Skip to main content

केएमसीको कोठा नम्बर ८

"दाई ट्वाइलेट कता छ  होला ?" एक भद्र महिलाले सोध्छिन ।
"के म याँ ट्वाईलेट देखाउन बसेको हो ?" कुर्चिमा बस्ने चश्म र ढाका टोपी लगाएका एक बुढा कर्मचारी ज‌गिन्छन् । यि कर्मचारी  अस्पताल आएका बिरामीको नाम दता गराउने र उनीहरुलाई सम्बन्धित कोठामा पठाउने काममा खट्टिएका थिए ।

गत बिहिबारको कुरा हो यो । विहानको ११ बजे आसपास । काठमाडौंकाे  सिनाम‌ंगलमा रहेको काठमान्डु मेडिकल कलेजको सल्य चिकित्सा बहिरंग विभागको दृश्य हो यो । कोठा नम्बर ८ भित्र रहेको यो अोपिडीसँगै न्युरो तथा प्लाष्टिक सर्जरी जस्ता थुप्रै कोठाहरु पनि छन् । यि कोठाहरु विषेशज्ञ डाक्टरहरु र उनीहरुलाई भेट्न चाहने बिरामीहरुले भरिभराउँ हुने गर्छ । व्यवस्थित नहुँदा बिचको प्यासेजमा पनि मान्छेको घुइचो छ । बाहिर बस्दिनु बोलाउँला भन्दा पनि सुन्नेवाला छैनन कोहि । हुन त एक जनाले त्यती धेरै कोठाका बिरामीको नाम बोलाउनै पनि साध्य छैन । त्यसैेले पनि बिरामी उनको भर परेका देखिँदैनन् । सायद कारण यहि होला बाहिर कुरेर बस्ने भन्दा भित्रै आएर कोच्चिने र ढोकामै एकै घण्टा भएपनि उभिएर बस्ने धेरै थिए ।

बुढा बा र ति महिलाको भनाभनपछि बिरामी र उनका आफन्तहरु एकअर्कालाई हेर्न थाले । हुन पनि ट्वाईलेट भएको ठाउँका बारेमा बताउँदा बुढाको केहि जाँदैन्थ्यो । उनी यहि कारणले मात्र झोक्किएका भने हैनन् । सबै नियम अनुरुप नै हुँदा "पालो मिचेर बिरामी पठाउँने  ?" भन्दै एक व्यक्त्ती बलपूर्वक डाक्टरको कोठा भित्र पसेपछि उनको पारो बढेको थियो । सायद ति भद्र महिला यसैको घानमा परिन ।

यो वार्ड भन्दा बायाँ तर्फ रहेको ल्याबबाट बेलाबेलामा माईकमा बिरामीको नाम बाेलाईरहेको सुनिन्थ्यो । रगत तथा दिसा पिसाब जाँचको लागि स्याम्पल बुझाउन पालो कुरिरहेकाहरु लाईनमा बस्नु पर्दैन्थ्यो । कुर्चीमा आराम गर्थे र नाम आएको बेलामा सोझै भित्र पस्थे ।

यो अोपिडीमा भने अघि देखिएक झै फरक तथा पट्यार लाग्ने दृश्यहरु थियो । माईकको व्यवस्था थिएन । आफै ढोकामा उभिनु र नाम सुन्नुको विकल्प पनि भरपर्दो थिएन । अझ पलपल हतारमा हुने मान्छेको जात, आधा एक घण्टा कुर्न पर्यो भने पनि ज्वोरै आउँला झै गरि कराउँथे ।
हुन पनि हामी धेरै सरकारी तथा गैरसरकारी कार्यलयहरुका अस्तव्यस्त हालतबाट पिडित छौं । सरकारी अस्पतालमा ट्वाईलेट सफा राख्न, लामो लाईनको साटो कुपन सिस्टम सुरु गर्न पनि स्वास्थ्य मन्त्रीको निर्देशन दिनुपर्ने दिन हामीले देखेका छौं । के दैनिक कार्यलय चाहार्ने व्यवस्थापनका कर्मचारीले समस्या देख्दैनन ?  कि कोठा छाड्दैनन ? केएमसीको पनि यस्तो निरिह दिन नआवोस् भन्ने चाहना छ ।

अस्पतालले थोरै इच्छाशक्त्ती निकालेर ल्याबको जस्तै माईक सिस्टम राख्दिने हो भने न कोठा नं ८ पूर्ण व्यवस्थित हुन्थ्यो । हरेक डाक्टरको कोठामा माईक राख्ने हो र बाहिर एउटा स्पिकरको व्यवस्था गर्ने हो भने यी सारा तनाव कम हुन्थ्यो । बिरामीहरु कोठा बाहिर रहेको बेन्चीमा बस्थे । भित्रबाट नाम बोलाएपछि एक एक जान्थे । ल्याबमा भएको व्यवस्थापन सह्रानिय छ । कोठा नम्बर ८ मा यहि नहुँदा दिनहुँ डाक्टर, कर्मचारी र बिरामी बीच लम्किझम्कीको स्थिति बढेको छ । न्युन शुल्कमा र थोरै मेहनतमा गर्न सकिने यो काममा अस्पताल व्यवस्थापन चासो दिए धेरैको तनाव हल्का हुन्थ्यो कि  ?

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...