Skip to main content

कीर्तिपुरको यातायात


तपाइको समस्याको समाधान हामी खोज्छौं ।

समस्या:
समस्याको जालोमा छ कीर्तिपुरको यातायात सेवा । न बजारबाट सहज रूपमा कीर्तिपुर जान सकिन्छ न कीर्तिपुर बाट बजार । कार्यलय चल्ने र छुट्ने समय विहान र साँझ परेपछि त गाडीभित्रका मान्छे र गुन्द्रुकमा फरक सायदै होला । साँझमा बाटैमा अलपत्र परिने समस्यापनि नआउला भन्न सकिन्न । या गाडी पाईदैन, पाएपनि खुट्टा राख्ने ठाउँहुँदैन् । सिट पाउने त भाग्यमानी नै हुन । समाउने डण्डीमात्र उक्कियो भने झुण्डेका मान्छे विद्यार्थी नेताहरूले राजनीतिक कुरामात्र ध्यान दिन्छन् । विद्यार्थीका यस्ता समस्यामा चासो राख्दैनन् । व्यवसायीहरू पनि व्यापारमा मात्र चाख राखेर सेवामा कम चासो दिए जस्तो पाइएको छ । सहज  रूपमा यात्रा गर्न कहिले पाइएला ?

नरेन्द्रराज तिवारी
खासीबजार
कीर्तिपुर काठमाडौं
उत्तर १ः
यहाँ समस्या छ, त्यो हामीले पनि महसुस गरेको र सुनेको कुरा हो । हामप्सँग ६८ वटा साना गाडी (हाईस) छन् । हाम्रा ६ वटा हाईस पांगा सम्म पुग्छन् । प्रत्येक तीस सेकेण्डमा हाम्रा गाडि कीर्तिपुरबाट छुट्छन् ।
यहाँ समस्याको चाङ नै छ । एक त जामले गर्दा गाडी धेरै पटक फस्ने गर्छन बाटैमा । त्यसकारण यात्रु दोबाटोमा थुप्रिने गर्छन । गाडी समयमा नआएको गुनासो यहाँबाट  पनि सुरू हुन सक्छ । बल्खु, कालिमाटी, त्रिपुरेश्वर रत्नपार्कमा कहि न कहि जाम परिहाल्छ दैनिक ।



अर्को कुरा हाईस सानो भएकाले धेरै मान्छे अटाउन गाह्रो हुन्छ । त्यसले पनि समस्या थपेको हुन सक्छ । यसैले हामी थप पाँच गाडी ल्याउँदै छौं । भाडादर हामीले प्रत्यक गाडीमा टाँसेको भएपनि सानो सानो कुरामा बिबाद निस्केकाले पनि यात्रुको गुनासो हुन सक्छ । उल्लेखित भाडादर तिरिदीनु भयोभने यो समस्या पनि टर्दथ्यो ।
समस्याकै कुरा गर्दा अर्को पनि छ । हाम्रा केही ड्राइभर साथीहरू विदेश जाने चलन बढेको छ । राम्रो चालक खोज्दा केही समय गाडीहरू चल्न पाउँदैनन् । यो विदेशीने समस्या सबैको समस्या हो, यसलाई पनि बुझ्दिनु भए हुन्थ्यो । अन्त्यमा यहाँको सुझावको सधै अपेक्षा गरेको छु । धन्यवाद !
सिद्धिमान महर्जन
अध्यक्ष
कीर्तिपुर मिनीबस सेवा समिति
उत्तर २ः
–समस्या हामीले महसुस गरिरहेका छौं । त्यसको निराकरणको लागि पनि हाम्रो प्रयास जारी छ । हामी सँग अहिले ११ वटा ठूला गाडी छन् । यात्रुहरूको सास्ती बुझेर हामीले तीनवटा टाटा मिनीबस थप्दै छौं । आश छ समस्या समाधान हुनेछ ।
बाबुकृष्ण महर्जन
अध्यक्ष
कीर्तिपुर यातायात सेवा समिति
उत्तर ३ः
हाम्रो गाडी एक त कम छ । जम्मा २३ । त्यसमाथि ग्यासबाट चल्ने हाम्रा गाडीका लागी ग्यास पाउँन निक्कै कठिन छ । त्यसकारणले ग्यासको अभावमा केही गाडी थन्कीन सक्छन् ।नत्र त हाम्रो यातायात नियमितै चलेको छ । बरू हाम्रा साना गाडीको सट्टामा हाइस भित्राउन दियो भने यात्रुलाई धेरै सुबिधा दिन सक्थ्यौं ।
महेश डंगोल
अध्यक्ष
कीर्तिपुर सानो माइक्रो व्यवसाय समिति

उत्तर ४ः
विद्यार्थीको यो समस्या म सभापति हुनु अगावै उठाउँदै आएको हुँ । हामीले यातायात व्यवसायीसँग छलफल चलाउँदै पनि छौं । कार्यलय समयमा गाडी थप्नका लागि उहाँहरू सकारात्मक हुनुहुन्छ ।
अर्कोसमाधान भनेको त्रिविले आफै यातायात संचालन गर्ने हो । दश वटा गाडी विद्यार्थी ओसार्नेकाममा त्रिविले चलाउनु पर्छ । यसको प्रस्तावना हामीले तयार पारीसकेका छौं । प्रशासन पनि सकारात्मक नै छ । स्रोत खोज्ने काम भैरहेको छ । यो वर्ष भित्रै यस्तो सुविधा सुरू हुनेमा म विश्वस्त गराउन चाहन्छु ।
हिमाल शर्मा
सभापति
स्वतन्त्र विद्यार्थी युनियन
त्रिभुवन विश्वविद्यालय, कीर्तिपुर
(Published in Nagarik National Daily, 2010)

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...