Skip to main content

सुइऽऽऽयँ झ्याप्प !

भवसागर घिमिरे
सुइऽऽऽयँ झ्याप्प । नमस्ते म साइकल । तिमी हिड्ने खुट्टा म गुड्ने पांग्रा । तराइको सम्मबाटोमा पनि कुद्दिन्छु । डाँडैडाँडा पनि हिड्दिन्छु । साँगुरो बाटोमा पनि छिर्छु । सम्म र ओरालोमा म तिमीलाई बोक्छु । ठाडो पहाड तिर चढ्न खोज्यौं भने तिमीले मलाई बोक्नु पर्छ । तिमीले मेरो पेडलमा बल लगाएनौ भने म हिड्दिन क्यारे । ओहो हतार पो भयो बाइबाइ गएँ है !



ल साइकल त गयो । उसले भन्नै भुल्यो कि हामीले रिक्सा चलाउन पनि आफ्नै बल लगाउनु पर्छ । गाडा तान्न पनि आफैं नै तम्सनु पर्छ । सामान बोक्ने गाडा क्या बयल गाडा होइन नी । बयल गाडालाई त गोरु राँगोले तान्छ । तराइमा देखेका हौंला नि तिमीले बयल गाडाले त गाडाले भन्दा पनि धेरै गह्रौं भारी बोक्छ ।

हुन त मान्छे पनि त भारी जस्तै गह्रौं हुन्छ नी । जिउ कति भारी हुन्छ है मान्छेको पनि मान्छेलाई एक ठाउँबाट अर्को ठाउँमा लैजाने साधन पनि हुन्छन नी जनावरले तान्ने खालका ।
खच्चड गधाले तान्ने साधन देखेका छौं दुई पांग्रे क्या त तराइ तिर देखिने । हो टाँगा बल्ल चिन्यौं भारी त चौंरी भेडा गधा खच्चडले पनि बोक्छन् । अब भने तिमीले बुझे जस्तो छ । म दुर्गम पहाडी र हिमाली भेगको कुरा गर्दैछु । त्यहाँ गाडी सररर गुड्ने राम्रा सडक पुगेका छैनन् । साँघुरो उकालो ओरालो बाटोमा जनावरले नै सामान बोकेर लैजान्छन् । के गर्नु तिमी हामीले ठूलो भारी टाढा सम्म बोक्न गाह्रो हुन्छ नी त ।

झण्डै भुलेको साना जहाज हेलिकप्टर पनि त पुग्छन् नी हिमाली भेगमा । मान्छे र सामान तिनले पनि बोक्छन् । हिउँनै हिउँ हुने ठाउँमा त स्नो मोबाइल स्नो मेसीन र स्लेड पुल पनि कुद्छन् । स्लेड पुललाई त कुकुरले तान्छ । यसको चलन विकसीत देशमा बढी देखिन्छ ।

पहाडी भेगमा झै हिमाल तिर ठूला बस टेम्पो ट्याक्सी पुर् याउन गाह्रो छ । शहरमा गुड्ने ट्रक जीप डम्फरलाइ पनि दुर्गम पहाडी र हिमाली भेगमा पुग्न गाह्रो पर्छ । अँ तिमीले याद गरेका छौं बाटो खन्ने क्रममा डोजर चाहिँ जान्छ नी त्यता तिर । कस्तो भिरै भिरमा पुग्छ है त्यो त पक्की सडक सुविधा नभएका र यी यातायातका साधन नबनाएका भए हामीलाई कति गाह्रो हुन्थ्यो होला है अहिले त पानी भित्र पनि पनडुब्बी जहाज चल्छ । पानी माथि डुंगा पानी जहाज तैरन्छन् । जमिनमा टेम्पु मोटरसाइकल तथा जनावरले मान्छे तथा अन्य भारी ओसार्छन् । हावामा बतास्सिने प्यारासुट रकेट जस्ता साधन पनि बनेका छन् । अझ बालुवामा पनि कुद्ने साधन बनाइएका छन् ।

सुइऽऽऽयँ झ्याप्प ! नमस्ते छलफल सकियो म फेरि आएँ नी ! मलाई कुदाउन त पेडलमा बल लगाउने बस कुदाउन चाहिँ कहाँ बल लगाउँछन् त त्यसको पनि पेडल हुन्छ की सोच्दै गर है अब त म फर्केर आउँदिन् । बाइबाइ !

लौं फर्केर आको साइकल त गइ हाल्यो । अचम्मैको कुरा पो गर् यो त यसले । हुन पनि हो बसको पेडल देखेका छौं तिमीले छैनौ ए अनि कसरी कुद्छत बस् मोटरसाइकन नी अँ ठिक भन्यौं डिजेल पेट्रोल बिजुली सोलार आदिबाट चल्छन नी । तर जनावरहरुलाई भने अन्न खुवाउनु पर्छ नी हैन त खच्चडको पनि साइकलका झै पेडल हुने भए कस्तो हुन्थ्यो होला हाँसो उठ्दो कुरो है !

सुइऽऽऽयँ झ्याप्प । हा हाऽऽऽ फेरि साइकल आयो भनेर झुक्किएको त हैन नि । ऐले त मैले जिस्काएको पो त । अब तिमीले नै सोच्ने पालो आयो क्या । यि सबै साधनहरु नभएको भए हामीलाई के के अफ्ठ्यारो पथ्र्यो होला सोच्दै गर ल !

यातायातका साधन र तीनका उधाहरण

जनावर आफै : गधा खच्चड घोडा भेडा हात्ती उँट ।
मान्छे आफै : भरिया
जनावरले तान्ने : बयलगाडा गाडा टाँगा
मान्छेले तान्ने : साइकल ठेला रिक्सा ह्वीलचियर
हावामा चल्ने : प्यारासुट हवाइजहाज रकेट
पानीमा चल्ने : जहाज पानी जहाज डुंगा
रेलरोड बनाएर चल्ने : ट्रेन केबलकार
इन्धनले कुद्ने : मोटरसाइकल बस ट्रक
मेसिनले लैजाने : इलेक्ट्रीक भर् याङ लिफ्ट बक्स

(नागरिक जूनकीरीमा प्रकाशित)

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...