिपालको ओतमा अब के हुने हो भन्दै छोरीहरू रुन कराउँन थाले। ‘अचानक हुरीले पाल उडायो’ मण्डलले भनिन्, ‘पकाएको खानामा माटो र बालुवा मिसियो। उनीहरू भोकै भए।’ हुरिसँगै आएको ठूलो पानीले उनीहरूलाईमात्र हैन दुई दिन अघि राहतमा पाएको दालचामल, लुगाफाटा पनि भिजाउन थालीहाल्यो। ‘गाउँ खुल्ला दिशा मुक्त क्षेत्र घोषण भएपछि ऋण काढेर बनाएको ट्वाइलेट थियो,’मण्डलले भनिन्, ‘घरदेखि पर रहेको त्यहीँ ट्वाइलेटमा ओसारेर थोरै दालचामल बचाउँन पायौं। बाँकी केही माटोमा मिसिए, त केही हावाले उडाए।’ भोकाएका छोरीहरूले माटो मिसिएकै भएपनि खाना खान थाले, उनको मन कटक्क खायो। शनिबारको पानी र हुरीले लक्षण देवी जस्तै गाउँमा रहेका आगलागि पिडीत ३० परिवारको उस्तै बिचल्ली भएको ...

के गर्नु सर म्यानेज्मेन्ट नै यस्तै छ...

भवसागर घिमिरे नेपाल इन्भेष्टमेन्ट बैंकको लाजिम्पाट शाखामा (नारायणहिटीको उत्तर ढोका तर्फ) पैसा जम्मा गर्न केहि दिन अघि पुगेको थिएँ। सोच्नुहोस् त, हरेक बैंकमा पुग्ने बित्तिकै डिपोजिट फर्म भर्नु अघि तपाईलाई के कुराको हतार हुन्छ ? हो मलाई पनि त्यही कुराको हतार भयो, पालो लाग्ने नम्बरको लागि कुपन लिने। यता खोज्छु छैन, उता खोज्छु छैन। ‘छैन हो, लाइनमै बस्नु पर्छ’ गार्डले नै यसो भनेपछि मैले लाइन तिर हेरेँ। पुरै लामो छ त। यस्तो चल्ति शाखा। त्यो पनि प्राइम लोकेशनमा। यो कुन युगको बैंकमा आएछु भन्दै थकथक लाग्यो। फर्म भरेर लाइनमा ठिंग उभिएको मैले पालो पाउँन ठ्याक्कै २५ मिनेट लाग्यो, १३ जनापछि। तपाई भन्नु होला, तेलको लाईनमा तीन दिन बस्न सक्छस्, ग्याँसको लाइनमा दुई रात खप्न सक्छस्, बैंकको लाइनमा जाबो २५ मिनेट बस्दा तेरो के ढाड खुस्कियो ? हैन मेरो त खुस्केन तर यो बैंकले सन् २०१६ को ‘बैंक अफ द इयर’ पाएको हो भन्ने थाहा पाउनु भयो भने तपाईको चाहि फुस्कन सक्छ, हाँसो। बेलायतको प्रसिद्ध पत्रिका फाइनान्सियल टाइम्स लन्डनद्वारा इन्भेष्टमेन्टलाई यो वर्षको सर्वोकृष्ट नेपाली बैंक घोषणा गरेको हो। अर्को कुरो स...

केएमसीको कोठा नम्बर ८

"दाई ट्वाइलेट कता छ  होला ?" एक भद्र महिलाले सोध्छिन । "के म याँ ट्वाईलेट देखाउन बसेको हो ?" कुर्चिमा बस्ने चश्म र ढाका टोपी लगाएका एक बुढा कर्मचारी ज‌गिन्छन् । यि कर्मचारी  अस्पताल आएका बिरामीको नाम दता गराउने र उनीहरुलाई सम्बन्धित कोठामा पठाउने काममा खट्टिएका थिए । गत बिहिबारको कुरा हो यो । विहानको ११ बजे आसपास । काठमाडौंकाे  सिनाम‌ंगलमा रहेको काठमान्डु मेडिकल कलेजको सल्य चिकित्सा बहिरंग विभागको दृश्य हो यो । कोठा नम्बर ८ भित्र रहेको यो अोपिडीसँगै न्युरो तथा प्लाष्टिक सर्जरी जस्ता थुप्रै कोठाहरु पनि छन् । यि कोठाहरु विषेशज्ञ डाक्टरहरु र उनीहरुलाई भेट्न चाहने बिरामीहरुले भरिभराउँ हुने गर्छ । व्यवस्थित नहुँदा बिचको प्यासेजमा पनि मान्छेको घुइचो छ । बाहिर बस्दिनु बोलाउँला भन्दा पनि सुन्नेवाला छैनन कोहि । हुन त एक जनाले त्यती धेरै कोठाका बिरामीको नाम बोलाउनै पनि साध्य छैन । त्यसैेले पनि बिरामी उनको भर परेका देखिँदैनन् । सायद कारण यहि होला बाहिर कुरेर बस्ने भन्दा भित्रै आएर कोच्चिने र ढोकामै एकै घण्टा भएपनि उभिएर बस्ने धेरै थिए । बुढा बा र ति महिलाको भनाभनपछि बि...

देखेपछि, सोचेपछि, गरेपछि...

हरेक दिन सडकमा उसको बिरामी हालत देख्दा दिक्क हुन्थेँ । के गर्ने भन्ने सोच्थेँ । हिजो बिहिबार साँझ तरकारी किनेर फर्कदा श्रीमतीसँगको सल्लाहमा उसको फोटो खिच्यौं । सडकमा बेबारीसे भेटिने यस्ता साथीहरूको पक्षमा काम गर्ने तीन संस्थाहरु KAT Centre, Sneha's Care र Street Dog Care e.V का फेसबुक पेजहरू अनलाइनमा भेट्यौ‌‌ । उसको दयनीय तस्बिर र सहयोगको याचना सहित हिजै मेसेज पठायौं । त्यसमध्ये Sneha's Care ले आज बिहानै रिप्लाई गरेर दिउँसो तिर उसको उपचारको लागि प्राविधिकको टोली पठाउने जनायो । बाँकी दुई संस्थाले म्यासेज हेरे तर जवाफ आएन । आज शुक्रबार Sneha's Care बाट आएको टोलीले एक इन्जेक्सन दिएर गए । उसलाई छाला सम्बन्धी रोग भएको रहेछ । अब एक महिनासम्म हरेक हप्ता भ्याएसम्म फलोअपमा आउने बताएका छन् । उनीहरुले नभ्याए खुवाई दिनको लागि एक औंषधी लेखिदिएका छन् । औषधी किनेर मासुको टुक्रा अथवा ससेजमा राखेर खुवाउँन सकिँदो रहेछ । तीन हप्तासम्म हरेक हप्ता १ गोली खुवाएपछि उसको छाला निको हुने र रौहरु पलाउँने उनीहरुले बताए । प्रति गोली लगभग २ रुपैयाँ पर्ने यो अौषधिका तीन गोली खा...

घान्द्रुक गाउँ : हिमाल मुनी हिमादिदीको होमस्टे

बिदाको समय सदुपयोग गरेर घुम्नको लागि कास्की जिल्लाको घान्द्रुक गाउँ निक्कै रमाइलो ठाउँ हो । अन्नपुर्ण पदमार्गमा पर्ने यो गाउँको दुई दिने यात्रालाई चार बुँद्धामा यस लेखले समेट्न खोजेको छ ।                     १. केहि वर्ष अघिसम्म पोखराबाट लगभग दुई घण्टाको बस यात्रा र ५ देखि ६ घण्टाको पैदल यात्रामा बल्ल मुख्य गाउँ टेक्न सकिन्थ्यो । ऐले भने पोखराको टुँडिखेल, हरिचोकबाट सोझै जिप चल्छ, घान्द्रुक वडा नम्बर २ किम्चेसम्म । प्रतिव्यक्ति तीन सय रुपैयाँमा जीपमा लगभग ३ घण्टामै त्यहाँ पु¥याउँछ । त्यहाँबाट सरदर एक देखि डेढघण्टाको उकालो पैदल यात्रामा हामी घान्द्रुकको मुख्य वस्ती भएको गाउँमा पुग्न सक्छौं । यदि तपाईसँग दश जनाको टोली भयो भने जिप नै तपाईका साथीहरूले भरिन सक्छ । यात्राभर गीत गाउँदै रमाइलो गर्नुको मज्जा बेग्लै । किम्चेपुगेपछिको पैदल यात्रामा तपाईले ठूला ठूला झरना, गाउँको हरियाली र घान्द्रुक पारीको गाउँ लान्द्रुकजस्ता परपरका गाउँका मनोरम दृश्यको मज्जा लिन सक्नुहुनेछ । यदि तपाई जाँदा र आउँदा हिडेरै मजा लिन चाहनुहुन्छ भने पोखरा पृथ्वीचो...

स्कुटर चलाउने केटो, बाइक चलाउने केटी

केटा लाउँछन् कानमा मुन्द्रा, कपाल लामा लामा photo:pinterest केटी भने पाइन्ट लाउँछन, लाउन छाडे जामा पछि पछि गएँ म त, छोटो कपाल देखी केटा भनी बोलाएको, रैछे त्यो त केटी आचकलको फेसनले, झन्डै मलाई मार्यो केटाकेटी छुट्टाउनै, भयो साह्रै गाह्रो—२ केही दिनअघि पुरानो किताबमा रहेको कागजको चिर्कोटमा मैले यो कविता भेटेँ। १७ वर्षअघि यो कविता लेख्दा म भर्खरै एसएलसी परिक्षा दिँदै थिएँ। पोखरेली युवा साँस्कृतिक परिवारले मासिक रूपमा सञ्चालन गर्दै आएको समता काव्य सन्ध्या (हाल पनि जारी) मा बाचन पनि गरेको थिएँ। संयोग, त्यस दिन उपन्यासकार सरुभक्त श्रेष्ठ दाइ कार्यक्रममै हुनुहुन्थ्यो। उहाँ पनि लामो कपाल पाल्नु हुन्थ्यो। कविता बाचन सकिएपछि सबै गललल्ल हाँसे। मैले सोचेँ, कविता सुनेर हाँसे, तर धेरैले सरुभक्त दाइको कपाल हेरेर हाँसेछन्।