Skip to main content

नेपालको ‘तिर्खा’ स्पेनमा अन्तिम प्रतिस्पर्धामा

कान्तिपुर दैनिक-
काठमाडौँ — पानीको अभावले मानिसको दैनिकीमा कस्तो प्रभाव पर्छ ? यसले स्वास्थ्य, शिक्षा, सरसफाइ लगायतका पक्षमा पार्ने प्रभावका विषयमा स्पेनमा भइरहेको छोटो चलचित्र प्रतियोगितामा नेपाली वृत्तचित्र तथा चलचित्रहरू अन्तिम प्रतिस्पर्धामा पुगेको छ ।

‘वि आर्ट वाटर चलचित्र महोत्सव’ को चौथो संस्करणमा नेपालको तर्फबाट भवसागर घिमिरेको तिर्खा-‘द थर्स्ट’ तथा सोबिन एएमको ‘द कलर्स अफ वाटर’ ले ‘माइक्रो फिक्सन’ विधामा पहिलो स्थान हासिल गर्न विभिन्न देशका अन्तिम १५ फिल्महरू माझ भिड्दैछन् ।

तिर्खा मार्फत पानीको अभावका कारण स्कुल जान समस्यामा परिरहेका आम नेपाली स्कुले भाइबहिनीको कथा आफूले पस्कन खोजेको घिमिरेले बताए । ‘पहिलो प्रयासले नै यहाँ सम्म डोर्‍याएकोमा निक्कै उत्साहित बनाएको छ,’ घिमिरेले भने, ‘अब फेरि नयाँ ठाउँको नयाँ कथा छोटो चलचित्रकै माध्यमबाट पस्कने तयारी गरेको छु ।’
घिमिरेसँगै यहि महोत्सवमा ‘माइक्रो डकुमेन्ट्री’ विधामा नेपालको तर्फबाट विभु पौडेलको ‘द लाष्ट स्पाउट’ ले विभिन्न देशका १२ प्रतियोगिमाझ प्रतिस्पर्धा गरिरहेको छ । ‘माइक्रो एनिमेसन’ विधामा छनोट भएका अन्तिम दश चलचित्रमा नेपालबाट कुनै पनि सहभागी परेका छैनन् ।

प्रतियोगिताका यी तिनै विधामा पहिलो हुने प्रत्येकले ३ हजार युरो राशीको नगद पुरस्कार र अवार्ड हात पार्ने छन् । यससँगै तिनै बिधामा छनोट भएका ३७ प्रतियोगि मध्येबाट ‘अडियन्स च्वाइस’ अवार्ड अन्तर्गत धेरै भोटिङ प्राप्त गर्ने १ चलचित्रले १ हजार युरो हात पार्नेछ । भोटिङको अन्तिम म्याद यहि जेठ १९ गतेसम्म रहेको छ भने अवार्डको अन्तिम नतिजा आउँदो जुन महिनामा स्पेनको मड्रिड शहरमा अवस्थित रोका मड्रिड ग्यालरीमा गरिने फेस्टिभलको वेभसाइटमा उल्लेख छ । ‘हामीलाई अहिले धेरै भन्दा धेरै भोटको आवश्यकता छ,’ वृत्तचित्र निर्माण गरेका पौडेलले भने,‘फेसबुक तथा जिमेल मार्फत जो कोहिले भोट गर्न सक्छन् ।’

चलचित्र महोत्सवको वेबसाइटले जनाए अनुसार यो चौथो संस्करणमा १ सय २७ देशबाट २ हजार ४ सय सहभागीहरूले प्रतिस्पर्धा गरेका थिए ।

https://www.kantipurdaily.com/entertainment/2018/05/22/152696643236257531.html


Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...