Skip to main content

किन्न नपाइने पुस्तक प्रदर्शनी



भवसागर घिमिरे
काठमाडौं, मंसिर २४

तपाईं मजदुर आन्दोलनसँग जोडिएका पुस्तकको खोजीमा हुनुहुन्छ वा वातावरणीय न्यायबारे प्रकाशित सामग्री? कि मानव अधिकारसम्बन्धी जान्न खोजिरहनुभएको छ? पुस्तकका निम्ति पसल र संघसंस्थापिच्छे धाउँदा दिक्क लागेको हुन सक्छ। त्यसो हो भने एउटा मौका आउँदैछ।

विभिन्न गैरसरकारी संस्थाले प्रकाशित गरेका पुस्तकको प्रदर्शनी मंसिर २६ देखि ३० सम्म राष्ट्रिय सभागृह, काठमाडौंमा हुँदैछ। हिमाल एसोसियसन र मार्टिन चौतारीले आयोजना गर्ने ´वैकल्पिक पुस्तक प्रदर्शनी´ मा २८ प्रकाशकले भाग लिनेछन्।



प्रदर्शनीमा आयोजक संस्थासँगै इसिमोड, रुम टु रिड, इन्सेक, डब्लुडब्लुएफ, रिड नेपाल, जिफन्ट, फेकोफोन आदि पनि सहभागी हुनेछन्। प्रदर्शनी बिहान १० देखि ५ बजेसम्म खुला रहने आयोजकले जानकारी दिएका छन्।

कामको सिलसिलामा गैरनाफामूलक प्रकाशकहरुले विभिन्न विषयमा पुस्तक प्रकाशन गरिरहेका छन्। मार्टिन चौतारीका अनुसन्धानकर्ता कृष्ण अधिकारीका अनुसार यस्ता प्रकाशनले ज्ञान निर्माण र विस्तारमा सघाइरहे पनि पसलमा पाउन गाह्रो छ। ´त्यसैले यो प्रदर्शनी उपलब्धिमूलक हुने अपेक्षा गरेका छौं´– उनले भने।

प्रदर्शनीमा पुस्तकका अलावा अप्रकाशित प्रतिवेदन, जर्नल, पत्रिका, बुलेटिन पनि उपलब्ध हुने हिमाल एसोसिएसनका बजार व्यवस्थापक बासु सिलवालले बताए। प्रदर्शनीबाट यी संस्थाले कस्ता सामाजिक मुद्दामा काम गरिरहेका छन् भन्ने बुझ्न सजिलो हुने उनको भनाइ छ।

´गैरसरकारी संस्थालाई डलरको खेती भनेर आरोप लगाउने गरिन्छ। यो वाक्यको मुल्याङ्कन गर्न उनीहरुका कामबारे जान्नु जरुरी छ´, मार्टिन चौतारीका मिडिया अध्येता शेखर पराजुली भन्छन्– यो प्रदर्शनी त्यस्ता संस्थाले चालेका अभियानमा अन्तरसंवाद गर्ने अवसर पनि हो।

२०६२ देखि आयोजित यो प्रदर्शनी २०६४ मा भने हुन सकेन।

2008-12-09 17:56:23

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

सम्झनामा जहाजका तस्बिर मात्र

हिजो जहाज दुर्घटनाको समाचार थाहा पाए पछि निक्कै खल्लो लाग्यो ।    नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज   हो भन्ने थाहा पाए पछि मैले आफूसँग भएका यात्राका फोटोहरू पल्टाउन थाले । पछि थाहा पाएँ यो त्यही जहाज थियो जसले मलाई  कुनै बेला  नेपालगञ्जबाट जुम्ला र मुगुबाट नेपालगञ्ज सुरक्षित ल्याउन सघाएको थियो ।     म २०६७ को वैशाख ११ गते  यो जहाजमा  नेपालगञ्जबाट जुम्ला उडेको थिएँ । बीबीसी मिडिया एक्सनको रेडियो कार्यक्रम उत्पादनको शिलशिलामा । जहाज उडेर जुम्ला ल्याण्ड नगरे सम्म पुगिन्छ भन्ने टुंगो हुँदैन्थ्यो । उडानहरू खराब मौसमका कारण बीच बाटोबाटै फर्केका पनि धेरै उदाहरणहरू थिए । त्यसैको केही महिना पछि (अषाढ १ गते ) सीता एरलाइन्सबाट नेपालगञ्ज देखि जुम्ला उडेका हाम्रो टोली बीचबाटो बाटै पुनः नेपालगञ्ज फर्केको थियो, खराब मौसमका कारणले । केही दिन कुरेर ४ गते उड्दा मात्र हामी सकुशल जुम्ला अवतरण गर्न सक्यौं । जहाजमा पहाड तीरको यात्रा गर्दाको अनुभव निक्कै रोमाञ्चक अनि डरलाग्दो थियो त्यती बेला । पहिलो पटक जुम्ला, कर्णाली जानु । पहिलो पटक नेपाल एरलाइन्सको ज...