Skip to main content

Posts

श्रम स्विकृति लिन तीन घण्टा उभिँदा...

भवसागर घिमिरे जेष्ठ ३०, २०७३- केही वर्षअघिको कुरा । मेरा एक फुपूका छोरालाई साउदी अरबबाट नेपाल फर्केपछि  काठमाडौं खुब घुम्न मन लागेछ । रत्नपार्क जान्छु भने । कामको व्यस्तताले म साथै जान सकिनँ । दश मिनेटको पैदल दुरीमा रहेको शान्तिनगर, नयाँ बानेश्वरबाट गाडी चल्छ चढेर जानुहोला भनेँ । साँझ मात्र थाहा भयो रत्नपार्क हिंडेका उनी भक्तपुर पुगेछन् । कारण, ‘रत्नपार्क’ लेखेको गाडी देखेर चढिहालेछन् जुन गाडी रत्नपार्कबाट फर्केर भक्तपुर जाँदै थियो । थकथक लाग्यो, उनलाई मैले बाटो पार गरेर मात्र गाडी चढ्नु भन्न पथ्र्यो । त्यसपछि उनी विदेश जाने फर्कने शिलशिलामा जति पटक काठमाडौं आउँछन् मैले विशेष ध्यान दिने गरेको छु, समस्यामा नपरुन भनेर । उनले साउदी अरबमा काम गर्न थालेको लगभग दुई दशक भैसक्यो । विगत डेढ दशकदेखि उनी रियादस्थित एक कन्स्ट्रक्सन कार्यलयमा कार्यालय सहायकको रुपमा काम गर्छन् । मुख्य काम चिया पकाउने र बाँड्ने हो । ४ सय चानचुन रियालबाट काम सुरु गरेका उनको अहिलेको तलब विभिन्न भत्ता जोडेर लगभग ११ सय रियाल छ । नेपालीमा ३० हजार चानचुन । तलब नबढाउने बरु भत्ता बढाउने गर्दा कम्पनीलाई फाइदा हुन्छ । य...

बूढीगण्डकीमा कुदृष्टि !

प्रकाश गौडेल/भवसागर घिमिरे ,  जेष्ठ ७, २०७३- वैशाख दोस्रो साता भारतका अधिकांश हिस्सामा तापक्रम ४० डिग्री सेल्सियस नाघेपछि करिब ३३ करोड मानिस खडेरीको मारमा परेको खबर विश्वभर फैलियो । अन्तर्राष्ट्रिय समाचार संस्था बीबीसीका अनुसार पूर्वी राज्य उडिसामा विद्यालयहरू बन्द गरिएका थिए । चर्को खडेरीकै कारण हाल भइरहेको इन्डियन क्रिकेट प्रिमियर लिगका फाइनलसमेत गरी १३ खेल महाराष्ट्रबाट अन्तै सार्न मुम्बई उच्च न्यायालयले फैसला गर्‍यो । उत्तर प्रदेशको काकोरी जिल्लाको एक गाउँभरिका ट्युबवेलहरू सुक्दा बालीनाली विनाश भएको भारतीय सञ्चार माध्यमले प्रसारण गरे । उता प्रचण्ड गर्मीको तातो तावामा भारत पाकिरहेको थियो । यता गोरखाको आरुघाट बजारलाई पनि सँगै बगेको बूढीगण्डकीको चिसो पानीले चिस्याउनसकेको थिएन । यही नदीमा प्रस्तावित जलविद्युत आयोजनाको बहसले वायुमण्डलीय तापक्रमलाई मात खुवाउँदै थियो । आरुघाटले सायदै बुझेको थियो, पुरै गाउँ उठाएर बनाउन लागिएको यो आयोजनाबाट आफूलाई चिस्याउन भारत पर्खिरहेको छ । बूढीगण्डकीको बिजुली कथाभित्र लुकेको पानी राजनीति के छ त ? हामी यसैको चर्चा गर्दैछौं ।

सलाईले बोलाइ

Sketch: Krishana Gopal Shrestha/Kantipur जेष्ठ २, २०७३- कोठा निक्कै अँध्यारो थियो । केही चलेको आवाज सुनियो । टेबलको घर्रा उघारियो । ‘ओइ उठ्न,’ सलाईले मैन बत्तीलाई उठाउन खोजी । मैनबत्ती भर्खरै निदाएको थियो । उसले उठ्न मन नलागेझैं गर्‍यो । फेरि कोल्टो परेर सुत्यो । सलाईले मैनबत्तीलाई झकझकाई, ‘उठ् रे के, आर्जनले भनेको ।’ आर्जनको नाम सुनेपछि मैनबत्ती जीउ तन्काउँदै उठ्यो र सोध्यो, ‘के भो ?’  ‘उज्यालो चाहियो रे, आर्जनलाई ट्वाइलेट जानुपर्‍यो,’ सलाइले भनी । ‘बिजुली बाले भैहाल्यो नि,’ मैनबत्तीले टार्न खोज्यो । त्यसैबेला छामछुम गर्दै ५ वर्षे आर्जन नजिकै आयो, ‘बिजुली नै छैन, लोडसेडिङ छ । टर्चलाइटको पनि चार्ज सकिएछ क्या ।’  उसको कुरा सुनेर मैनबत्तीले सोध्यो, ‘तर तिमीले सलाईको काँटी कोर्न जानेका छौ त ?’ मैनबत्तीको कुरा सुनेर आर्जनले जानिहाल्छु नि भन्ने जवाफ दियो । सलाईले बल्ल होस पाई, ‘साँच्चि हो त, आर्जनले भुलेर सानो गल्ती गर्‍यौ भने त खत्तमै हुन्छ १’ मैनबत्तीले पनि कुरा थप्यो, ‘म बलेपछि यता उता लडें भने के गर्ने नि ?’ ‘लडेर के हुन्छ त ? म उठाइहाल्छु नि,’ आर्जनले सजि...

‘समाज सेवाले मीठो निद्रा”

 -भवसागर घिमिरे बेलायती सैन्य सेवामा लगभग साढे चार दशक बिताएका ७२ वर्षे मेजर चन्द्रबहादुर पुन सन् २००१ मा नेपाल फर्के । विश्वका ठूलाठूला युद्ध साम्य पारेर थकाइ मार्न उनी देश फर्कंदा नेपाल भने ‘जनयुद्ध’मा फसिसकेको थियो । सशस्त्र द्वन्द्वको भु्रंगोका बीच भएको दरबार हत्याकाण्डले देशको राजनीतिक माहोलमा यति धेरै नैराश्य मिसाइदिएको थियो कि देश फर्कनेभन्दा बिदेसिनेको लर्को बढ्दो थियो । लामो समयको विदेश बसाइ । त्यसमाथि विश्वका विभिन्न देशमा सैनिक सेवा गर्दाको अनुभव । बेलायती सैनिकमा गोर्खालीले पाउने माथिल्लो स्तरको पद, मेजरसम्म पुगेका पुन जीवनको पछिल्लो अध्याय विदेशमै विलासी जीवन बिताउन पनि सक्थे । तर उनी नेपाल फर्के अनि यहाँ सामाजिक सेवामा रमाउन थाले । पोखरामा सामाजिक क्षेत्रमा ऐले बिस्तारै चम्कन थालेका मेजर पुनलाई के कुराले बेलायतबाट नेपालतर्फ फर्कायो त ? जिज्ञासा मेट्न म उनलाई उनकै घरमा भेट्न पुगेँ ।

भगवान भेट्न अस्पताल

भवसागर घिमिरे  देवता नमान्ने म नास्तिक हैन। मानेर अहोरात्र मूर्ति पुज्ने आस्तिक पनि हैन। कहिलेकाहीँ मन्दिर जाँदा ईश्वरलाई नमन गर्छु। प्रसाद र पैसा मन्दिरबाहिर माग्नेमा चढाउँछु। त्यही बेला आफू जस्तै धेरै मान्छे भेट्दा खुसी लाग्छ। हामीभित्र अझै देवता जिउँदै छन्, ढुंगा बनेका छैनन्। हाम्रो यो गर्विलो सोचलाई अझै पनि न कुनै धर्मप्रचारकले डगाउन सकेका छन् न त भूकम्प जाँदा माछाले काँध फेरेको भन्दै भ्रम फैलाउनेहरूले नै हल्लाउन सकेका छन्। हुन त गएको वैशाखको भुकम्पले धेरै हल्लायो। हाम्रो घर हल्लायो। आँखाको डिल हल्लायो। खसाल्यो केही मोतीका दानाहरू र उघार्यो हाम्रो मनमा मानवताको आकाश। यसै सन्दर्भमा, वैशाख २९ को दोस्रो ठूलो झट्कालगत्तै मैले एउटा स्टाटस पढेको थिएँ, फेसबुकमा। लेख्ने उनै थिए डाक्टर भगवान कोइराला। अंग्रेजीमा लेखिएको त्यो स्टाटसको नेपाली भाव यस्तो थियो: ‘त्यो कस्तो दिन थियो... पहिलो ठूलो भूकम्पपछि हामी बिरामी स्याहारको सामान्य दैनिकीमा फर्कदै थियौं। मुटुको दुईवटा भल्भ फेर्नुपर्ने बिरामीको अप्रेसन गर्दैथिएँ म। त्यसैबेला दोस्रो ठूलो भूकम्प गयो, ७.३ रेक्टर स्केलको। हाम...

कान्तिपुर कोपिला

पहिलो पटक कान्तिपुरको कोपिलामा प्रकाशित भएको लेख कोठा सफा गर्दा भेटियो । कान्तिपुरको अनलाईन अर्काईभबाट भने हटाइसकेकाे रहेछ । सम्झनाको लागि ब्लगमा नराखिरहन सकिन् ।                                                                                                                 प्रकाशित मिति : २०६७ मंसिर २७

दुइ पृष्ठ कान्तिपुर

गत मंगलबारको कान्तिपुरको दृष्टिकोण र बिचार पृष्ठ (हेर्नुहोला) त्यस्सै साँझ नियालेर हेरें । एकानब्बे बर्षीय सत्यमायाले तिनदशकसम्म अल्झिएको मुद्दामा बल्ल न्याए पाएकोमा दृष्टिकोण पृष्ठको देवे्र कुनामा टुक्रुक्क बसेका नारायण वाग्ले खुसी देखिन्थे । सँग सँगै अलोकप्रीय अन्यायलय (भन्दा हुन्छ) लाइ लोकप्रीय न्यायलय (कैलेहोला?) बनाउनका निम्ति सकारात्मक कानुनी अभ्यास र प्रशासनीक सुधारको आवश्यकता पनि उनका कलमले औंल्याइरहेको थियो । त्यसैको दायाँ तर्फ तराइबाट संसदमा प्रतिनिधित्व गर्ने दलहरुले उठाएका मागहरुमा पाठकहरुले शब्दका तिर नचाइरहँदा तराइ, पहाड हिमाली, हामी सबै नेपालीको नारा घन्कीरहेको थियो । पत्रकै बिचमा छापीएको कार्टुनमा पनि अइलेको राजनैतिक परिस्थिति प्रतिबिम्वित भएको देखिन्थ्यो । दुइवटा म, मदनमणि र मोदनाथले अघिल्ला अंकमाहरुमा के लेखेछन कुन्र्नी  म’ बढी भो भन्दै केहि पाठकहरु गुनासो पनि गर्दैथे ।