Skip to main content

डाँफेको सफल उडान

2008-12-07 16:20:34

भवसागर घिमिरे
काठमाडौं, मंसिर २२
पुल्चोक इञ्जिनियरिङ कलेजका विद्यार्थीद्वारा निर्मित सानो आकारको जहाज ´डाँफे´ ले शनिबार पोखरामा सफल उडान गरेको छ।
स्वदेशमै निर्मित पहिलो जहाज हेर्न पोखरा विमानस्थलमा लागेको उत्सुक दर्शकको भींडलाई रोमाञ्चित पार्दै रसियाली पाइलट अलेक्जेन्डर म्याक्सिमोभले चारपटक उडान भरेका थिए।
दुई सिट क्षमताको उक्त तीन पाङ्ग्रे जहाज हरेक उडानमा डेढ किलोमिटर दूरी पार गर्दै झन्डै एक मिनेट आकाशमा रहेको प्रत्यक्षदर्शी समुन्द्रले पौडेलले बताए। उनका अनुसार हरेकपटक जहाजले भुँइ छाड्दा विमानस्थलभित्र बाहिर बसेका दर्शकले ताली पिटेका थिए।
टोली प्रमुख विकास पराजुलीले डाँफे निर्माणका लागि दुई वर्ष लागेको बताए। ´उडानको स्वीकृति लिन झन् धेरै दौडधुप गर्नुपर्योउनले टेलिफोन सम्पर्कमा दैनिकीसँग भने, ´आज उडाइ छाड्यौं।´
´डाँफे´ निर्माणको अनुसन्धानमा उनीसँगै पुल्चोक इञ्जिनियरिङ्गका रमेश रानाभाट, गणेशराम सिंकेमान, बाबुराम खरेल, अनिल महर्जन, प्रशान्त मल्ल, रविन्द्र श्रेष्ठ दिपेश पोख्रेल गरी आठजनाको समूह खटिएको थियो।



Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

सम्झनामा जहाजका तस्बिर मात्र

हिजो जहाज दुर्घटनाको समाचार थाहा पाए पछि निक्कै खल्लो लाग्यो ।    नेपाल वायुसेवा निगमको ट्वीनअटर जहाज   हो भन्ने थाहा पाए पछि मैले आफूसँग भएका यात्राका फोटोहरू पल्टाउन थाले । पछि थाहा पाएँ यो त्यही जहाज थियो जसले मलाई  कुनै बेला  नेपालगञ्जबाट जुम्ला र मुगुबाट नेपालगञ्ज सुरक्षित ल्याउन सघाएको थियो ।     म २०६७ को वैशाख ११ गते  यो जहाजमा  नेपालगञ्जबाट जुम्ला उडेको थिएँ । बीबीसी मिडिया एक्सनको रेडियो कार्यक्रम उत्पादनको शिलशिलामा । जहाज उडेर जुम्ला ल्याण्ड नगरे सम्म पुगिन्छ भन्ने टुंगो हुँदैन्थ्यो । उडानहरू खराब मौसमका कारण बीच बाटोबाटै फर्केका पनि धेरै उदाहरणहरू थिए । त्यसैको केही महिना पछि (अषाढ १ गते ) सीता एरलाइन्सबाट नेपालगञ्ज देखि जुम्ला उडेका हाम्रो टोली बीचबाटो बाटै पुनः नेपालगञ्ज फर्केको थियो, खराब मौसमका कारणले । केही दिन कुरेर ४ गते उड्दा मात्र हामी सकुशल जुम्ला अवतरण गर्न सक्यौं । जहाजमा पहाड तीरको यात्रा गर्दाको अनुभव निक्कै रोमाञ्चक अनि डरलाग्दो थियो त्यती बेला । पहिलो पटक जुम्ला, कर्णाली जानु । पहिलो पटक नेपाल एरलाइन्सको ज...