Skip to main content

रङसँगको प्रेम




-भवसागर घिमिरे
ठाउँअनुसार फागु पूर्णिमा, होली, फागुवा, होरी जे नाम दिए पनि होली निकै प्रचलित पर्व हो। वसन्त ऋतुको आगमनसँगै आपसी मेलमिलाप र सद्भावको सन्देश लिई आउने यो पर्व फागुन शुक्ल पूर्णिमामा मनाइन्छ।

होलीबारे हिन्दुशास्त्र
- सत्ययुगमा दैत्य हिरण्यकश्यपुकी बहिनी होलिकाले ब्रह्माबाट आगोले छुन नसक्ने वरदान पाएकी हुन्छिन्। दाजुको आज्ञाअनुरूप विष्णुभक्त भदाहा प्रह्लादलाई मार्ने उद्देश्यले दन्किरहेको आगोमा पस्छिन् होलिका। प्रह्लादलाई आगोले कुनै असर पार्दैन तर त्यस आगोबाट होलिका स्वयं भष्म हुन्छिन्। यसरी शक्तिको दुरुपयोग गर्ने होलिका भष्म भएको उपलक्ष्यमा होली खेल्ने परम्परा रहेको मानिन्छ।
– द्वापर युगमा कंशले बालक कृष्ण भगवानको वध गर्न राक्षसनी पुतनालाई पठाएका हुन्छन्। कृष्णलाई आफ्नो विषाक्त स्तनपान गराउन लाग्दा भगवानको शक्तिका कारण पुतनाले आफैं प्राण त्याग गर्नुपरेको घटना हिन्दुशास्त्रमा पढ्न पाइन्छ। त्यसै मृत शरीरलाई जलाएर त्यति बेलाका गाउँलेहरूले खुसीमा फागु उत्सव मनाउन सुरु गरेको धार्मिक मान्यता छ।

रङको पर्व

हिन्दु बाहुल्य नेपाल र भारतमा मात्र नभएर अमेरिका, स्लोभाकिया, अफ्रिका, चीनलगायत विश्वका अन्य देशमा पनि रङको पर्व मनाउने गरिन्छ। म्यानमारमा टिगुला, फ्रान्समा गाचो, चीनमा च्वेज, अफ्रिकामा बोया, अमेरिकामा होवो, स्लोभाकियामा बेलियाकोनेन्से, जर्मनीमा कार्निवाल, पोल्यान्डमा असिना, जापानमा दे मोन्जी ओकुरिबी, इटलीमा रेडिका पर्वका नामले रङ खेलिन्छ। यो परम्पराले रङसँगको मानव प्रेम प्रस्तुत गर्ने विश्वास गरिन्छ।




द्वापर युगमा राधाकृष्णले खेलेको होली सम्झाउन मथुरा वृन्दावनमा खेलिने होलीमा महिला र पुरूषबीच लाठी नाच गर्ने परम्परा छ।

कामको सिलसिलामा साउदी अरब, कतार, मलेसिया, संयुक्त अरब इमिरेट्स, कोरिया, हङकङ पुगेका नेपालीमाझ पनि होली विशेष रूपले मनाइन्छ। त्यस्तै नेपालमा रहने विदेशी पनि यो पर्वमा उत्तिकै रमाउने गर्छन्।

२००७ सालअघि नारायणहिटी राजदरबार र सिंहदरबारमा देशका उच्चपदस्थ कर्मचारी, सैनिक, राज खानदानका उच्च व्यक्ति तथा राजपरिवारसँगै तिनका नातेदारबीच होली जम्ने गर्थ्यो। यसका लागि दरबारबाट उर्दी नै जारी हुन्थ्यो।

यसै अवसरमा जनकपुरमा औंसीको दिनबाटै १५ दिने मिथिला परिक्रमा यात्रा सुरु हुने र फागु पूर्णिमामा जनकपुरमै आएर सम्पन्न हुने गर्छ।

सञ्चार माध्यमको विकासले पछिल्लो समय होलीलाई टोलटोलमा पुर्‍याएको छ। रेडियो, टेलिभिजन, पत्रपत्रिका, इन्टरनेट आदिमा होलीको झल्को दिने गीतसंगीत, लेखरचना, फोटो, चलचित्र आदि प्रसारित तथा प्रकाशित हुने गर्छन्। यसैबेला सहरी क्षेत्रमा आयोजना हुने सांगीतिक कार्यक्रम, डान्स पार्टीजस्ता जमघटले होलीको गर्मी झन् बढाउने गर्छ।

होलीमा आयात गरिएका पिचकारी, लोला, रासायनिक पदार्थ तथा हानिकारक तत्व मिश्रित विभिन्न रङका नाममा देशको ठूलो रकम विदेशिएको छ। यस्ता सामग्री विशेषतः छिमेकी मुलुक भारत तथा चीनबाट बढी मात्रामा आयात हुने व्यापारीहरू बताउँछन्।

संस्कृति आफैंमा नराम्रो हैन। यसलाई मनाउने गलत तरिकाले मान्छेमा संस्कृतिप्रति वितृष्णा जगाएको छ। एकआपसमा चिनजान हुने, सम्बन्ध विस्तार हुने यो अवसरलाई सकारात्मक रूपले उपयोग गरौँ। सबैलाई होलीको शुभकामना!


रङसँगको प्रेम

सम्बन्धित सामग्री

यसमा तपाईंको प्रतिक्रिया
कार्टुन राम्रो लाग्यो।
ramhari thapa ramhari_thapa@yahoo.com


होली गीत
― गङ्गाराम गड्तौला
रमाइलो त गर्नैपर्छ एकबारको चोला
बाटो हिँड्ने बटुवालाई नहान है लोला।

आफू―आफैँ खेल्नुपर्छ खेल्ने भए होली
राम्रा–राम्रा तरुनीका नभिजाऊ चोली।

अर्कालाई रुवाएर आफू हाँस्नु हुन्न
तिमीलाई त्यसो गरे तिम्रो मन रुन्न?

विकृति र विसङ्गति कति चाँडो सिक्या
हेर–हेर खल्तीबाट किन बेलुन झिक्या?

कहाँ जाने, कति काम गर्नुपर्ने होला
रुँदै छ कि मनभित्र कति पीर होला।

बाटो छेकी युवतीका मुख किन ताक्या
के गरेको तिमीलाई छैन लाज लाग्या?

बेसोमत, नकचरो, अलच्छिनी मोरो
आफ्नै दिदीबहिनीलाई हिर्काउनु नि बरु।

भन्न थालिन् मुख छोपेर रुँदै धुरुधुरु
के बोलेकी होली मैयाँ जाऊ न खुरुखुरु

महिला र केटीहरू बाहिरै ननिस्कनू
अपरिचितसँग कोही पनि नजिस्कनू।

होली खेल्ने स्वतन्त्रता सबैलाई छ है
अर्काको स्वतन्त्रता हनन नगर है ।
Ganga Ram Gadtoula n.gadtoula@yahoo.com

Comments

Popular posts from this blog

लुते प्रशासन,लुरे लोकतन्त्र

प्रशासन लुतेकुकुर जस्तो भएको छ । नारा लगाउँदै हिडेका चार जना बन्दकर्ताहरूलाई गाडी सहित आएको दश जना पुलिसहरूले पहरा दिइराखेका थिए । उनीहरू भर्खरै मेरो कोठा अघिल्तिरबाट गए । ती चार जनाको डरमा यहाँ वरपरका चालीस भन्दा बढी सटरहरू ह्वार ह्वारति बन्द गरिए । न यो देश ती नाइके कहलिएकाहरूले कमाएका थिए, न उनीहरूको नुन खाएर हामी तंग्रिएका थिषैं । जुनसुकै पाटी किननहोस्, तिनीहरूलाई बन्द गर्ने अधिकार छैन र हामीलाई हामीले तिरेको करले बनाएको बाटोमा खुलेआम सवारी साधन चलाउने अधिकार छ । पसल खोल्ने अधिकार छ । व्यापार गर्ने अधिकार छ । तर खै अधिकारको सुरक्षा ? यहाँ त कुर्ची जोगाउनका लागि दलाल, घुसखोरी, दादागीरी चन्दागीरी र झण्डागिरी गर्नेहरूको मात्र सुरक्षा हुन थालेको छ । मेरो देशमा लोकतन्त्र आएर के भो त ? 

एउटा खाली पाना

  एउटा खाली पाना जसमा कोरिन सक्थ्योे करौडा तालीका कविता एउटा खाली पाना जसमा बन्न सक्थ्योे अरबौं बिम्बका चित्र जबरजस्ती आगोमा फालियो एउटा खाली पाना जसले काँधमा थाप्न सक्थ्यो यो देशको भविष्य भर्खरै खरानी भयो एउटा खाली पाना एउटी निर्मला एउटी पुष्पा एउटी माया तपाई कै छोरी, दिदी,  बहिनी, चेली उहि, एउटा खाली पाना ।

हजुरबा र हजुरआमा नाटक खेल्दा

- भवसागर घिमिरे  ‘ हिमालै चुली त्यो पारी नि पट्टी गाइमर्यो रोगैले रक्सीको पुइनी दाजु र नि बुइनी भेट भयो जोगैले ’ भारतीय पूर्व सैनिक बिर्खबहादुर गुरुङले गाएको यो गीत जस्तै हाम्रो पनि जोगैले उनीसँग ताप्लेजुङमा भेट भएको थियो। ७० वर्षे बिर्खबहादुर उमेरले बुढो भएपनि उनको जोश हेर्न लाएकको थियो । नाटकमा भाग लिन उनी कलाकार छनौटको प्रक्रियामै केही महिना अघि फुङलिङ आएका थिए।   ‘ सर मलाइ त खासै बोल्न आउँदैन नि हो ,’ खित्का छाँडेर हाँस्दै उनले पहिलो भेटमा भने , ‘ छनौंटमा भए भइएला , नभए ठिकै छ । ’ यति भनेपछि उनी फेरि मरीमरी हाँसे । हाँस्दा उनका रसिला आँखा झनै उजेला देखिन्थे । उनको यो हाँसीमजाक गर्ने बानी । रसिलो पारामा पुराना गीतका टुक्काहरू गाउन सक्ने क्षमता । यिनै कुराले उनलाई बिजुलीको कथामा अभिनय गर्ने मौका मिल्यो । गाउँका बिर्ख बाजे नाटकमा ' पच्चिस बाजे ' भएर झुल्के । पच्चिस उनको पल्टनको स्टाफ नम्बर थियो , नाटकमा । नाटक कथा मीठो सारंगीकोलाई यस्तै-यस्तै वास्तविक जीवनका कलाकारले जीवन्त बनाएका छन् । उनले जीवनमा कहिल्यै कुनै नाटकमा भाग लिएका थिएनन् । तर उनैले अरू कुनै अ...