Skip to main content

Posts

‘दुब्ला पातल संघ’

अफ ट्र्यक बालमन्दिरमा कुनै बेला चर्चामा थियो शिक्षकहरू माझ । म त्यसको साधारण सदस्या थिएँ । २०६१ सालको कुरा हो । भण्डारी (श्रीमणी) सर अध्यक्ष हुनुहुन्थ्यो । लामाचौरबाट आउने राजु सर पनि सदस्य । उनी पनि साधारणतया दुब्ला नै भएकाले साधारण सदस्य मानिएको थियो । यदि कुनै सदस्य मोटाउन थाल्यो भने उ स्वत सदस्यताबाट खारेजीमा पथ्र्यो । बरु झन दुब्लाउँदै गयो भने उ आजिवन सदस्य हुने सम्भावना रहन्थ्यो । केन्द्रिय सदस्यामा पनि लड्न पाउथ्यो । हामी बीच यस्तै सल्लाह थियो जसको त्यतीबेला स्कुल भरि हल्ला थियो । शिक्षक भए पछि भलाद्मी हुनु पर्छ । गमक्क परेर बस्नु पर्छ । चश्मभन्दा माथिबाट आँखा पल्टाएर हेर्न पर्छ । चर्को बोल्न पर्छ र बोली पिच्छे कड्किनै पर्छ । रमाइलो गर्नु हुन्न । यस्ता कुरा हाम्रो कुनै पनि शब्दकोशमा थिएनन् । त्यसैले क्यान्टिनमा खिर खाँदा होस्, या चिया बे्रकमा हामी ठट्टा गथ्यौं, संगठन विस्तार गर्नुपर्छ हामी दुब्लाहरूले । हामी माझ दुई निक्कै अग्ला र बलिया आसेपासे थिए, विवेक र केशब । साथीहरू सहकर्मी उडाउन भनेपछि निक्कै खप्पिस । त्यसैले त माहोल निक्कै रमाइलो हुन्थ्यो । हरेक कक्षा सकिएपछि अर्क...

म विधिको पक्षमा, तपाईं नि ?

भवसागर घिमिरे ‘तपाईं कुन पक्षको ?’ केही दिनअघि राजस्वले राजधानीका केही ‘कारखानामा’ छापा हान्नेबित्तिकै एक साथीले फेसबुक म्यासेजमा सोधिहाले । ‘विधिको शासन’ मैले उत्तर छोट्याएँ । ‍‍... दिमाग यहिँबाट घुम्न सुरु भो । यहाँ कुनै घटना हुनेबित्तिकै पक्ष विपक्षमा चर्काचर्की हुन थाल्छ । प्रहरीले पक्रियो भने पनि सोध्छ, ‘तपाई कुन पार्टीको ?’ पार्टीको हैन भने बल्ल अपराधबारे सोध्न सुरु गर्छ । सामान्य नागरिक पर्यो‍ भने सोध्नभन्दा उस्तै परे गोद्न सुरु गर्छ, राजनीति दलको रंगमा रंगियो भने । यहाँ गधा रंगिएर गाई बन्न सक्छ । डोकोमा दूध अडिन्छ । सूर्यलाई हत्केलाले छेक्न सकिन्छ। यातायात कार्यालयका दलालको घाँटीमा त कार्यालयले अस्थायी कार्डको दाम्लो बाँधेर चोख्याउन सक्छ भने राजनीतिको रंग त त्योभन्दा पनि कडा हुन्छ । यहाँ विधिको कम राजनीतिक दलहरूको शासन धेरै छ । सिन्डिकेटको शासन छ । तै पनि जनमत कहिल्यै यिनको कुशासनको पक्षमा छैन । जनमत कमजोर पनि हुँदैन । जनमत कहिल्यै व्यक्ति वा संस्थाको पक्षमा हैन, त्यसले गर्ने व्यवहारको पक्षमा छ र रहिरहन्छ । ढुंगा निचोरेर पानी निकाल्ने मात्र हैन, प...

पिनिमा साहिँलीको माइती सपना

एकपल्ट माइत सारो जान मन छ,' उनको रहर सुनेर म अचम्ममा परेँ। उनले माइत नदेखेको दुई दशक भन्दा बढी भइसकेछ। माइत भारतको ग्यान्टोक (गान्तोक)हो भन्ने थाहा थियो। तर यहीँ पर्छ भन्ने उनले बिर्सिसकेकी थिइन्। गइन्छ, गइँदैन? भेटिन्छ, भेटिँदैन? पाँचथर घुर्बिसे पञ्चमीकी ३६ वर्षे पिनीमा साहिँलीलाई बिहेपछिका २४ वर्ष एउटै प्रश्नले घोचिरह्यो, 'के म माइत जान पाऊँला?' ... २०६८ पुस। इलामबाट पक्की सडक हुँदै राँके बजार। त्यहाँबाट कच्ची सडकमा तीन घन्टा जीप चढेपछि उनको घर आइपुग्थ्यो। सुन्दा 'माइता जाने' सानो सपना पालेर बसेकी पिनिमा साहिँलीलाई यो नै अब जिन्दगीको सपना भइसकेको थियो। पिनिमा साहिँली नामले गाउँमा चिनिने उनको खास नाम भने भीमा हो। माइती थर आचार्य, घरको चेम्जोङ। 'भीमा आचार्य चेम्जोङ भो,' लिम्बू गाउँकी यी बाहुनी साहिँलीले हाँस्दै भनिन्। पिनिमाको अर्थ लिम्बू भाषामा बाहुनी रहेछ। बाहुनी साहिँली, डाँडाघरे, सिक्किमे साहिँली। गाउँमा उनलाई धेरै नामले चिन्थे। माइत जानु। बाबा–आमासँग बेस्कन अंगालेर रुनु। तीजमा छमछम नाच्नु। दिदीबहिनी–दाजुभाइसँग मच्चिई–मच्चिई गफिनु। सानो छँदाका गोट्ट...

देश गज्जबको छ

पटुकी कसेर भोकै खेतमा निस्कन्छन् यहाँका खेतालाहरू। उम्रला र खाउँला भनेर गाउँले माइदाइहरू हलोले खेतको सिंउदो काट्छन्। देशको कुनै कुनाकी ख्याउटी आमै छोराछोरी भोकै नमरुन भन्दै उनीहरूसँगै पुलबाट फरालेर आत्महत्या गर्छिन्। यो ३३ कोटी देवता बसेको देशमा उनी र उनको परिवारको भोक मार्न कुनै देवता आउँदैनन् बरु एक टुक्रा समाचार आउँछ रेडियोमा, 'अर्थमन्त्रिले आफ्ना गुरुबालाई  ५ करोड भेटि चढाए, देशको ढुकुटीबाट।' @nepaliadvocate साँच्चै गजज्बको छ यो देश। थरिथरिका नै सहि, यो देशमा निक्कै क्षमता भएका मान्छेहरू छन्। अनेक तिकडम जानेका व्यापारीहरू छन्। एकाबिहानै प्लाष्टिकमा पोको परेर घरघरको ढोका ढकढकाउन आउने डेरीको दूधमा फोहोर पानी मिसाइन्छ । दूधमात्र हैन बोतलमा बेचिने पानीमा माटो मिसाइन्छ। सुनमा चुन मिसाइन्छ। चुनमा घुन मिसाइन्छ। कुहिएको पिठोबाट ताजा पाउरोटी बन्छ। आज हरियो भएको केरा भोली पहेलो हुन्छ। पर्सि पिलित्तै हुन्छ। कांक्रा हप्तादिनमा बढ्छ। साग दुई दिनमै हुर्किन्छ। दुई महिना लाग्ने तरकारी बाटेमा दुई हप्तामै तयार हुन्छ। ब्वाइलर कुखुरा, बर्डफ्लुआए मात्र सखाप हुन्छ। हैन भने ४५ दिन नपुग्द...

को ड्राइभर, को खलासी ?

नेपालमा जहाज पुगेन बाहिरबाट किन्ने भन्दैछन बरु पोखरा काठमाडौं कुद्ने माइक्रोलाई पखेँटा हाल्दिए त भैहाल्यो नी । ती कुनै हवाइजहाज भन्दा कम छन् त ? बाफ रे यस्तो बत्ताउँछन् कि आफू त सुकेका पातझै उडेजस्तो लाग्छ । सुकेका पात जस्ता हामी यात्रुका ज्यान अब उडेर आँगोको भुंग्रोमा परेर खरानी हुन बेर छैन । जिन्दगीनै खरानी बनाउने गरेर गाडी कुदाउने फुच्चे केटाहरूको चुरिफुरी हेरिसक्नु हुन्न । अब किन यसरी जमिनमै नटेक्ने गरि कुदाको भनुम भने मुख भरिका जवाफ फर्काउलान भन्ने डर । हुन पनि बीचराहरूले कसरी चलाउन त बाटोमा बाटो पनि चलाउन लायकको भए हो हुन्छ । चारवटा भैसी पुर्न मिल्ने, १२ बोरा बर्डफ्लुले मरेका कुखुरा पुर्न मिल्ने खाल्डाखुल्डी पाइलै पिच्छे भेटिन्छन् । त्यो माथि आइसक्रिम जस्तै सम्झेर बालुवा पनि ट्रकमा चुलि बनाएर पानी चुहाउँदै ल्याउँछन्, काठमाडौंमा जो घर ठड्याउनु छ । बाटो च्यात्तिएर आपद । त्यस्तो बाटोमा ‘अत्तिन पत्ति पिंङमा बत्ति’ भनेझै गरि माइक्रो कुदाउँदा त आंङै सिरीङ हुने । एक पटक अचम्म भो । काठमाडौंबाट माइक्रो चढेको । आडैमा मोडामा पनि मान्छे राख्याथ्यो । ड्राइभरले खुब कुदाए गाडी । लड...

ढुङ्गामा वाङ्दीको मन

कसैको मन ‘ढुङ्गा’को भयो भने तपाईलाई कस्तो लाग्छ ? पक्कै दिक्क लाग्ला । तर डोल्पाका वाङ्दी गुरूङ ठट्यौंलो पारामा भन्छन, ‘म त ढुङ्गाको मन पाएपनि कुँदेर राम्रो बनाईदिन्छु ।’ हुन पनि हो, उनको कुरामा दम थियो । ढुङ्गामा विभिन्न आकृति कोर्ने उनको यात्रा सुरूभएको पनि  तेह्र वर्ष नाघिसकेछ । बाह्र शिशिर काठमाडौंमा ढुङ्गा खोपेर उनी बन्दीपुर पसे । शहर देखि दिक्क परेका उनी गाउँमा रम्ने मन लिएर यहाँ आएको पनि सात महिना भइसकेछ । मौका मिलेको दिन टुरिष्ट गाइड बनेर बन्दिपुर पनि घुम्छन उनी । नभए बजारको एक कुनामा टुकटुक–टुकटुक आवाज निकालदै ढुङ्गामा विभिन्न आकृति कुँदिरहेका भेटिन्छन् । ‘विदेशीले मन पराए भने राम्रै पैसा हालेर किन्छन्’ कालो चश्म निकाल्दै गुरुङले भने, ‘दुई चारसय हात परिहाल्छ ।’ उनको यो कला केही मात्रामा गाउँमै पनि बिक्ने गरेको छ । ‘के कुँद्नु हुन्छ त ?,’ प्रश्न सुन्ने बित्तिकै उनका व्यस्त हातले फुसर्द पाए । ‘ऊँ मान पेमी हुँम’ उनले छोटो उत्तर फर्काउदै भने, ‘प्राय बुद्धको चित्र बनाउँने हो, शान्ति चिन्ह हो नी त ।’ पर्यटकको घुँइचो लाग्ने याम उनको व्यापार पनि राम्रो हुन्छ । राम्रै आम्दान...

देउरालीकी दराई शिक्षिका

भवसागर घिमिरे उनकै घर छेउका साना भाइबहिनी ५ मिनेट हिडेपछि कन्यादेवी प्राविमा पुग्छन् । गोरखाको देउराली गाविसमा रहेको यो प्राविमा उनलाई पुग्न भने १५ मिनेट लाग्छ । म कुरा गर्दैछु, शिक्षिका चन्द्रमाया दराईको । २६ वर्षकी उनलाई २०५० सालमा  बसले ठक्कर दियो । धानकुट्न मिलतिर जाँदै गर्दा दुर्घटनामा परेकी उनको दायाँ खुट्टा काम नलाग्ने भयो । ‘अहिले कृत्रिम खुट्टा राखेको छु,’ उनले भनिन्, ‘बिस्तारै हिडडुल गर्न हुन्छ ।’ देउराली गाविसमा जम्मा ७ घर दराई परिवार छन् । यो लोपउन्मुख जातिको मुख्य पेशा कृषि हो । उनीहरूको आर्थिक अवस्था निक्कै कमजोर छ । कमजोर आर्थिक अवस्थाको बाबजुत चन्द्रमायाले आफ्नो जातिमै पहिलो पटक २०६१ मा एसएलसी पास गरिन् । गाविसको दराई जातिमा एसएलसी पास गरेकी एकमात्र विद्यार्थी उनलाई एसएलसीको नतिजाले खुसी बनाए पनि घरको कमजोर आर्थिक अवस्थाले भने निक्कै दुखायो । ५ दिदीबहिनी बीचकी कान्छी छोरी उनले बल्ल तल्ल क्याम्पस टेकिन् । तर, तनहुँको आँबुखैरानीमा रहेको क्याम्पस पुग्न उनलाई त्यत्ती सजिलो भने थिएन् । देउराली गाविसको गोप्लिङ्गबाट सामान्य मान्छे दस मिनेटमा राजमार्ग पुग्न सक्छ । कमज...