Skip to main content

´बालबालिकाका लागि एक आवाज´



भवसागर घिमिरे, काठमाडौं-

´साथीहरू सबैले पढ्न, खेल्न पाउनुपर्यो, स्कुल बन्द हुनु भएन। सरमिसले कुट्नु भो भने दिक्क लाग्छ, यत्ति नै।´
आफुअघि तेर्सिएका अनेकन आँखा र क्यामेरामाझ यो छोंटो मन्तव्य दिने बालिका थिइन् पारूल राई। दर्शकलाई भावुक बनाउनेगरी थोरै शब्दमा धेरै अभिव्यक्ति दिएकी घरेलु श्रमिक राईलाई तालीको गढगडाहटद्वारा धेरैले प्रशंसा गरे।

कार्यक्रम थियो, नेपालमा कार्यरत ´सेभ द चिल्ड्रेन´ का विभिन्न समुहहरूको एकिकरण समारोह। ´बालबालिकाका लागि एक आवाज´ नाराका साथ नेपालमा कार्यरत सेभ द चिल्ड्रेन युएस, नर्वे, युके, स्विडेन, न्युजिल्याण्ड, फिनल्याण्ड, कोरिया, इटाली, अष्ट्रेलिया, जर्मन तथा जापानको एकिकरण भएको बुधबार औपचारिक घोषणा गरियो।

कार्यक्रममा महिला बालबालिका तथा समाजकल्याण मन्त्री रामचरण चौधरीले भने, ´एकिकरणले बालबालिका क्षेत्रमा अझ प्रभावकारीरूपमा काम गर्न सहज बनाउनेछ।´

बाल स्वास्थ्य, शिक्षा र सुरक्षा क्षेत्रमा थुप्रै चुनौति रहेको औल्याउँदै चौधरीले सिमान्तकृत बालबालिकाका पक्षमा वकालत गर्न सबैलाई आह्वान गरे।

नेपालमा मात्र नभएर भुटानमा कार्यरत समुह पनि एक भएका छन्। विभिन्न देशमा कार्यरत ´सेभ द चिल्ड्रेन´ समुह सन् २०१२ सम्म एक ढिक्का हुने लक्ष्य रहेको कार्यक्रममा जानकारी दिइयो।

´हामीमाझ धेरै राजनीतिक, धार्मिक विभेद छन्´, युनिसेफका पूर्व उप-कार्यकारी निर्देशक कुलचन्द्र गौतमले भने, ´तर धेरै कुरामा विवाद गरे पनि बालबालिकाका मुद्धामा सबै एक ढिक्का बन्नुपर्छ।´

सेभ द चिल्ड्रेनका लागि नेपालका लागि नवनियुक्त निर्देशक गुनार एन्ड्रर्सनले ´बच्चाका हँसिला मुद्रा हेर्न पाउनु सबैभन्दा खुसिको क्षण´ भएको बताए। ´हामी अझ प्रभावकारी रूपमा लाग्नेछौं,´ एन्ड्रर्सनले उत्साहित मुद्रामा भने, ´बालबालिकाका पक्षमा गर्न पर्ने धेरै काम बाँकी छन्।´

अन्तराष्ट्रिय सेभ द चिल्ड्रेन एलाएन्स १२० देशमा कार्यरत २७ राष्ट्रिय संस्थाको सञ्जाल हो। बालबालिकाका लागि यो संस्था तीन दशकदेखि नेपालमा कार्यरत छ।


´बालबालिकाका लागि एक आवाज´

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...