Skip to main content

हामी के फर्सी हो ?

Photo : Tek Narayan Bhattrai

साइकलमा उँधो मुन्टाइएका
ब्वाइलर कुखुराहरु झै भएका छौं
कौसीमा झुण्डाइएका पाकेका
फर्सीहरु झै भएका छौं
बोटको टुप्पोमा फलेका
दिन पुगेका मेवाहरु झै भएका छौं
भिर भिरै खेद्दै कुदाइएका
अबोध भेडाहरु झै भएका छौं
साइकलबाट झर्न सक्छौं
कौसीबाट खस्न सक्छौं
बोटबाट गिर्न सक्छौं
भिरबाट लड्न सक्छौं
ए ड्राइभरहरु हो झ्याप्प ब‍े‍क नहान गाडीको
हाम्रो जिन्दगीमा ब्रेक लाग्न सक्छ

ट्युव भर्नका निम्ति बनाइएका
हावा झै भएका छौं
ढुङ्ग्रोमा कोचिनका लागि बनाइएका
गुन्द्रुकहरु झै भएका छौं
मिक्स्चरमा पिसिनका लागि बनाइएका
गोलभेडाहरु झै भएका छौं
कोलमा थिचिनका लागि बनाइएका
निबुवाहरु झै भएका छौं
ट्युव फुट्न सक्छ
ढुङ्ग्रो चिरिन सक्छ
मिक्स्चर टुट्न सक्छ
कोल फुट्न सक्छ
ए खलासीहरु हो नधकेल
हामीलाई भित्र भित्रै
हाम्रो उमेर धकेलिन सक्छ

लट्टाई अरुको हातमा सुम्पेर उड्ने
चङ्गाहरु झै भएका छौं
बिजुली जोडेपछि मात्र चल्न सक्ने
पङ्खाहरु झै भएका छौं
बाध्यताले पहरामा चढ्न खोज्ने
लहराहरु झै भएका छौं
सबै खाँबाहरु मकाएका
पुराना टहराहरु झै भएका छौं
धागो चुँडिन सक्छ
बिजुली छुट्टिन सक्छ
लहरा बजारिन सक्छ
टहरा भत्किन सक्छ
ए खलासीहरु हो
नखाँद हामीलाई भित्र भित्रै
मृत्यु भित्र हाम्रो
जिन्दगी खाँदिन सक्छ ।

पिठ्युमा पहाड बोकेर
विद्यालयतिर लम्किरुका हुन्छौं हामी
हातमा ढड्डा बोकेर
अड्डातिर तम्सिरहेका हुन सक्छौं हामी
कोही केटाकेटी कोही बूढाबूढी
यात्रामा तरुण तन्नेरी थरिथरिका
सबै एकोहोरो टोलाएर आ-आफ्नै संसार
कल्पिरुका हुनसक्छौं
पिठ्यु लस्किन सक्छ
हात मर्किन सक्छ
सास हराउन सक्छ
संसार बिलाउन सक्छ
ए ड्राइभरहरुहो तिब्र गतिमा
नचलाउ गाडीहरु
हाम्रो जिन्दगीको गति रोकिन सक्छ


(भवसागर घिमिरे 2065)

Comments

  1. यथार्थको मार्मिक चित्रण |

    ReplyDelete

Post a Comment

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...