Skip to main content

रेडियो नाटक र रेडियो नेपाल

सायद २०५२, ५३ सालताका होला । ७/८ कक्षामा पढ्थेँ म । शनिबारको हाम्रो दैनिकी सरसफाइबाट सुरु हुन्थ्यो । पहिला घरको सरसफाइ अनि ज्यानको । त्यसपछि लुगा धुने काम फटाफट सुरु हुन्थ्यो । जिम्मेवारी यस्तो बाँडफाँड थियो कि दिदी बहिनी दाजुभाई सबैले आफ्नो लुगा आफै धुनु पथ्र्यो । ५ जना छोराछोरी हामी धाराको वरपर घेरा पारेर बस्थ्यौं र लुगा धुँदै मोडामाथि उभिएको रेडियो सुन्थ्यौं । सबै भन्दा धेरै ध्यान तब जान्थ्यो जब ‘रेडियो नाटक’ बज्थ्यो ।

शनिबार दिउँसो बज्ने त्यो रेडियो नाटकले मनको कुनाको तार बजाएको थियो । खुशीको कुरा, केहि दिनअघि देखि म रेडियो नेपालकै स्टुडियोमा नाटक ‘कथामाला’ को निर्देशन गरिरहेको छु । बीबीसी मिडिया एक्सन र रेडियो नेपालको सहकार्यमा तयार भइरहेको यो ५ मिनेटको नाटक हरेक आइतबार बिहान ८।१०, दिउँसो १२।१० र साँझ ६।१० बजे बज्छ । यति बेला म नाटकका अझ धेरै पक्ष सिक्ने मौंका पाइरहेको छु । आजका दिनमा म मेरो बाल्यकाल धेरै सम्झिरहेको छु । #RadioNepal #BBCMediaAction #Kathamala #Milijuli #RadioDrama

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...