Skip to main content

परनिर्भरताको लाईनमा हामी


खेतीपातीमा आधुनिकता नभित्रेर हो वा भित्रेर पनि यसको प्रचार प्रसार प्रयाप्त नभएर हो हामी मध्ये धेरैलाई खेतिपाती भन्दा अन्य रेडिमेड जागिर खानु नै जाती लाग्छ । बाली भित्राउन अहिले दँदेरा पाउन छाडिएको छ । धान चुट्न नपर्ने, पेडल चलाएर धान झार्ने मेशिन आएर पनि यसको व्यापकता हाम्रो भेगमा हुन सकेको छैन । थोरै संख्यामा भएका गोरु हप्तादश दिनलाई बुक भैसकेका छन् । सडकले छोएका तर प्लटिङले नछोएका नगन्य खेतमा ट्याक्टरले नै दाही हाल्ने चलन सुरु थालेका छन्, केहि अझै गोरुकै भरमा छन् । पहिला आँखाले भ्याईन्जेल हेर्दा पनि घर नदेखिने हाम्रो खेतमा अहिले एक चक्कर आँखा डुलाउने हो भने नयाँ बनेका र बन्दै गरेका घरहरुले दिमागको चार चक्कर लगाईदिन्छन् ।

रातमा छिंडीमा सुतेको मान्छे विहान महलमा उठेझै गरि जग्गाको भाउ मुखमुखैमा बढ्दोछ । नबढेको त उत्पादन हो कृषिको जो आधुनिकतासँग कुम मिलाउन नसकेर वर्षै पिच्छे घट्दोछ । कहिलेसम्म यसरी नै चल्ने होला ? हामी परनिर्भरताको लाईनमा अनभिज्ञ भएर उभिई रहेकाछौं ।

Comments