Skip to main content

काउकुती लाग्दो, यौवनका कुरा

–भवसागर घिमिरे

गुच्चा खेल्दा साथीका गुच्चा यसरी फुटाइन्थ्यो की, झगडै पथ्र्यो । धेरैले मेरो कुटाइ खाए ।

Photo : Mega Bank Photo Competition, Kathmandu 2011, winner
केटाहरूले जिस्काउँदा निक्कै रिस उठ्थ्यो र रमाइलो पनि लाग्थ्यो । राम्री केटीसाथीलाई धेरै केटाहरूले जिस्काउँथे मन पराउँथे, मलाई भने निक्कै डाहा लाग्थ्यो । 

सानैमा सधैं भात पकाउने, भैसीलाई घाँस काटेर हाल्ने काम मैले गर्नु पर्ने । कहिले काहीँ त यति रिस उठ्थ्यो की भैसी फुकाएर म पनि त्यसैका पछि पछि घर छाडेर भागुँ झै लाग्थ्यो ।

कुरकुरे वैषमा, स्कुल पढ्दा, जुन केटी देखेपनि राम्री लाग्ने । कुनै केटीसँग हात मिलाएँ भने त्यो दिन मेरो सबैभन्दा मिठो दिन हुन्थ्यो ।

कसैको जीवनसँग मेल खाएमा माथीका कुराहरू संयोग हुने छैनन् । हुन पनि हामी माझ धेरैका बाल्यकाल र यौवन अवस्था यस्तै यस्तै घटनाक्रमहरूसँगै बितेका छन् । कथा मीठो सारङीकोका लागि नयाँ नाटक लेख्न सुरु गर्ने बेलामा विषय नै ‘बाल्यकाल र यौवन अवस्थामा आउने विभिन्न परिवर्तन, समस्या र समाधानका बाटो’ परेको थियो । 

नयाँ कथा सुरु गर्दा कहाँबाट सुरु गरुँ भन्ने ध्याउन्न सधैं हुँदो रैछ । यसपाली बाल्यकाल र यौवन अवस्थाका बारेमा कथा बनाउनु पर्ने भएकाले पहिला आफ्नै मनमा भएका पुराना तर मिठा काउकुतीहरूलाई एक पटक फेरि सम्झने मौका पाइयो । बाल्यकालका रमाइला पल र यौवन अवस्थाको रोमान्ससँगै भोगेका तनावहरूका बारेमा बिचार मन्थन सुरु भयो । 
आफूले सम्झे र बुझेका कुरा बुँदागत रुपमा उतारेपछि हाम्रो नाटकका गतिबिधीलाई इन्टरनेटबाट संसार घुमाउने साथी कमलकुमार, नाटकले उठाएका र छुटाएका विभिन्न मुद्दालाई रेडियो म्याग्जीन मार्फत उठाउने साथीद्वय रोजीता र भानुसँग उनीहरूले बुझेका र भोगेका कुराहरूका बारेमा भलाकुसारी सुरु भयो । 
नाटक रेकर्ड र पोष्ट प्रोडक्सनमा सहयोग गर्ने साथीहरू शिरिष विक्रम थापा अनि प्रकाश घिमिरेका बाल्यकाल र युवाअवस्थाका कुरा पनि कम्ता रोचक थिएनन् । दिलुको भुमिकामा नाटकमा आउने प्रकाश गन्धर्वले आफू गाउँ डुल्दाका कुरा सुनाएर कथामा नयाँ पाटा थप्ने बाटाहरू दिए ।  
नाटक उत्पादनका विभिन्न पक्षमा नजिक रहेर सहयोग गर्ने सृष्टिराजभण्डारी अनि लेख्दा लेख्दै अड्किएका र लेखिसकेपछि चित्त नबुझेर घोत्लिएका बेलामा सधैं अदृश्यरूपमा नाटकका दृश्य कल्पना गर्न सघाउने साथीद्वय खगेन्द्र र सिवानीसँग पनि रमाइला कुराकानी हुन थाले । हामीले लेखेका कुराहरूलाई नाट्य रुपान्तरण गर्दा रोचक बनाउन सधैं सल्लाह सुझाव दिने नाटक सम्पादक फियोना लेजरसँगको छलफलले पनि मैले कोर्न थालेको कथालाई नयाँ मोडहरू दिन मद्दत गर्दै थियो ।

‘अम्बा चोर्न जाँदा म रुखमै थिएँ, साथीहरू भागिसकेछन्, रुखबाट हत्तन पत्त झर्न खोजेकोे त बागबानीका पालेदाइकै अगाडी हाम फालेछु’
‘फिल्म हेर्न जानलाई पैसा दिन्न भन्नु भयो, म त चोरेरै भएपनि गएँ । फिल्म हेर्न जत्ति मजा आयो साँझ घर फर्कदा त्यो मजा सबै आमाको चुट्इ खाँदा बिर्सिएँ ।’
‘सबैले यो केटीले तिमीलाई धेरै हेर्छे भन्थेँ, हो त हो त्यही गलफ्रेन्ड जस्तो लाग्यो । के गर्नु ८ वर्षको त थिएँ नी ।’
यस्ता यस्ता कुराले हाम्रो छलफललाई मात्र रोचक बनाइरहेको थिएन कथाका दृश्य पनि बुन्दै थियो । बाल्यकाल र युवा अवस्थाका पलका बारेमा फेसबुकमा राखिएका प्रश्नमा आएका उत्तरहरू, श्रोताले हामीलाई पठाउनु भएका एसएमएस, इमेल र पत्रहरूमा उठाइएका मुद्धाहरूलाई पनि केलाउन थालिसकेका थियौं हामीले । कार्यलय भित्रै अन्य समुहका साथीहरूको बिचारलाई पनि अब एकठ्ठित गर्न सुरु गरियो ।

‘मेरा केटी साथीमात्र धेरै थिएँ, कसैले त केटी नै होस् क्या भनेर जिस्काउँथे’
‘पहिलो पटक महिनावारी हुँदा मरुँला झै भाथ्यो’
‘साथीले हस्तमैथुन गरेर देखायो, म त हेरेको हे¥यै भएँ,’
‘पहिलो पटक प्रेम पत्र पाउँदा मैले स्कुलको ट्वाइलेटमा गएर हेरेँ । मेरो जिउ लुगलुग काम्यो ।’
‘मलाई एक जना केटाले जिस्काएको थियो । मैले बालाई भने, बाले सरलाई । केटोको सातो गयो ।’

यस्तै यस्तै कुराहरूले सबैलाई बाल्यकाल र यौवन अवस्था सम्झाइ राखेको थियो ।

केही स्कुले विद्यार्थी र शिक्षकसँगको भेट अनि पहिला पहिलाका नाटकका पात्रहरूसँगको फोन सम्बादले अझ धेरैकुराहरू बाहिर ल्यायो । समुहमा पढ्ने नाममा साथीकहाँ गएर लुकी लुकी ब्लु फिल्म हेर्ने, स्कुलमा मोबाइल लुकाएर लैजाने र पोर्न तस्बिरहरू हेर्ने, केटी वा केटाका विषयमा झगडा गर्नेमात्र हैन रिस उठे शिक्षक पिट्न समेत पछि नपर्ने घटनाहरू हामी माझ आए । डन्डिफोर आउँदा होस् या जुंगा आउँदाहोस्, शरिरमा आएको परिवर्तनका बारेमा अनभिज्ञहुँदाको तनावहरू पनि धेरै सुन्न पाइयो । अझ पहिलो पटक महिनावारी हुँदाको पिडा, नाइटफल हुँदाको उत्सुक्ता, पढाइको तनाव, घर व्यवहारको झमेलाबारे सुनेका र भोगेका कुराले बाल्यकाल र युवाअवस्थालाई निक्कै नै राम्ररी नियाल्न सहयोग पु-यायो । 

‘सरले स्कुलमा मोबाइल खोस्दिनु भयो । धन्न मैले त्यहाँ भएका न्याकेड फोटाहरू र अश्लिल भिडियो पहिल्यै डिलेट गरेको थिएँ ।’
‘स्कुलबाट फर्कदा मेरा झोलामा सधैं झार, ढुंगा र फोहर कागज हुन्थे, साथीहरूले हेप्न पनि यसरी हेप्थे भने ।’
‘पढेन भनेर घरमा जहिल्यै कराउने, मेरो पालो भात खान्न भनेर हिन्दिन्थेँ ।’
‘मैले म भन्दा ठूला केटाहरूलाई पनि पिड्दिन्थेँ, त्यसैले कोही पनि मसँग निहुँ खोज्न आउँदैन्थ्यो ।’
‘बा को दाह्री फाल्ने मेसिन चोरेर मैले जुँगा काटेँ । दुई दिन त राम्रै भाथ्यो, पछि भने यसरी जुँगा आउन थाल्यो कि म अत्तालिएँ ।’

कुराकानी कति रसिला भए त कति हँसिला । जति झगडा गरेपनि, जति मिले पनि ‘बाल्यकाल निक्कै रमाइलो र सम्झना योग्य थियो,’ सबैमाझ भएका छलफलको निचोड यहि बन्यो । यौवन अवस्थामा गरेका कुरा सम्झदा अझै पनि हामीमाझ धेरैलाई काउकुती लाग्थ्यो, मिल्थ्यो भने सबै जना त्यहीँ फर्कन्थे होला । यसरी समयको सुइ उल्टो घुमाएर पहिलाको उमेरमा फर्कन नसकेपनि यी सबैका सम्झनाहरूले प्रिती र प्रमोदको कथालेख्न मलाई निक्कै सहयोग पु¥यायो । अब यहि नाटक ‘प्रिती र प्रमोदको कथा’ (ददअलभउबष्मिचबmब।अयm) ले यहाँहरू सबैको सम्झनालाई ताजा राख्ने छ भन्ने मैले आश लिएको छु । जो यहि पलहरू भोग्दै हुनुहुन्छ, उहाँहरूले नाटक कथा मिठो सारङ्गीको अनि सारङ्गीको भलाकुसारी सुनिसकेपछि के ठिक र के बेठिकबारे पनि एकपटक सोच्नु हुनेछ भन्ने हाम्रो विश्वास छ । प्रतिक्रिया पाउने अपेक्षा सहित, यहाँसम्म पढ्नुभएकोमा धन्यवाद । 
sagarbhaba@gmail.com

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...