Skip to main content

सहज सरकारी सेवाको सानो सपना

सविता वास्तोला, वडा सचिव, पोखरा ३ नदीपुर
आज छोरीको जन्म दर्ता गर्न पोखरा नदीपुर स्थित वडा नं ३ को वडा कार्यलय पुगेँ । अस्पतालबाट लिएको बर्थ सर्टिफिकेट र श्रीमान श्रीमतीको नागरिकताको फोटोकपि सहित पुगेको मैले २० मिनेट हाराहारीमै सहज रुपमा छोरी सुभिकाको जन्म दर्ता गरेँ । सचिव सबिता बास्तोलाबाट थाहा पाएँ, पोखराको २९ वटा वडा मध्ये ४ वटामा महिला वडा सचिव छन् । केन्द्रमा लैगिक समावेशी देखिन थालेको नेपालको सरकारी संरचनाको स्थानीय स्तरमा पनि थोरै नै किन नहोस् महिला वडा सचिव पाउँदा धेरै खुशी लाग्यो । अझ सरकारी कार्यलय उर्जावान युवाहरुको हातमा देख्न पाउँदा मन यसै प्रफुल्लित हुँदो रहेछ । टचस्क्रिन मोबाईलमा पोख्त युवाहरु पुग्ने अधिकांश सरकारी कार्यलयहरु अाजसम्म पनि पूर्ण कम्प्युटर पद्दतीमा चल्न सकेको छैन । यतिबेला युवामा सरकारी सेवा प्रति नैराश्यता र वितृष्णा आउनु मैले स्वभाविक देखेको छु । बिस्तारै भोलिका दिनमा पूर्ण डिजिटलाईज सरकारी कार्यलय देख्न पाईन्छ भन्ने आश भने जागेको छ । मन भन्छ, जहाँ पुरुष मात्र हैन धेरै घरका छोरीहरु उच्च पदमा पुगेको देख्न पाउँ । लौरो टेकेर त्यहाँ पुग्दा उनीहरुले भनुन, "बुवा तपाईले यहाँसम्म आएर दु:ख पाउनु पर्दैन । घरबाटै अनलाईनमा सेवा पाउन सक्नुहुनेछ ।"

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...