Skip to main content

देवकोटाका कृतिमाथि चौतारीमा चर्चा



भवसागर घिमिरे, काठमाडौं, पुस ६

के देवकोटाका कविता प्रदर्शनकारी चेतनाबाट प्रभावित भएका छन्? उनले नेपाली साहित्यमा कस्तो संस्कृति अघि सारे? उनी र उनका कृतिलाई वर्तमान परिप्रेक्ष्यमा नयाँ पुस्ताले कसरी हेर्ने?
´हरेक विषयलाई फरक प्रस्तुति र शैलीमा कवितामा उतार्ने क्षमता देवकोटामा थियो,´ मार्टिन चौतरीद्वारा आइतबार साँझ आयोजित ´पुस्तकमा युवा सरोकार´ विषयक छलफलमा यसको उत्तर खोज्दै त्रिभुवन विश्वविद्यालय, केन्द्रीय अंग्रेजी विभागका शिव रिजालले भने।
´पाठकलाई पट्यार हुन नदिन उनले प्रायः कविताका हरफैपिच्छे अनेक मोडहरू दिएका छन्। क्यामराले भ्याउन नसक्ने दृश्य बोकेर उनका कविता प्रस्तुत हुन्छन्।´

रिजालका अनुसार प्रचुर मात्रामा प्रदर्शनकारी चेतना बोकेका उनका कविता शरिरको संवेगमा कम्पन उत्पन्न गराउने खालका छन्। ´पागल´, ´एक सुन्दरी वेश्या´, ´चमार´, ´यात्री´, ´गधा बोल्छ´ आदि कवितामा उनले प्रदर्शनकारी विचारलाई स्थान दिएका छन्।
विभागका पुष्पराज आचार्यले ´देवकोटा भन्नेबित्तिकै पहिला अगाडि आउने´ बताए। ´पछिल्लो समय देवकोटा मानवतावाद, प्रगति तथा उदारवाद र अन्त्यमा आध्यात्मवादबाट प्रेरित भएर रचनामा तल्लीन भएको पाइन्छ,´ उनले भने।
कृतिहरूमा विभिन्न जातजाति तथा धर्म समेट्दै उनले सीमान्त समूहका मान्छेका पक्षमा पनि कलम सार्न भ्याएका छन्। देवकोटालाई वर्तमान परिप्रेक्ष्यमा नियाल्दा तत्कालीन समयको आँखाबाट पनि चियाउनुपर्नेमा जोड दिँदै आचार्यले देवकोटा सामाजिक, राजनीतिक तथा सांस्कृतिक पक्षलाई फरक ढङ्गबाट व्यक्त गर्न माहिर रहेको बताए।
आचार्यका अनुसार जीवनको पछिल्लो समय देवकोटाले एकतन्त्रीय शासनको विरोधमा पनि कलम चलाएका थिए। उनका रचनामा भारतीय स्वतन्त्रताको आन्दोलनका पक्ष पनि झल्किन्थ्यो। नेपाललाई बाहिरी विश्वसँग परिचित गराउन उनले अंग्रेजीमा पनि लेख्न सुरु गरेका थिए।
लक्ष्मी प्रसाद देवकोटाको शतवार्षिकीका सन्दर्भमा आयोजित उक्त छलफलमा अभि सुवेदीले केही साहित्यकारले देवकोटालाई नेपालका शेक्सपियरको संज्ञा दिएको बताए। उनका अनुसार ´देवकोटालाई बुझ्न मुनामदनमात्र पढेर हुँदैन, उनका सबै कृतिमा आँखा डुलाउनुपर्छ।
भाषा मिलोस् नमिलोस् देवकोटा नेपाली, हिन्दी, अंग्रेजी, संस्कृत सबै मिसाएर आँधीजस्तै तीव्र गतिमा कविता लेख्थे। उनको त्यो गतिलाई भाषाको परिधिले थेग्न सक्दैन्थ्यो।´
देवकोटाले अढाइ महिनामा शाकुन्तल महाकाव्य, चार दिनमा मुनामदन, रातभरमा कुञ्जिनी खण्डकाव्य लेखेका थिए।
- 2009-01-14 18:16:31

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...