Skip to main content

स्वास्थ्यक्षेत्रमा महिला



समसेरगाज गावीस- बैजनाथपुरकी खगीसरा तामाङ्गले महिला स्वास्थ्य स्वयं सेवीकाको काम छाडेको धेरै भएको छैन आफ्नो उमेरको झण्डै एक दशक समय स्वास्थ्य सेवाको निम्ति खर्चेकी उनको उमेरले भने आधा श्ाताब्दी काटीसकेको उमेरले डाँडा चुम्ने बेलामा उनको आँखाले अल्लि कम देख्न थालेको भने बोलीसुन्दा भने उनीलाइ अझै टाठी छिन भन्न मील्छ पहिला पहिला गाउँडुल्दा हातमा स्वास्थ्य चौकीले थमाइदेको रेकर्ड फाइल सँग सँगै केहि औंषधिहरु खेलाउँदै हिड्ने उनीलाइ अहिले के गर्नु हुन्छ भन्ने मेरो प्रश्नमा घरमै नाती खेलाएर बस्छु भन्दै मज्जाले हाँसीन
उनीले यो क्षेत्रलाइ छाडीन तर बाँके जील्लामै अहिले सातसय पचासका हाराहारीमा उनका सहकर्मीहरु काम गरिरहेका छन् उनीहरु मातृशीशु स्वास्थ्य,एचआइ भी एड्स भिटामीन पोलीयो थोपा गर्भवती तथा सुत्केरी महीलाको स्हार परिवार नीयोजन लगायतका पच्चीस भन्दा बढी सेवाहरुका बारे जानकारी प्रदान गर्न तथा सेवाहरु प्रदानमा सहयोग गर्न अहोरात्र खटिएका छन

बाँकेमा मात्र नभएर नेपालका अधिकांश जील्लाहरुमा स्वाथ्य क्षेत्रमा सर्वसाधारणको पहुँच पुर्याउनका निम्ति महिला स्वाथ्य स्वयं सेवीकाहरु अरु कर्मीहरुसँगै हात बटार्दै लागि परेका छन् । खगिसरालाइ याद  दुइहजार बाउन्न सालताका हेल्थपोष्टबाट हेपो आएका व्यक्तीहरुले गाउँभरिबाट जम्मा पारेका पन्ध्रजना महिलाहरु मध्य उनीलाइ नै यो कामका लागि चुने त्यतीबेला सबै भन्दा फुस्रदीलो देखेर नै उनीहरुले आफुलाइ योग्य ठानी कोहलपुरमा पन्ध्र दिने महिला स्वास्थ्य स्वयं सेवीकाको तालीममा खटाए पढाइ लेखाइका नाममा आफ्नो नाम मात्र लेख्न जान्ने उनीले बाँकेका धोरपुर, हवल्दारपुर, गीतापुर बैजनाथपुर गावीसहरुका घरघरै गएर सेवा दिन भ्याइन पढाइ लेखाइ भनेपछि श्रीमान पनि उस्तै आफु पनि उस्तै आफुले दिएका सेवाहरुबारे रेकर्ड फाइल भर्नका निम्ति भने उनीले कहिले छोराछोरीलाइ गुहार्न पर्दथ्यो कहिले आफन्तलाइ कामका दौंरानमा बिहान सबेरै घर बाट निस्केर बेलुका सबै सुतेपछि ढोका ढकढकाउँनु परेको पनि याद उनीलाइ तपाइले पढ्न लेख्न सक्नुहुन्न अब छोड्नु पर्छ भनेर हेपोका ले भने पछि उनीले लौं भनेर हेपोमा राजीनामा बुझएपछि चट्टै कामको माया मारीन आइजा भनेथे गएँ छाड भनेपछि छाँडेर आएँ उनका निर्दोष आँखाले यइ भनिरहेका थिए

नेपाली स्वास्थ्यको क्षेत्रमा यति लामो समयसम्म खट्टिने खगिसराले के पाइन साठीसाल हेपोले हो वा अन्य संघसंस्थाले हातमा थमाइदीएको एकसरो धोती अनि बर्षमा आकल झुकल एकदुइ पटक हुने गरेको तालीमामा पाएको खाजा खर्च त्यत्ती हो अब तलब दिन्नथे सेवानै धर्म हो भन्दै यत्रो वर्ष काम गरंे',उनीले ङ्ीच्च हाँस्दै भनिन यत्रो वर्ष सम्म काम गराएपछि धेरै तालीमहरुका अवसर सँगसँगै हामी जस्ता अनपढलाइ पढाइ दे भा' नी हुन्थ्योनी उनी दुख पोख्छीन तर उनका दुख उनीलेनै बुझीन बुझ्दीनु पर्ने निकायले कहिल्यै बुझीदिएन

खगसिरा मात्र हैनन विगत सात बर्ष देखि महिला स्वास्थ्य स्वयं सेवीकामा काम गर्दै आएकी पुष्पा शाहीको दुखेसो पनि यस्तै स्वास्थ्य क्षेत्रमा दिनदिनै नयाँ नयाँ जानकारीहरु आएका हुन्छन सात वर्ष अगाडि लिएको तालीमले के नाप्थ्यो त्यसैले आवश्यक तालीम सँग सँगै स्वास्थ्य सेवा सम्बन्धी प्रर्याप्त पाठ्याक्रमहरु उपलब्ध गराए पढ्न सक्ने आफै पढेर नयाँ कुराहरुबारे जानकारी लिनेथिए अब नसक्नेले छोराछोरी आफन्तलाइ पढ्न लगाएर सुन्ने थिए उनीले मलीन स्वरमा यसै भन्दै थिइन के कारणले हो उनीहरुको आवाज नसुनीएको भन्ने प्रश्नमा महिला स्वास्थ्य स्वयं सेवीका हकहीत संगठनकी केन्द्रीय महासचिव नारायणी रुपाखेतिले महिला माथी सदिऔं देखि लाद्दै आएको हेपाहा प्रवृती अझै नमेटीएको जीकिर गर्छीन विगत बिस वर्षको अथक प्रयासबाट नेपालका महिला स्वयंसेवीकाहरुकै प्रत्यक्ष प्रयासबाट नेपालको मातृमृत्युदर शीशु मृत्युदर उलेख्यमात्रामा घटेको दावी गर्ने उनीले आफुहरुको समस्याको बेलैमा सुनुवाइ हुनु पर्नेमा जोड दिन्छीन

अन्य सँगसँगै मुस्लीम समुदायमा स्वास्थ्य सेवा तथा परिवार नीयोजनका बारे जानकारी पुर्याउँन अग्रसर बाँकेकै नुर जाँ तारा खाँ लाइ पनि सरकारी रबैयामा चित्त दुखेको गावीसका महिला स्वास्थ्य स्वयंसेवीकाहरुलाइ मन्त्रालयले आफ्नो मातहतमा दर्ता गरेको भएपनि नगरका महिलाहरुलाइ भने अझै दर्ता गरिएको छैन उनीहरुको भनाइमा स्वास्थ्य मन्त्रालय उनीहरुलाइ तिमीहरु स्थानीय मन्त्रालयका हौं भनेर पन्छीने स्थानीय मन्त्रालयले भने तिमीहरु स्वास्थ्य मन्त्रालयका हौं भनेर वास्ता नगर्नाले यस्तो भएको हो

https://blogger.googleusercontent.com/img/b/R29vZ2xl/AVvXsEiR6V4fk6FU1ZR4EnDmwgvKUSR7OJH3E3SL2_RVZZBShQFYPyO08zQ75uw8rE4fdQCRzHQbYUghI8bmtK7ys4a8eL8jco-T4keDS64YRNyju_mOgC_KAtNMbYaaCLU8D4u_wLHwC2OxXWe8/s320/Bagnulng-2064+%25282%2529.jpg
नेपालका अधिकांश गाम्रीण भेगका घरदैलोमा प्रत्यक्ष रुपमा स्वास्थ्य सेवा पुर्याउँने बाहकका रुपमा चिनीनॆ्र यी महिलाहरु देश भरि लाखौंको रुपमा छरिएर रहेका छन तुलनात्मक रुपमा कामको जीम्मा अनुसार यीनीहरुलाइ प्रयाप्त तालीम सुवीधा उपलब्ध गराइएको मासीक तलबको व्यवस्था नै अकल झुकल हुने गरेको तालीमका बेला प्रदान गरिने भत्ता पनि अत्यन्त न्युन रहेको यसै क्षेत्रमा धेरै बर्ष काम गरेकी बाँकेकी बिनिता आचार्यको दाबी

महिला स्वाथ्य स्वयं सेवीकाले नेपाली स्वास्थ्यको क्षेत्रमा पुर्याएको सेवालाइ उच्च सम्मान गर्नु पर्नेमा लक्ष्मीपुर हेपो दाङ्गमा कार्यरत सी.अहेब प्रदीप सुबेदी जोड दिन्छन यस्तै सीराहाका डा.जामुन प्रसाद सिङ्गको भनाइमा महिला स्वास्थ्य स्वयं सेवीका लगायतका अन्य स्वाथ्य क्षेत्रमा लागेका एच अहेब अनमी मासीका आदीलाइ क्षमता वृद्धीका अवसरहरु ज्यादै न्युन रुपमा रहेको त्यसलाइ बढाउँनु पर्ने बताउँछन नेपालको अन्तरीम संवीधान दुइहजार त्रीसठ्ठीले आधारभुत स्वास्थ्य सेवालाइ नागरीकको मौंलीक अधिकारको रुपमा उल्लेख गरेतापनि ति उल्लेखित शब्दहरुले न्याय पाउन सकिरहेका छैनन तिनै शब्दहरुलाइ धेरथोर न्याय दिन कस्सियका यी महिलाहरु पनि आफै अन्यायमा परेका छन यीनीहरुको नाममा सरकारले ठूलो रकम खर्च गरेका भएपनि त्यसमा पार्दशीता नभएको यी महिलाहरुको गुनासो सत्तालिप्सामा लागेर हरदिन इलेक्टोनीक तथा छापा माध्यमहरुको प्रमुख समाचार बन्ने हाम्रा भलाद्मी नेताहरुले यीनीहरुको गुनासामा न्यायोचित सम्बोधन गरिदीय उनीहरुले न्याय पाउँने थिए नै सँग सँगै त्यसले पनि एक दिन समाचारमा प्रमुखता पाउँने थियो कि
(Letter to Editor in Kantipur-2008 - भवसागर घिमिरे)



Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...