Skip to main content

बालिका बलि दिएको स्वीकार

भवसागर घिमिरे, काठमाडौं, फागुन ११- रुपन्देही मझगाउँमा घाँटी रेटी हत्या गरिएकी दलित परिवारकी आठ वर्षीया मनिषा हरिजनलाई आफूले इँट्टाभट्टामा बलि दिएको आरोपी नेवास पालले स्वीकार गरेका छन्।
झाँक्रीको काम गर्ने पालले इँट्टाभट्टाका मालिक वीरेन्द्र जैसवालको निर्देशनमा बलि दिएको प्रहरीलाई बताएका छन्। 'मैले जैसवालकै आदेशमा बलि दिएर इँट्टाभट्टामा चढाएको हुँ,' पालको भनाइ उद्धृत गर्दै जिल्ला प्रहरी कार्यालय रुपन्देहीका एसपी छविलाल बन्जाडेले नागरिकलाई टेलिफोनमा बताए। गत मंसिर १९ गते बिहान मनिषाको शव घाँटी रेटिएको अवस्थामा इँट्टाभट्टादेखि तीन सय मिटर उत्तरतर्फ भेटिएको थियो। जानकारी पाएलगत्तै अधिकारकर्मी घटनास्थल पुगेका थिए। इँट्टाभट्टाको चुलो वरिपरि रगतका टाटा, फूल, नरिबलका खपटा, अगरबत्ती भेटिएको जागरण एफएम रुपन्देहीका पत्रकार दिनेश हरिजनले बताए।
स्थानीय प्रहरी चौकीले सो घटना दर्ता गर्न मानेको थिएन। अधिकारकर्मीले जिल्ला प्रशासन कार्यालयमा दबाब दिएपछि मात्र प्रहरीले मुद्दा दर्ता गरेको थियो। हत्या आरोपमा झाँक्री पाल र उद्योगका मालिक जैसवाललाई प्रहरीले पक्राउ गरेको छ। उनीहरूसँगै इँट्टाभट्टा कामदार नरेश हरिजन र भारतका बलिकरण राजवाल पनि पक्राउ परेका थिए। सबै आरोपीलाई पुर्पक्षका लागि थुनामा राखिएको एसपी बन्जाडेले बताए।

झाँक्री पालले मालिक जैसवाललाई मानव बलि दिए इँट्टाभट्टा उद्योग नाफामा जाने आश्वासन दिएको हुनसक्ने एसपी बन्जाडेले बताए। इँट्टाभट्टा क्षेत्रमा भेटिएको रगतको टाटा मानिसको हो कि हैन भन्ने परीक्षण गर्न मंसिर २५ गते केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालामा पठाइएको छ। प्रयोगशालाले माघ १८ गते परीक्षणको विस्तृत रिपोर्ट रुपन्देही प्रहरी कार्यालयमा पठाइसकेको प्रतिष्ठानका एसपी प्रभाकर शाहले बताए। रिपोर्ट आएको तीन साता बिते पनि प्रहरीले सार्वजनिक गरेको छैन।
'हामीलाई परीक्षण रिपोर्टबारे कुनै जानकारी छैन,' महिला अधिकारकर्मी किरण पन्थीले टेलिफोनमा भनिन्। एसपी बन्जाडेले भने रिपोर्टमा परीक्षणका लागि पठाइएको नमुना मानिसको रगत नभएको उल्लेख भएको जानकारी दिए। पन्थीले भनिन्, 'यो रिपोर्ट आममानिसको आँकलन विपरीत आएको छ। यसमा फेरि छानबिन हुनुपर्छ।'
पालले बालिकालाई इँट्टाभट्टामा चढाएको स्वीकार्नु, इँट्टाभट्टा आसपासमा रगतजस्तो देखिने टाटा भेटिनु, तर रिपोर्टमा मानिसको रगत होइन भन्ने उल्लेख हुनुले घटना रहस्यमय भएको अधिकारकर्मीको भनाइ छ। केन्द्रीय प्रहरी विधि विज्ञान प्रयोगशालाका एसपी शाहले भने पुनः परीक्षणका लागि नमुना राष्ट्रिय विधिविज्ञान प्रयोगशाला, खुमलटारमा लैजान सकिने प्रतिक्रिया दिए। उनले भने, 'हामीसँग पूर्ण टेक्नोलोजी भए पनि पर्फेक्ट नहुन सक्छौं। अरु नमुना ल्याउन सकिने अवस्था भए वा पहिला परीक्षण गरिएको नमुना सुरक्षित भए परीक्षणका लागि फेरि खुमलटारमा पठाउन सकिन्छ।' आरोपीले बालिका हत्या गरेको स्वीकार गरेकोले हत्यामा संलग्न व्यक्तिहरूलाई कारबाही गरिने जिल्ला प्रशासन कार्यालयका रूपन्देहीका एसपी बन्जाडेले बताए।

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...